प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या ३ पृ. ६-७
  • के ईश्‍वर तपाईँलाई राम्ररी चिन्‍नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के ईश्‍वर तपाईँलाई राम्ररी चिन्‍नुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिबाट के सिक्न सक्छौँ?
  • बाइबलले ईश्‍वरको ज्ञानबारे के सिकाउँछ?
  • ईश्‍वर असाध्यै करुणामय हुनुहुन्छ
  • ईश्‍वर तपाईंलाई बुझ्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के वास्तवमा परमेश्‍वरले तपाईंलाई चिन्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “हे परमेश्‍वर, मलाई जाँच्नुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • के ईश्‍वर समानुभूति देखाउनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या ३ पृ. ६-७
एक जना पुरुषको शिशु बेलाको, केटाकेटी बेलाको, विवाहको, श्रीमती र बच्चाहरूसितको फोटो

“म मेरी आमाको गर्भमा छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए।”—भजन १३९:१६

के ईश्‍वर तपाईँलाई राम्ररी चिन्‍नुहुन्छ?

सृष्टिबाट के सिक्न सक्छौँ?

उस्तै देखिने जुम्ल्याहाहरूबीचको सम्बन्ध कस्तो हुन्छ, एकैछिन विचार गर्नुहोस्‌। तिनीहरू एकअर्कासित असाध्यै घनिष्ठ हुन्छन्‌। जुम्ल्याहा अध्ययन केन्द्रकी अध्यक्ष न्यान्सी सिगलको पनि जुम्ल्याहा बहिनी छिन्‌। तिनीहरूमध्ये कतिपयले “एकअर्कालाई आफ्नो कुरा सजिलै बताउन सक्छन्‌ र एकअर्काको कुरा राम्ररी बुझ्न सक्छन्‌, त्यो पनि व्याख्या नै नगरी” भनी उनी बताउँछिन्‌। एक जना महिलाले आफू र आफ्नो जुम्ल्याहा बहिनीको सम्बन्धबारे यसो भनिन्‌: “हामीलाई एकअर्काको कुरा स्वतः थाह हुन्छ।”

तिनीहरूले एकअर्काको कुरा सजिलै बुझ्न सक्नुको कारण के हो? हुनत तिनीहरू हुर्केको वातावरण र लालनपालनले गर्दा हो। तर अध्ययनहरूले देखाएअनुसार तिनीहरूमा भएको उस्तै आनुवंशिक संरचनाले पनि विशेष भूमिका खेल्छ।

विचार गर्नुहोस्‌: यो आनुवंशिक संरचनाका सृष्टिकर्ताले हामी हरेकलाई राम्ररी चिन्‍नुहुन्छ। भजनरचयिता दाउदले पनि यसो भने: ‘मेरी आमाको गर्भमा तपाईँले मलाई लुकाइराख्नुभयो। जब म गुप्तमा बनिरहेको थिएँ, तब मेरा हड्डीहरू तपाईँबाट लुकेनन्‌। म मेरी आमाको गर्भमा छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए; मेरा अङ्‌गहरू बन्‍नुअघि नै तपाईँको पुस्तकमा लेखिएका थिए।’ (भजन १३९:१३, १५, १६) हाम्रो आनुवंशिक संरचनाका साथै हामीले जीवनमा भोगेका कुराहरूले हाम्रो व्यक्‍तित्व विकास गर्न कस्तो भूमिका खेल्छ, त्यसबारे ईश्‍वरलाई मात्र थाह छ र उहाँले मात्र यी सब राम्ररी बुझ्नुहुन्छ। हामी र हाम्रो बनौटबारे ईश्‍वरसित भएको यस्तो विशेष ज्ञानले उहाँ हामी हरेकलाई राम्ररी चिन्‍नुहुन्छ भनेर विश्‍वस्त बनाउँछ।

बाइबलले ईश्‍वरको ज्ञानबारे के सिकाउँछ?

राजा दाउदले प्रार्थनामा यसो भने: “हे यहोवा, तपाईँले मलाई राम्ररी जाँच्नुभएको छ र मलाई चिन्‍नुभएको छ। मेरो बसाइ र मेरो उठाइ तपाईँ जान्‍नुहुन्छ। मेरा विचारहरू तपाईँ टाढैबाट थाह पाउनुहुन्छ। मेरो जिब्रोबाट कुनै शब्द निस्कनुअघि नै हे यहोवा, तपाईँ त्यो जान्‍नुहुन्छ।” (भजन १३९:१, २, ४) यहोवा हाम्रो मनभित्रको कुरा बुझ्नुका साथै हाम्रो “हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।” (१ इतिहास २८:९; १ समुएल १६:६, ७) यी पदहरूले ईश्‍वरबारे के सिकाउँछ?

कहिलेकाहीँ ईश्‍वरलाई प्रार्थना गर्दा मनको सबै भावना र व्यथाहरू शब्दद्वारा पोख्न गाह्रो हुन्छ होला। तैपनि सृष्टिकर्ताले हाम्रो सबै कुरा बुझ्न सक्नुहुन्छ। हामीले के गऱ्‍यौँ भन्‍ने मात्र होइन तर किन गऱ्‍यौँ, त्यो पनि बुझ्नुहुन्छ। साथै हामीले गर्न चाहेको असल कुरा, जुन आफ्नो कमीकमजोरीले गर्दा गर्न सक्दैनौँ, त्यो पनि उहाँ याद गर्नुहुन्छ। ईश्‍वरले हाम्रो हृदयमा प्रेम हालिदिनुभएको छ। त्यसैले प्रेमले उत्प्रेरित भएर हामीले सोचेको र व्यवहार गरेको हेर्न उहाँ इच्छुक हुनुहुन्छ।—१ युहन्‍ना ४:७-१०.

ईश्‍वरको नजरबाट कुनै कुरा लुक्न सक्दैन। अरूले हाम्रो दुःख याद गर्दैनन्‌ होला वा पूर्णतया बुझ्न सक्दैनन्‌ होला तर उहाँ भने राम्ररी बुझ्नुहुन्छ

धर्मशास्त्रले यस्तो आश्‍वासन दिन्छ:

  • “धर्मीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्‍न उहाँले आफ्नो कान थाप्नुहुन्छ।”—१ पत्रुस ३:१२.

  • ईश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीलाई समझ दिनेछु र तिमी हिँड्‌नुपर्ने बाटोमा तिमीलाई डोऱ्‍याउनेछु। तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।”—भजन ३२:८.

ईश्‍वर असाध्यै करुणामय हुनुहुन्छ

ईश्‍वर हाम्रो भावना र परिस्थिति बुझ्नुहुन्छ भनेर थाह पाउँदा के हामी दुःखकष्ट सहने बल पाउँछौँ? नाइजेरियाकी आनालाई विचार गर्नुहोस्‌। तिनले कस्तो समस्या भोगिन्‌? तिनी भन्छिन्‌: “मेरो अवस्था साह्रै नाजुक भएकोले बाँचेर केही फाइदा छैन जस्तो लाग्यो। मेरी छोरी हाइड्रोसेफलस रोगले (मस्तिष्कमा अत्यधिक तरल पदार्थ हुने रोग) गर्दा अस्पतालमा भर्ना भएकी थिई। म एक्लैले उसको हेरचाह गर्नुपर्थ्यो किनभने मेरो श्रीमान्‌ बितिसक्नुभएको थियो। त्यसै बेला मलाई स्तन क्यान्सर भएको कुरा पत्ता लाग्यो र शल्यक्रिया गरेर केमोथेरापी अनि रेडियोथेरापी गर्नुपर्ने भयो। छोरी भएकै अस्पतालमा आफू पनि थला परेपछि मलाई सम्हालिन साह्रै गाह्रो भयो।”

आनालाई कुन कुराले सहन मदत गऱ्‍यो? “मैले बाइबलका पदहरूमा मनन गरेँ। जस्तै: फिलिप्पी ४:६, ७, जसले भन्छ, ‘परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ, त्यसले तिमीहरूको हृदय र सोच्ने क्षमताको रक्षा गर्नेछ।’ हरेक पटक यस पदबारे सोच्दा यहोवासित घनिष्ठ भएको महसुस गरेँ। म आफैलाई जति राम्ररी चिन्छु, त्योभन्दा बढी उहाँ मलाई चिन्‍नुहुन्छ जस्तो लाग्यो। मैले प्यारा ख्रिष्टियन दाजुभाइ दिदीबहिनीबाट पनि निकै प्रोत्साहन पाएँ।”

“हुनत मेरो स्वास्थ्य राम्रो भइसकेको छैन तर मेरो परिस्थिति र छोरीको स्वास्थ्यमा भने सुधार आएको छ। यहोवा सधैँ हाम्रो साथमा हुनुभएकोले समस्याहरू आउँदा नकारात्मक नहुन सिकेका छौँ। याकुब ५:११ ले हामीलाई यस्तो आश्‍वासन दिन्छ: ‘सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ। तिमीहरूले अय्युबको सहनशीलताको विषयमा त सुनेकै छौ अनि यहोवा परमेश्‍वरले तिनलाई दिनुभएको इनाम पनि देखेकै छौ कि यहोवा परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण [वा, “असाध्यै करुणामय,” फुटनोट] अनि कृपालु हुनुहुन्छ।’” यहोवाले अय्युबको अवस्था राम्ररी बुझ्नुभयो। त्यसैगरि हामीले भोग्ने जस्तोसुकै परिस्थिति पनि उहाँ राम्ररी बुझ्नुहुन्छ भनेर ढुक्क हुन सक्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने