प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. १३
  • खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूले पाउने आशिष्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूले पाउने आशिष्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पवित्र धर्मशास्त्र के भन्छ?
  • खाँचोमा परेकाहरूलाई मदत गर्नुको अर्थ के हो?
  • के तपाईं यहोवाको मदत स्वीकार्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • जातीय घृणाको समाधान के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • भेडा र बाख्राहरूसामु कस्तो भविष्य छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. १३
एक व्यक्‍ति नक्सा प्रयोग गरेर अर्को व्यक्‍तिलाई बाटो देखाउँदै छन्‌।

के तपाईँ अरूलाई तिनीहरू जुनसुकै उमेर, देश वा धर्मको भए तापनि मदत गर्न इच्छुक हुनुहुन्छ?

खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूले पाउने आशिष्‌

संसारभरि धेरैजसो मानिसलाई गाँस र बासको अभाव छ। केहीले भने उज्ज्वल भविष्यको आशा पाउन सकेका छैनन्‌। हामीले खाँचोमा परेका यस्ता मानिसहरूलाई मदत गर्दा ईश्‍वरको अनुमोदन र आशिष्‌ कसरी पाउन सक्छौँ?

पवित्र धर्मशास्त्र के भन्छ?

“गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो; त्यसको इनाम उहाँले दिनुहुन्छ।”—हितोपदेश १९:१७.

खाँचोमा परेकाहरूलाई मदत गर्नुको अर्थ के हो?

येसुले डाँकुहरूले हमला गरेर अधमरो छोडेर गएको एक जना मानिसको उदाहरण बताउनुभयो। (लुका १०:२९-३७) एक जना अनजान मानिस उसको नजिक आएर घाउमा मलहमपट्टी लगाइदियो। बेग्लै जातिको भए तापनि उसले मदत गऱ्‍यो।

त्यस दयालु मानिसले घाइतेलाई मलहमपट्टी गरिदिनु र चाहिने कुराहरू दिनुका साथै उसलाई सान्त्वना दियो र उसको पीडा कम गर्न मदत पनि गऱ्‍यो।

यस उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामीले खाँचोमा परेकाहरूलाई मदत गर्न सकेजति सबै गर्नुपर्छ भनेर येसुले बुझाउन खोज्दै हुनुहुन्थ्यो। (हितोपदेश १४:३१) पवित्र धर्मशास्त्रले ईश्‍वरले गरिबी र दुःखकष्ट चाँडै हटाउनुहुन्छ भनेर सिकाउँछ। ईश्‍वरले कसरी र कहिले त्यसो गर्नुहुन्छ भनेर हामी सोच्छौँ होला। मायालु ईश्‍वरले तपाईँको लागि साँचेर राख्नुभएको आशिष्‌हरूबारे यसपछिको लेखमा छलफल गरिनेछ।

“ईश्‍वरले मलाई कहिल्यै त्याग्नुभएको छैन”!

गाम्बियाबाट आएका एक आप्रवासीको वृत्तान्तमा आधारित

“युरोप पुग्दा मसँग काम, पैसा र घर केही थिएन। पवित्र धर्मशास्त्रले मलाई मितव्ययी हुन, कडा मेहनत गर्न र मदत मात्र माग्नुको साटो मदत दिन पनि सिकाएको छ। ईश्‍वरले मलाई कहिल्यै त्याग्नुभएको छैन। उहाँले मलाई सधैँ आशिष्‌ दिनुभएको छ!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने