प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. १४-१५
  • सृष्टिकर्ताबाट सधैँभरि आशिष्‌ पाउन सक्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिकर्ताबाट सधैँभरि आशिष्‌ पाउन सक्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • येशूले गर्नुभएका चमत्कारहरू यसबाट तपाईं के सिक्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • येसुले गर्नुभएका चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उहाँले मानिसहरूलाई माया गर्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • चमत्कारहरू तथ्य कि मिथ्या?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. १४-१५
विभिन्‍न पृष्ठभूमिका मानिसहरू प्रमोदवनरूपी पृथ्वीमा एकअर्कासित सङ्‌गत गर्दै छन्‌।

“पृथ्वीले आफ्नो उब्जनी दिनेछ; परमेश्‍वरले, हो, हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ दिनुहुनेछ।”—भजन ६७:६.

सृष्टिकर्ताबाट सधैँभरि आशिष्‌ पाउन सक्नुहुन्छ

ईश्‍वरले भविष्यवक्‍ता अब्राहामलाई तिनको एक जना सन्तानमार्फत “पृथ्वीका सबै जातिले” आशिष्‌ पाउनेछन्‌ भनी प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति २२:१८) ती सन्तान को हुने थिए?

लगभग २,००० वर्षअघि ईश्‍वरले अब्राहामको सन्तान येसुलाई अद्‌भुत चमत्कार गर्ने शक्‍ति दिनुभयो। ती चमत्कारहरूले जातिजातिका मानिसहरूले येसुद्वारा अब्राहामसित प्रतिज्ञा गरिएको आशिष्‌ पाउनेछन्‌ भनेर सङ्‌केत गऱ्‍यो।—गलाती ३:१४.

येसुले गर्नुभएको चमत्कारहरूले ईश्‍वरले मानिसजातिलाई आशिष्‌ दिन रोज्नुभएको व्यक्‍ति उहाँ नै हुनुहुन्छ भनेर चिनायो। साथै ती चमत्कारहरूले ईश्‍वरले कसरी येसुमार्फत मानिसजातिलाई सधैँभरि आशिष्‌ दिनुहुनेछ भनेर देखायो। येसुका चमत्कारहरूले कसरी उहाँका मनमोहक गुणहरू दर्साउँछ, विचार गरौँ।

कोमलता—येसुले बिरामीहरूलाई निको पार्नुभयो।

एकपटक कुष्ठरोग लागेको एक मानिसले आफूलाई निको पारिदिन येसुलाई बिन्ती गऱ्‍यो। येसुले उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु।” त्यसपछि उसको कुष्ठरोग तुरुन्तै हरायो।—मर्कुस १:४०-४२.

उदारता—येसुले भोकाहरूलाई खुवाउनुभयो।

येसुले मानिसहरूलाई भोकै पठाउन चाहनुभएन। उहाँले कम्तीमा दुई पटक चमत्कार गरेर केही रोटी र माछालाई धेरै बनाउनुभयो अनि हजारौँ मानिसलाई खुवाउनुभयो। (मत्ति १४:१७-२१; १५:३२-३८) सबैले अघाउन्जेल खाए र प्रशस्त खानेकुरा उब्रियो।

दया—येसुले मृतकहरूलाई ब्युँताउनुभयो।

येसु शोकमा डुबेकी र कुनै सहारा नभएकी विधवालाई देखेर “टिठाउनुभयो” र तिनको एक मात्र मृत छोरालाई ब्युँताउनुभयो।—लुका ७:१२-१५.

पृथ्वीमा सधैँभरि पाइने आशिष्‌हरू

येसुले ईश्‍वरसित मानिसजातिलाई आशिष्‌हरू दिने शक्‍ति छ भनेर प्रकट गरिसक्नुभएको छ। चाँडै, येसुले प्रतिज्ञा गर्नुभएअनुसारै उहाँ फेरि आउनुहुँदा सर्वशक्‍तिमान्‌ ईश्‍वरले उहाँमार्फत विश्‍वव्यापी अझ ठूलठूला चमत्कारहरू गर्नुहुनेछ!

ईश्‍वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुँदा पृथ्वीमा जीवन कस्तो हुनेछ? ईश्‍वरलाई प्रेम गर्नेहरू र आदर गर्नेहरूले “पृथ्वी अधिकार गर्नेछन्‌” अनि “अपार शान्तिको आनन्द उठाउनेछन्‌।” (भजन ३७:११) “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”—प्रकाश २१:४.

पृथ्वीमा शान्तिमय वातावरणमा सधैँभरि जिउन पाउनुभन्दा ठूलो आशिष्‌ के नै होला र? ईश्‍वरको शासनले चाँडै ल्याउने आशिष्‌हरूबारे अझ धेरै थाह पाउन www.jw.org/ne हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने