प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 मे पृ. ८-११
  • अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • अन्तको समयमा “उत्तरका राजा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • अहिले “उत्तरका राजा” को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • एउटा डरलाग्दो रहस्यको समाधान
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 मे पृ. ८-११

अन्तको समयमा प्रतिद्वन्द्वी राजाहरू

यस चार्टमा उल्लेख गरिएका केही भविष्यवाणी एउटै समयावधिमा हुने घटनाहरू हुन्‌। ती सबैले हामी “अन्तको समय”-मा बाँचिरहेका छौँ भनेर प्रशस्त प्रमाण दिन्छ।—दानि. १२:४.

१८७० देखि अहिलेसम्म उत्तरका राजा र दक्षिणका राजाबारे गरिएका भविष्यवाणीहरू र तिनीहरूको चिनारी देखाइएको चार्ट।
  • चार्टको चार भागमध्ये पहिलो भाग, यहाँ अन्तको समय र १८७० देखि १९१८ बीच एउटै समयावधिमा पूरा हुने भविष्यवाणीहरू देखाइएका छन्‌। १९१४ देखि अन्तको समय सुरु भयो। भविष्यवाणी १: सात वटा टाउको भएको जङ्‌गली जनावरलाई चार्टको सबैभन्दा सुरुमा देखाइएको छ। प्रथम विश्‍वयुद्धको दौडान सातौँ टाउकोलाई चोट लाग्छ। १९१७ देखि सातौँ टाउकोको चोट निको हुन्छ र जङ्‌गली जनावर फेरि बलियो हुन्छ। भविष्यवाणी २: १८७१ मा उत्तरका राजाको र १८७० मा दक्षिणका राजाको चिनारी प्रस्ट भयो। १८७१ मा जर्मनी उत्तरका राजाको रूपमा देखा पर्छ। सुरुमा दक्षिणका राजा बेलायत थियो तर यसको ठाउँ १९१७ मा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले लियो। भविष्यवाणी ३: १८७० देखि चार्ल्स टेज रसल र तिनका सहयोगीहरूले ‘दूत’-को भूमिका निर्वाह गर्छन्‌। १८८१ देखि ‘जायन्स वाच टावर’-ले सुसमाचार प्रचार गर्न आफ्ना पाठकहरूलाई प्रोत्साहन दिन्छ। भविष्यवाणी ४: १९१४ देखि बाली काट्‌ने काम सुरु हुन्छ। सामा र गहुँ छुट्ट्याइन्छ। भविष्यवाणी ५: १९१७ देखि फलाम र माटोका खुट्टाहरूको चिनारी प्रकट हुन्छ। १९१४ देखि १९१८ अर्थात्‌ प्रथम विश्‍वयुद्धको बेला घटेका घटनाहरू। यहोवाका जनहरूलाई असर गर्ने घटनाहरू: १९१४ देखि १९१८, बेलायत र जर्मनीमा बाइबल स्टुडेन्ट्‌सलाई झ्यालखानामा हालिन्छ। १९१८ मा अमेरिकाको मुख्यालयका भाइहरूलाई झ्यालखानामा हालिन्छ।
    भविष्यवाणी १

    शास्त्रपद(हरू) प्रका. ११:७; १२:१३, १७; १३:१-८, १२

    भविष्यवाणी “जङ्‌गली जनावर” धेरै वर्षसम्म पृथ्वीमा डुलिहिँड्‌छ। अन्तको समयमा यसको सातौँ टाउकोलाई चोट लाग्छ। पछि, टाउकोमा लागेको त्यो चोट निको हुन्छ र “पूरै पृथ्वी” त्यस जङ्‌गली जनावरको पछि लाग्छ। सैतान त्यही जङ्‌गली जनावर चलाएर “बाँकी रहेका ती सन्तानसित लडाइँ गर्न” जान्छ।

    पूर्ति जलप्रलयपछि यहोवाविरुद्ध खडा हुने मानव सरकारहरू देखा पर्छन्‌। धेरै वर्षपछि पहिलो विश्‍वयुद्धको बेला बेलायती साम्राज्य असाध्यै कमजोर हुन्छ। संयुक्‍त राज्य अमेरिकाको साथ पाएपछि यो फेरि बलियो हुन्छ। विशेषगरि अन्तको समयमा सैतान पृथ्वीका सबै सरकार प्रयोग गरेर परमेश्‍वरका जनहरूलाई सताउँदै छ।

  • भविष्यवाणी २

    शास्त्रपद(हरू) दानि. ११:२५-४५

    भविष्यवाणी अन्तको समयमा उत्तरका राजा र दक्षिणका राजाबीचको दुस्मनी।

    पूर्ति जर्मनी र एङ्‌ग्लो-अमेरिकी शक्‍तिबीच होडबाजी चल्छ। इ.सं. १९४५ मा सोभियत सङ्‌घ र यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्छन्‌। इ.सं. १९९१ मा सोभियत सङ्‌घको पतन हुन्छ अनि पछि रूस र यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्छन्‌।

  • भविष्यवाणी ३

    शास्त्रपद(हरू) यसै. ६१:१; मला. ३:१; लुका ४:१८

    भविष्यवाणी मसीही राज्य स्थापना हुनुअघि ‘बाटो तयार पार्न’ यहोवा आफ्नो “दूत” पठाउनुहुन्छ। यो समूह “नम्रहरूलाई सुसमाचार सुनाउन” थाल्छ।

    पूर्ति इ.सं. १८७० देखि चार्ल्स टेज रसल र तिनका सहयोगीहरू बाइबलले वास्तवमा सिकाउने सत्य कुरा बुझाउन जोडतोडका साथ लाग्छन्‌। परमेश्‍वरका सेवकहरूले प्रचार गर्नु महत्त्वपूर्ण छ भनेर तिनीहरू इ.सं. १८८१ मा बुझ्छन्‌। तिनीहरू “१,००० प्रचारक चाहियो” र “प्रचार गर्न अभिषिक्‍त”-जस्ता लेखहरू प्रकाशित गर्छन्‌।

  • भविष्यवाणी ४

    शास्त्रपद(हरू) मत्ति १३:२४-३०, ३६-४३

    भविष्यवाणी शत्रुले गहुँको बीचमा सामा छर्छ र बाली काट्‌ने बेला नहोउन्जेल दुवैलाई सँगै बढ्‌न दिइन्छ; त्यसपछि गहुँ र सामा छुट्ट्याइन्छ।

    पूर्ति इ.सं. १८७० देखि साँचो ख्रिष्टियन र झूटा ख्रिष्टियनबीचको भिन्‍नता झन्‌झन्‌ प्रस्ट हुँदै जान्छ। अन्तको समयमा साँचो ख्रिष्टियनहरूलाई जम्मा गरिन्छ र तिनीहरूलाई झूटा ख्रिष्टियनहरूबाट अलग्गै छुट्ट्याइन्छ।

  • भविष्यवाणी ५

    शास्त्रपद(हरू) दानि. २:३१-३३, ४१-४३

    भविष्यवाणी फलाम र माटो मिसिएका खुट्टाहरू विभिन्‍न धातु मिलेर बनेको मूर्तिको भाग हो।

    पूर्ति माटोले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले प्रभुत्व जमाएको इलाकामा बसोबास गर्ने आम जनतालाई बुझाउँछ, जो ती सरकारहरूविरुद्ध आन्दोलन गर्छन्‌। यस्ता आन्दोलनहरूले यस विश्‍वशक्‍तिको फलामरूपी शक्‍तिलाई कमजोर बनाउँछ।

  • चार्टको चार भागमध्ये दोस्रो भाग, यहाँ अन्तको समय र १९१९ देखि १९४५ बीच एउटै समयावधिमा पूरा हुने भविष्यवाणीहरू देखाइएका छन्‌। जर्मनी १९४५ सम्म उत्तरका राजा। दक्षिणका राजा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति। भविष्यवाणी ६: १९१९ मा अभिषिक्‍त ख्रिष्टियनहरू शुद्ध पारिएको मण्डलीमा जम्मा हुन्छन्‌। १९१९ देखि प्रचारकार्य तीव्र गतिमा अघि बढिरहन्छ। भविष्यवाणी ७: १९२० मा राष्ट्र सङ्‌घ स्थापना हुन्छ र दोस्रो विश्‍वयुद्ध सुरु नहोउन्जेल रहिरहन्छ। भविष्यवाणी १, सात वटा टाउको भएको जङ्‌गली जनावर रहिरहन्छ। भविष्यवाणी ५, फलाम र माटोका खुट्टाहरू रहिरहन्छन्‌।१९३९ देखि १९४५ अर्थात्‌ दोस्रो विश्‍वयुद्धको बेला घटेका घटनाहरू। यहोवाका जनहरूलाई असर गर्ने घटनाहरू: जर्मनीमा १९३३ देखि १९४५ बीच ११,००० भन्दा धेरै साक्षीलाई झ्यालखानामा हालिन्छ। बेलायतमा १९३९ देखि १९४५ बीच झन्डै १,६०० साक्षीलाई झ्यालखानामा हालिन्छ। अमेरिकामा १९४० देखि १९४४ बीच साक्षीहरूमाथि २,५०० भन्दा धेरै चोटि मानिसहरूको हुलले आक्रमण गर्छ।
    भविष्यवाणी ६

    शास्त्रपद(हरू) मत्ति १३:३०; २४:१४, ४५; २८:१९, २०

    भविष्यवाणी “गहुँ” जम्मा गरेर “भण्डारमा” राखिन्छ अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई “घरका अरू दासहरू”-माथि नियुक्‍त गरिन्छ। “राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” हुन थाल्छ।

    पूर्ति इ.सं. १९१९ मा विश्‍वासी दासलाई परमेश्‍वरका जनहरूमाथि नियुक्‍त गरिन्छ। त्यस समयदेखि बाइबल स्टुडेन्ट्‌स प्रचारकार्यलाई तीव्र गतिमा अघि बढाउँछन्‌। आज यहोवाका साक्षीहरू २०० भन्दा बढी मुलुकमा प्रचार गर्छन्‌ अनि १,००० भन्दा बढी भाषामा बाइबलआधारित सामग्री तयार पार्छन्‌।

  • भविष्यवाणी ७

    शास्त्रपद(हरू) दानि. १२:११; प्रका. १३:११, १४, १५

    भविष्यवाणी “जङ्‌गली जनावरको मूर्ति” बनाउन र त्यसमा “सास हाल्न” दुई वटा सिङ भएको जङ्‌गली जनावरले प्रमुख भूमिका खेल्छ।

    पूर्ति एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले राष्ट्र सङ्‌घ स्थापना गर्न प्रमुख भूमिका खेल्छ। यो सङ्‌गठनलाई अरू राष्ट्रहरूले पनि समर्थन गर्छन्‌। पछि गएर उत्तरका राजा पनि राष्ट्र सङ्‌घमा सहभागी हुन्छन्‌ तर इ.सं. १९२६ देखि १९३३ सम्म मात्र। राष्ट्र सङ्‌घले विश्‍वशान्ति ल्याउन सक्छ भनेर मानिसहरू विश्‍वास गर्छन्‌, जुन कुरा वास्तवमा परमेश्‍वरको राज्यले मात्र गर्न सक्छ। मानिसहरू संयुक्‍त राष्ट्र सङ्‌घबारे पनि यस्तै विश्‍वास गर्छन्‌।

  • चार्टको चार भागमध्ये तेस्रो भाग, यहाँ अन्तको समय र १९४५ देखि १९९१ बीच एउटै समयावधिमा पूरा हुने भविष्यवाणीहरू देखाइएका छन्‌। १९९१ सम्म उत्तरका राजा सोभियत सङ्‌घ र यसका समर्थकहरू, त्यसपछि रूस र यसका समर्थकहरू। दक्षिणका राजा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति। भविष्यवाणी ८: आणविक बम विष्फोट हुँदा निस्केको च्याउजस्तो देखिने धुवाँको मुस्लो, जसले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले गरेको विध्वंशलाई चित्रण गर्छ। भविष्यवाणी ९: संयुक्‍त राष्ट्र सङ्‌घ १९४५ मा स्थापना हुन्छ र यसले राष्ट्र सङ्‌घको ठाउँ लिन्छ। भविष्यवाणी १, सात वटा टाउको भएको जङ्‌गली जनावर रहिरहन्छ। भविष्यवाणी ५, फलाम र माटोका खुट्टाहरू रहिरहन्छन्‌। भविष्यवाणी ६,१९४५ मा १,५६,००० भन्दा धेरै प्रकाशक।१९९१ मा ४२,७८,००० भन्दा धेरै प्रकाशक। यहोवाका जनहरूलाई असर गर्ने घटनाहरू: सोभियत सङ्‌घमा १९४५ देखि १९५० को दशकमा हजारौँ साक्षीलाई साइबेरियामा निर्वासनमा पठाइन्छ।
    भविष्यवाणी ८

    शास्त्रपद(हरू) दानि. ८:२३, २४

    भविष्यवाणी एउटा क्रूर शासक ‘घोर विध्वंस मच्चाउँछ।’

    पूर्ति एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिले घोर विध्वंस मच्चाएको छ। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धको बेला संयुक्‍त राज्य अमेरिकाले आफ्नो र बेलायतको शत्रुमाथि दुई वटा आणविक बम खसाल्दा पहिला कहिल्यै नभएको विनाश भयो।

  • भविष्यवाणी ९

    शास्त्रपद(हरू) दानि. ११:३१; प्रका. १७:३, ७-११

    भविष्यवाणी “चहकिलो रातो रङ्‌गको” दस वटा सिङ भएको जङ्‌गली जनावर अगाध खाडलबाट निस्कन्छ र त्यो आठौँ राजा हो। दानिएलको किताबमा यस राजालाई “उजाड पार्ने घृणित कुरा” भनिएको छ।

    पूर्ति दोस्रो विश्‍वयुद्धको बेला राष्ट्र सङ्‌घ निष्क्रिय अवस्थामा पुग्छ। युद्धपछि संयुक्‍त राष्ट्र सङ्‌घ “खडा” हुन्छ। राष्ट्र सङ्‌घलाई जस्तै संयुक्‍त राष्ट्र सङ्‌घलाई पनि परमेश्‍वरको राज्यलाई दिनुपर्ने महिमा दिइन्छ। संयुक्‍त राष्ट्र सङ्‌घले धर्मलाई आक्रमण गर्नेछ।

  • चार्टको चार भागमध्ये चौथो भाग, यहाँ अन्तको समय र अहिलेको समयदेखि आरमागेडोनसम्म एउटै समयावधिमा पूरा हुने भविष्यवाणीहरू देखाइएका छन्‌। उत्तरका राजा रूस र यसका समर्थकहरू। दक्षिणका राजा एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति। भविष्यवाणी १०: विश्‍व नेताहरू ‘शान्ति र सुरक्षा’-को घोषणा गर्छन्‌। त्यसपछि महासङ्‌कष्ट सुरु हुन्छ। भविष्यवाणी ११: राष्ट्रहरू झूटा धार्मिक सङ्‌गठनहरूलाई आक्रमण गर्छन्‌। भविष्यवाणी १२: संसारका सरकारहरू परमेश्‍वरका जनहरूलाई आक्रमण गर्छन्‌। बाँकी अभिषिक्‍त जनलाई स्वर्गमा जम्मा गरिन्छ। भविष्यवाणी १३: आरमागेडोन। सेतो घोडामा सवार हुनेले आफ्नो विजययात्रा पूरा गर्छन्‌। सात वटा टाउको भएको जङ्‌गली जनावर नाश हुन्छ; विशाल मूर्तिको फलाम र माटोले बनेका खुट्टाहरूलाई धुलोपिठो पारिन्छ। भविष्यवाणी १, सात वटा टाउको भएको जङ्‌गली जनावर आरमागेडोनसम्म रहिरहन्छ। भविष्यवाणी ५, फलाम र माटोका खुट्टाहरू आरमागेडोनसम्म रहिरहन्छन्‌। भविष्यवाणी ६, अहिले ८५,८०,००० भन्दा धेरै प्रकाशक। यहोवाका जनहरूलाई असर गर्ने घटनाहरू: २०१७ मा रूसका अख्तियारवालाहरू साक्षीहरूलाई झ्यालखानामा हाल्छन्‌ र शाखा कार्यालयका भवनहरू जफत गर्छन्‌।
    भविष्यवाणी १० र ११

    शास्त्रपद(हरू) १ थिस्स. ५:३; प्रका. १७:१६

    भविष्यवाणी राष्ट्रहरू “शान्ति र सुरक्षा”-को घोषणा गर्छन्‌ अनि “दस वटा सिङ” र “जङ्‌गली जनावरले” “वेश्‍यालाई” आक्रमण गर्छन्‌ र त्यसलाई नाश गर्छन्‌। त्यसपछि राष्ट्रहरूको विनाश हुनेछ।

    पूर्ति राष्ट्रहरूले शान्ति र सुरक्षा छाएको दाबी गर्लान्‌। तब संयुक्‍त राष्ट्र सङ्‌घलाई समर्थन गर्ने राष्ट्रहरूले झूटा धार्मिक सङ्‌गठनहरूको विनाश गर्नेछन्‌। यो घटना महासङ्‌कष्टको सुरुवात हुनेछ। महासङ्‌कष्टको अन्तमा आरमागेडोनको युद्ध हुँदा सैतानको संसारका बाँकी भाग विनाश हुनेछ।

  • भविष्यवाणी १२

    शास्त्रपद(हरू) इज. ३८:११, १४-१७; मत्ति २४:३१

    भविष्यवाणी गोगले परमेश्‍वरका जनहरूको देशमाथि आक्रमण गर्छ। त्यसपछि स्वर्गदूतहरूले ‘चुनिएका जनहरूलाई’ जम्मा गर्छन्‌।

    पूर्ति उत्तरका राजाले पृथ्वीका अरू सरकारहरूसित मिलेर परमेश्‍वरका जनहरूलाई आक्रमण गर्छ। यो आक्रमण सुरु भएको केही समयपछि बाँकी अभिषिक्‍त जनलाई स्वर्गमा जम्मा गरिन्छ।

  • भविष्यवाणी १३

    शास्त्रपद(हरू) इज. ३८:१८-२३; दानि. २:३४, ३५, ४४, ४५; प्रका. ६:२; १६:१४, १६; १७:१४; १९:२०

    भविष्यवाणी “सेतो घोडा”-मा “सवार हुने”-ले गोग र त्यसको सेनालाई विनाश गरेपछि “आफ्नो विजययात्रा पूरा” गर्छ। “जङ्‌गली जनावर”-लाई “अग्निकुण्डमा” हुऱ्‍याइन्छ अनि विशाल मूर्तिलाई धुलोपिठो पारिन्छ

    पूर्ति परमेश्‍वरको राज्यमा शासन गरिरहनुभएका राजा येसुले परमेश्‍वरका जनहरूलाई बचाउनुहुन्छ। उहाँले १,४४,००० सह-शासक अनि स्वर्गदूतहरूको सेनासित मिलेर राष्ट्रहरूको गठबन्धन अर्थात्‌ सैतानको संसारको सबै राजनैतिक प्रणालीको विनाश गर्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने