प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 जुलाई p. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • विशाल रूखको रहस्य पत्ता लगाउने
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • उनीहरूले ढोगेनन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनीहरूले ढोगेनन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 जुलाई p. ३१

के तपाईँलाई थाह थियो?

बेबिलोनको भग्नावशेषमा फेला परेका इँटाहरू र इँटा बनाउने विधिबाट बाइबल सही छ भनेर कसरी प्रमाणित हुन्छ?

पुरातत्त्वविद्‌हरूले पुरातन बेबिलोन सहरका भग्नावशेषहरू उत्खनन गर्ने क्रममा यो सहर निर्माण गर्न प्रयोग गरिएका इँटाहरू ठूलो परिमाणमा भेट्टाए। पुरातत्त्वविद्‌ रबर्ट कोल्डभाइका अनुसार यस्ता पोलेका इँटाहरू “सहरबाहिरका” भट्टाहरूमा बनाइन्थे, “जहाँ राम्रो माटो पाइन्थ्यो र इन्धनको लागि दाउरा पनि . . . प्रशस्त मात्रामा पाइन्थ्यो।”

बेबिलोनी अधिकारीहरूले त्यस्ता भट्टाहरू मानिसहरूलाई सास्ती दिएर जलाउन पनि प्रयोग गर्थे भनेर पुरातन समयका रेकर्डहरूले देखाउँछ। टोरोन्टो विश्‍वविद्यालयका अस्सुरी भाषा र इतिहासका प्राध्यापक पल-एलेन बाउ यसो भन्छन्‌: “बेबिलोनी भाषासम्बन्धी केही लेखोटमा राजद्रोह र बेबिलोनी देवीदेवताको अपमान गरेका मानिसहरूलाई जिउँदै जलाइएका रेकर्डहरू पाइन्छन्‌।” राजा नबुकद्‌नेजरको पालाको एउटा लेखोटमा यस्तो लेखिएको छ: “तिनीहरूलाई आगोको भट्टीमा फ्याँक, जिउँदै जलाऊ, . . . धुवाँको मुस्लो माथिसम्म उठोस्‌ . . . तिनीहरूलाई दनदनी बलिरहेको आगोमा भस्म गर।”

यसले हामीलाई दानिएल अध्याय ३ को विवरण सम्झाउँछ। त्यस विवरणअनुसार राजा नबुकद्‌नेजरले बेबिलोनको सहरबाहिर दुराको मैदानमा एउटा विशाल सुनको मूर्ति स्थापना गरे। तीन जना हिब्रू केटा सद्रक, मेसक र अबेद्‌नेगोले त्यस मूर्तिलाई ढोग्न इन्कार गर्दा राजा नबुकद्‌नेजर एकदमै क्रोधित भए। राजाले आगोको भट्टीलाई “सदाभन्दा सात गुणा बढी दन्काउन” अनि ती केटाहरूलाई “दन्किरहेको आगोको भट्टीमा” फ्याँक्न हुकुम दिए। तर एक जना शक्‍तिशाली स्वर्गदूतले तिनीहरूलाई बचाए।—दानि. ३:१-६, १९-२८.

© The Trustees of the British Museum. Licensed under CC BY-NC-SA 4.0. Source

राजा नबुकद्‌नेजरको नाम छापिएको इँटा

यस्ता बेबिलोनी इँटाहरूले बाइबलको रेकर्ड सही छ भनेर प्रमाणित गर्छ। यस्ता इँटाहरूमध्ये थुप्रैमा राजाको जयजयकार गरिएका छापहरू पाइन्छन्‌। त्यस्तै एउटा छापमा यस्तो लेखिएको थियो: “बेबिलोनका राजा नबुकद्‌नेजर . . . म महान्‌ राजाले यो दरबार बनाएँ। मेरा सन्ततिले सदासर्वदा राज्य गरून्‌।” यो कुरा राजा नबुकदनेजरले घमन्ड गर्दै दानिएल ४:३० मा भनेको कुरासित मिल्दोजुल्दो छ: “के यो त्यही महान्‌ बेबिलोन होइन, जसलाई मेरो राजदरबार बनाउनको लागि अनि मेरो महिमा र ऐश्‍वर्य बढाउनको लागि मैले आफ्नो शक्‍ति र पराक्रमले निर्माण गरेँ?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने