प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 मार्च p. ३२
  • फिरौतीको बलिदान दिइनुअघि पापहरूको क्षमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फिरौतीको बलिदान दिइनुअघि पापहरूको क्षमा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • फिरौतीको बलिदानप्रति कृतज्ञता देखाइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • छुडौतीको बलिदानले परमेश्‍वरको धार्मिकताको महिमा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 मार्च p. ३२

बाइबलको अभिव्यक्‍ति

फिरौतीको बलिदान दिइनुअघि पापहरूको क्षमा

येसुले आफ्नो रगतद्वारा तिर्नुभएको फिरौतीमार्फत मात्र हामीले आफ्ना पापहरूको क्षमा पाउन सक्छौँ। (एफि. १:७) तर बाइबलमा यस्तो पनि लेखिएको छ: “बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर [परमेश्‍वरले] क्षमा गरिरहनुभएको थियो।” (रोमी ३:२५) “बितेको समय” भन्‍नुको अर्थ येसुले फिरौतीको बलिदान दिनुभन्दा अघिको समय हो। यहोवाले आफ्नो न्यायको स्तर कायम राख्दै फिरौतीको बलिदान दिइनुअघि नै कसरी क्षमा दिन सक्नुभयो?

यहोवा र उहाँका प्रतिज्ञाहरूमा विश्‍वास गर्ने मानिसहरूलाई बचाउन उहाँले एउटा “सन्तान” दिने प्रतिज्ञा गर्नुभयो। (उत्प. ३:१५; २२:१८) उहाँले जुन दिन त्यो प्रतिज्ञा गर्नुभयो, उहाँको नजरमा त्यही दिन फिरौतीको मोल तिरिएसरह थियो। आफूले तोकेको समयमा आफ्नो छोराले राजीखुसीले फिरौतीको बलिदान दिनेछन्‌ भन्‍ने कुरामा परमेश्‍वर ढुक्क हुनुहुन्थ्यो। (गला. ४:४; हिब्रू १०:७-१०) येसु पृथ्वीमा हुनुहुँदा यहोवाले उहाँलाई पापहरूको क्षमा दिने अख्तियार दिनुभएको थियो, जबकि येसुले फिरौतीको बलिदान नै दिनुभएको थिएन। त्यही अख्तियार प्रयोग गर्दै येसुले उहाँमाथि विश्‍वास गर्नेहरूलाई क्षमा दिन सक्नुभयो किनभने आफूले तिर्ने फिरौतीको मोलले पापहरू ढाक्नेछ भनेर उहाँलाई थाह थियो।​—मत्ति ९:२-६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने