प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • इसहाक र रिबेका गेरारमा (१-११)

        • परमेश्‍वर इसहाकसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (३-५)

      • इनारको विषयमा झगडा (१२-२५)

      • इसहाक अबिमेलेकसित करार गर्छन्‌ (२६-३३)

      • एसावका दुई जना हित्ती पत्नी (३४, ३५)

उत्पत्ति २६:१

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१०

उत्पत्ति २६:३

मार्जिनल रेफरेन्स

  • +उत्प २०:१; हिब्रू ११:८, ९
  • +उत्प १२:७; १५:१८
  • +उत्प २२:१६-१८; भज १०५:९-११; हिब्रू ६:१३, १४

उत्पत्ति २६:४

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१, ५; हिब्रू ११:१२
  • +व्य ३४:४
  • +उत्प १२:१-३; प्रे ३:२५; गला ३:८

उत्पत्ति २६:५

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१०, २३; २२:३, १२; हिब्रू ११:८; या २:२१

उत्पत्ति २६:६

मार्जिनल रेफरेन्स

  • +उत्प २६:१७

उत्पत्ति २६:७

मार्जिनल रेफरेन्स

  • +उत्प १२:११-१३
  • +उत्प २४:१६

उत्पत्ति २६:८

फुटनोट

  • *

    वा “अङ्‌कमाल।”

मार्जिनल रेफरेन्स

  • +उत्प २४:६७

उत्पत्ति २६:९

मार्जिनल रेफरेन्स

  • +उत्प २०:११

उत्पत्ति २६:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१८
  • +उत्प २०:९

उत्पत्ति २६:१२

मार्जिनल रेफरेन्स

  • +उत्प २४:३४, ३५

उत्पत्ति २६:१४

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१६

उत्पत्ति २६:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २१:२७, ३०

उत्पत्ति २६:१७

फुटनोट

  • *

    वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१९; २०:१

उत्पत्ति २६:१८

मार्जिनल रेफरेन्स

  • +उत्प २१:२५
  • +उत्प २१:३१

उत्पत्ति २६:१९

फुटनोट

  • *

    वा “वादीमा।”

उत्पत्ति २६:२०

फुटनोट

  • *

    यसको अर्थ हो, “विवाद।”

उत्पत्ति २६:२१

फुटनोट

  • *

    यसको अर्थ हो, “दोष लगाउनु।”

उत्पत्ति २६:२२

फुटनोट

  • *

    यसको अर्थ हो, “फराकिलो ठाउँ।”

मार्जिनल रेफरेन्स

  • +उत्प १७:५, ६; २८:१, ३

उत्पत्ति २६:२३

मार्जिनल रेफरेन्स

  • +उत्प २१:३१

उत्पत्ति २६:२४

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१; २८:१३
  • +उत्प १५:१
  • +उत्प १७:१९; भज १०५:९-११

उत्पत्ति २६:२५

फुटनोट

  • *

    वा “यहोवा परमेश्‍वरको महिमा गरे।”

मार्जिनल रेफरेन्स

  • +उत्प १२:८, ९
  • +हिब्रू ११:९

उत्पत्ति २६:२६

मार्जिनल रेफरेन्स

  • +उत्प २१:३२

उत्पत्ति २६:२८

मार्जिनल रेफरेन्स

  • +उत्प २१:२२
  • +उत्प २१:२७

उत्पत्ति २६:३१

मार्जिनल रेफरेन्स

  • +उत्प २१:२२-२४

उत्पत्ति २६:३२

मार्जिनल रेफरेन्स

  • +उत्प २६:१८

उत्पत्ति २६:३३

फुटनोट

  • *

    यसको अर्थ हो, “शपथ; सात।”

  • *

    यसको अर्थ हो, “शपथको इनार; सातको इनार।”

मार्जिनल रेफरेन्स

  • +न्या २०:१

उत्पत्ति २६:३४

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:२, ३

उत्पत्ति २६:३५

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४६; २८:८

अरू

उत्प. २६:१उत्प १२:१०
उत्प. २६:३उत्प २०:१; हिब्रू ११:८, ९
उत्प. २६:३उत्प १२:७; १५:१८
उत्प. २६:३उत्प २२:१६-१८; भज १०५:९-११; हिब्रू ६:१३, १४
उत्प. २६:४उत्प १५:१, ५; हिब्रू ११:१२
उत्प. २६:४व्य ३४:४
उत्प. २६:४उत्प १२:१-३; प्रे ३:२५; गला ३:८
उत्प. २६:५उत्प १७:१०, २३; २२:३, १२; हिब्रू ११:८; या २:२१
उत्प. २६:६उत्प २६:१७
उत्प. २६:७उत्प १२:११-१३
उत्प. २६:७उत्प २४:१६
उत्प. २६:८उत्प २४:६७
उत्प. २६:९उत्प २०:११
उत्प. २६:१०उत्प १२:१८
उत्प. २६:१०उत्प २०:९
उत्प. २६:१२उत्प २४:३४, ३५
उत्प. २६:१४उत्प १२:१६
उत्प. २६:१५उत्प २१:२७, ३०
उत्प. २६:१७उत्प १०:१९; २०:१
उत्प. २६:१८उत्प २१:२५
उत्प. २६:१८उत्प २१:३१
उत्प. २६:२२उत्प १७:५, ६; २८:१, ३
उत्प. २६:२३उत्प २१:३१
उत्प. २६:२४उत्प १७:१; २८:१३
उत्प. २६:२४उत्प १५:१
उत्प. २६:२४उत्प १७:१९; भज १०५:९-११
उत्प. २६:२५उत्प १२:८, ९
उत्प. २६:२५हिब्रू ११:९
उत्प. २६:२६उत्प २१:३२
उत्प. २६:२८उत्प २१:२२
उत्प. २६:२८उत्प २१:२७
उत्प. २६:३१उत्प २१:२२-२४
उत्प. २६:३२उत्प २६:१८
उत्प. २६:३३न्या २०:१
उत्प. २६:३४उत्प ३६:२, ३
उत्प. २६:३५उत्प २७:४६; २८:८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति २६:१-३५

उत्पत्ति

२६ कनानमा फेरि अनिकाल पऱ्‍यो। यसअघि अब्राहामको समयमा पहिलो पटक अनिकाल परेको थियो।+ त्यसैले इसहाक गेरारमा पलिस्तियालीहरूका राजा अबिमेलेककहाँ गए। २ यहोवा परमेश्‍वर इसहाककहाँ प्रकट हुनुभयो र भन्‍नुभयो: “मिश्रतिर नझर। मैले भनेकै ठाउँमा बस। ३ यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष्‌ दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+ ४ ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु+ र तिनीहरूलाई म यो सबै इलाका दिनेछु।+ तिम्रा सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌।’+ ५ किनभने अब्राहामले मेरो कुरा सुने, मैले चाहेको कुरा गरे र मेरा आज्ञा, नियम अनि व्यवस्था पालन गरे।”+ ६ यसैकारण इसहाक गेरारमै बसे।+

७ त्यस ठाउँका मानिसहरूले आफ्नी पत्नीबारे सोधपुछ गर्दा तिनी यसो भन्थे: “उनी मेरी बहिनी हुन्‌।”+ रिबेका राम्री थिइन्‌; त्यसैले “उनी मेरी पत्नी हुन्‌” भन्‍न तिनी डराउँथे। “यहाँका मानिसहरूले रिबेका मेरी पत्नी हुन्‌ भन्‍ने थाह पाए भने मलाई मार्छन्‌” भन्‍ने तिनलाई लाग्थ्यो।+ ८ तर केही समयपछिको कुरा हो, पलिस्तियालीहरूका राजा अबिमेलेकले झ्यालबाट हेर्दा इसहाकले आफ्नी पत्नी रिबेकालाई माया* गरिरहेको देखे।+ ९ अबिमेलेकले तुरुन्तै इसहाकलाई बोलाए र भने: “उनी त तिम्री पत्नी पो रहेछिन्‌! तिमीले किन ‘मेरी बहिनी हुन्‌’ भन्यौ?” इसहाकले यस्तो जवाफ दिए: “उनले गर्दा मेरो ज्यान जाला भनेर मलाई डर लागेको थियो।”+ १० तर अबिमेलेकले भने: “तिमीले यो के गऱ्‍यौ?+ तिम्री पत्नीसित हाम्रा मानिसहरूमध्ये कोही सुतेको भए हामीलाई ठूलो दोष लाग्ने थियो।”+ ११ त्यसपछि अबिमेलेकले आफ्नो प्रजालाई यस्तो आज्ञा दिए: “जसले यी पुरुष र यिनकी पत्नीलाई छुन्छ, त्यो निश्‍चय मारिनेछ।”

१२ अनि इसहाकले त्यस ठाउँको जमिनमा बिउ छरे र त्यो वर्ष तिनले आफूले छरेको भन्दा १०० गुणा धेरै कटनी गरे। किनभने यहोवा परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभएको थियो।+ १३ इसहाक धनी भए र तिनको झन्‌झन्‌ फलिफाप हुँदै गयो। १४ तिनका भेडा, गाईवस्तु र नोकरचाकर प्रशस्त भए।+ यो देखेर पलिस्तियालीहरूले तिनको डाह गर्न थाले।

१५ त्यसैले अब्राहामले आफ्ना नोकरहरूलाई खन्‍न लगाएका सबै इनार पलिस्तियालीहरूले माटोले पुरिदिए।+ १६ अनि अबिमेलेकले इसहाकलाई भने: “तिमी हाम्रो इलाकाबाट निस्केर जाऊ किनभने तिमी हामीभन्दा धेरै शक्‍तिशाली भएका छौ।” १७ त्यसैले त्यहाँबाट निस्केर इसहाकले गेरार बेँसीमा*+ पाल गाडे र त्यहीँ बस्न थाले। १८ अनि आफ्नो बुबा अब्राहामले बनाउन लगाएका इनारहरू इसहाकले फेरि खन्‍न थाले । किनभने पलिस्तियालीहरूले अब्राहामको मृत्युपछि ती पुरिदिएका थिए।+ अनि अब्राहामले ती इनारको जे-जे नाम राखेका थिए, इसहाकले पनि त्यही-त्यही राखे।+

१९ इसहाकका नोकरहरूले बेँसीमा* इनार खन्दै जाँदा सफा पानीको मूल भेट्टाए। २० अनि गेरारका गोठालाहरू इसहाकका गोठालाहरूसित यसो भन्दै झगडा गर्न थाले: “यो पानी हाम्रो हो!” तिनीहरूले इसहाकसित झगडा गरेको हुनाले तिनले त्यस इनारको नाम एसेक* राखे। २१ त्यसपछि तिनीहरूले अर्को इनार खन्‍न थाले तर गेरारका गोठालाहरू तिनीहरूसित फेरि झगडा गर्न आए। यसकारण तिनले त्यस इनारको नाम सित्नाह* राखे। २२ पछि इसहाक त्यहाँबाट सरे र तिनले अर्को इनार खन्‍न लगाए। यसपालि भने गेरारका गोठालाहरू झगडा गर्न आएनन्‌। त्यसैले तिनले त्यस इनारको नाम रेहोबोथ* राखे र यसो भने: “यहोवा परमेश्‍वरले हामीलाई प्रशस्त ठाउँ दिनुभएको छ र यस ठाउँमा हाम्रो फलिफाप गराउनुभएको छ।”+

२३ त्यसपछि त्यहाँबाट तिनी बेर्सेबातिर+ उक्ले। २४ त्यो रात यहोवा परमेश्‍वर तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो: “म तिम्रा बुबा अब्राहामका परमेश्‍वर हुँ।+ नडराऊ!+ किनभने म तिमीसँग छु। मेरो दास अब्राहामको खातिर म तिमीलाई आशिष्‌ दिन्छु र तिम्रा सन्तान धेरै हुनेछन्‌।”+ २५ त्यसैले तिनले त्यहाँ एउटा वेदी बनाए र यहोवा परमेश्‍वरको नाम पुकारे।*+ इसहाकले त्यहाँ आफ्नो पाल टाँगे+ र तिनका नोकरहरूले त्यहीँ इनार खने।

२६ एकदिन अबिमेलेक गेरारबाट आफ्ना सल्लाहकार अहुज्जाथ र सेनापति फिकोललाई लिएर इसहाकलाई भेट्‌न आए।+ २७ इसहाकले तिनीहरूलाई भने: “तपाईँहरूले मलाई घृणा गरेर धपाउनुभएको होइन? अब फेरि किन मलाई भेट्‌न आउनुभएको?” २८ तिनीहरूले भने: “यहोवा परमेश्‍वर तपाईँसँग हुनुहुँदो रहेछ भनेर अब हामीले राम्ररी थाह पायौँ।+ त्यसैले हामीले तपाईँलाई यसो भन्‍ने सल्लाह गऱ्‍यौँ: ‘हामीसित शान्ति-सम्झौता गर्नुहोस्‌ अनि हामीसित एउटा करार गर्नुहोस्‌।+ २९ जसरी हामीले तपाईँलाई हानि गरेनौँ, त्यसरी नै तपाईँले पनि हामीलाई हानि गर्नुहुनेछैन। किनकि हामीले तपाईँलाई शान्तिसित जान दिएर तपाईँको भलो चितायौँ। अनि तपाईँले यहोवा परमेश्‍वरको आशिष्‌ पाउनुभएको छ भनेर हामी स्वीकार गर्छौँ।’” ३० त्यसपछि इसहाकले तिनीहरूको लागि भोज तयार पारे अनि तिनीहरूले खानपिन गरे। ३१ तिनीहरू बिहान सबेरै उठे र इसहाकसित शपथ खाए।+ त्यसपछि इसहाकले तिनीहरूलाई बिदा गरे र तिनीहरू शान्तपूर्वक आफ्नो बाटो लागे।

३२ त्यही दिन इसहाकका नोकरहरू आएर तिनलाई आफूहरूले खनेको इनारबारे खबर गरे+ र भने: “हामीले पानी भेट्टायौँ!” ३३ इसहाकले त्यस इनारको नाम सिबाह* राखे। यसकारण त्यस सहरलाई अहिले पनि बेर्सेबा*+ भनिन्छ।

३४ एसाव ४० वर्षको हुँदा तिनले हित्ती बिरिकी छोरी युदिथ र हित्ती एलोनकी छोरी बास्मथसित विवाह गरे।+ ३५ आफ्ना बुहारीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो भयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने