प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • कयिन र हाबिल (१-१६)

      • कयिनका सन्तान (१७-२४)

      • सेत र तिनको छोरा एनोस (२५, २६)

उत्पत्ति ४:१

मार्जिनल रेफरेन्स

  • +उत्प १:२८
  • +१यु ३:१०-१२; यहु ११

उत्पत्ति ४:२

मार्जिनल रेफरेन्स

  • +मत्ति २३:३५

उत्पत्ति ४:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:१२
  • +हिब्रू ११:४

उत्पत्ति ४:८

मार्जिनल रेफरेन्स

  • +मत्ति २३:३५; १यु ३:१०-१२; यहु ११

उत्पत्ति ४:१०

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२४

उत्पत्ति ४:११

फुटनोट

  • *

    वा “जुन भूमिले तिम्रो हातबाट तिम्रो भाइको रगत पिउन आफ्नो मुख उघाऱ्‍यो।”

मार्जिनल रेफरेन्स

  • +उत्प ९:५

उत्पत्ति ४:१५

फुटनोट

  • *

    यसले चेतावनीस्वरूप दिइएको आदेशलाई जनाएको हुन सक्छ।

उत्पत्ति ४:१६

फुटनोट

  • *

    वा “नोदमा।”

मार्जिनल रेफरेन्स

  • +उत्प २:८

उत्पत्ति ४:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ५:४

उत्पत्ति ४:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ४:१५

उत्पत्ति ४:२५

फुटनोट

  • *

    यसको अर्थ हो, “नियुक्‍त गरिएको, राखिएको।”

मार्जिनल रेफरेन्स

  • +उत्प ५:३; १इ १:१
  • +उत्प ४:८; मत्ति २३:३५; हिब्रू ११:४

उत्पत्ति ४:२६

फुटनोट

  • *

    वा “यहोवा परमेश्‍वरको नाम गलत ढङ्‌गमा पुकार्न थाले।”

मार्जिनल रेफरेन्स

  • +उत्प ५:६; लुका ३:२३, ३८

अरू

उत्प. ४:१उत्प १:२८
उत्प. ४:११यु ३:१०-१२; यहु ११
उत्प. ४:२मत्ति २३:३५
उत्प. ४:४प्रस्थ १३:१२
उत्प. ४:४हिब्रू ११:४
उत्प. ४:८मत्ति २३:३५; १यु ३:१०-१२; यहु ११
उत्प. ४:१०हिब्रू १२:२४
उत्प. ४:११उत्प ९:५
उत्प. ४:१६उत्प २:८
उत्प. ४:१७उत्प ५:४
उत्प. ४:२४उत्प ४:१५
उत्प. ४:२५उत्प ४:८; मत्ति २३:३५; हिब्रू ११:४
उत्प. ४:२५उत्प ५:३; १इ १:१
उत्प. ४:२६उत्प ५:६; लुका ३:२३, ३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ४:१-२६

उत्पत्ति

४ आदमले आफ्नी पत्नीसित सम्बन्ध राखे र उनी गर्भवती भइन्‌।+ कयिनलाई+ जन्माएपछि उनले भनिन्‌: “यहोवा परमेश्‍वरको आशिष्‌ले मैले एउटा छोरा पाएँ।” २ पछि उनले कयिनका भाइ हाबिललाई+ जन्माइन्‌।

हाबिल गोठालो भए र कयिनचाहिँ किसान। ३ केही समयपछि कयिनले यहोवा परमेश्‍वरलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही लगे। ४ तर हाबिलले भने आफ्नो बगालबाट पहिले जन्मेका+ केही पाठा लगे र ती पाठाहरू बोसोसमेत यहोवा परमेश्‍वरलाई चढाए। परमेश्‍वरले हाबिल र तिनको भेटी स्विकार्नुभयो।+ ५ तर कयिन र तिनको भेटी भने स्विकार्नुभएन। त्यसैले कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए। ६ तब यहोवा परमेश्‍वरले कयिनलाई भन्‍नुभयो: “तिमी किन रिसाउँछौ? तिम्रो मुख किन अँध्यारो छ? ७ तिमीले असल काम गऱ्‍यौ भने के म तिमीलाई स्विकार्दिनँ र? तर तिमीले असल काम गरेनौ भने हेर, तिमीलाई झम्टन पाप ढोकैमा ढुकिबसेको छ। तिमीले त्यसलाई जित्नै पर्छ नत्र त त्यसले तिमीलाई आफ्नो वशमा पार्नेछ।”

८ त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ ९ पछि यहोवा परमेश्‍वरले कयिनलाई सोध्नुभयो: “तिम्रो भाइ खोइ?” कयिनले जवाफ दिए: “मलाई के थाह? म त्यसको गोठालो हुँ र?” १० तब परमेश्‍वरले भन्‍नुभयो: “तिमीले यो के गऱ्‍यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+ ११ अब तिमी श्रापित हुनेछौ र यस भूमिबाट खेदिनेछौ, जुन भूमिमा तिमीले आफ्नै हातले आफ्नो भाइको रगत बगायौ।*+ १२ तिमीले भूमिमा खनजोत गर्दा त्यसले आफ्नो उब्जनी दिनेछैन। तिमीले डुलुवा र भगुवा भएर जीवन बिताउनुपर्नेछ।” १३ त्यसपछि कयिनले यहोवा परमेश्‍वरलाई भने: “तपाईँले मलाई सहनै नसक्ने सजाय दिनुभयो। १४ आज तपाईँले मलाई यस इलाकाबाट निकालिदिनुभयो। तपाईँको नजरबाट म टाढा भएँ। मैले भगुवा र डुलुवा भएर जीवन बिताउनुपर्ने भयो। अनि जसले मलाई भेट्टाउँछ, उसले मलाई अवश्‍य मार्नेछ।” १५ तब यहोवा परमेश्‍वरले भन्‍नुभयो: “त्यसो होइन, जसले कयिनलाई मार्छ, उसले त्यसको सात गुणा सजाय पाउनेछ।”

त्यसैले कयिनलाई फेला पार्ने कसैले पनि उसलाई मार्न नपाओस्‌ भनेर यहोवा परमेश्‍वरले तिनको लागि एउटा चिन्ह* दिनुभयो। १६ त्यसपछि कयिन यहोवा परमेश्‍वरको सामनेबाट गए र अदनको बगैँचाको+ पूर्वपट्टि पर्ने भगुवाहरूको देशमा* गएर जीवन बिताउन थाले।

१७ पछि कयिनले आफ्नी पत्नीसित सम्बन्ध राखे+ र उनी गर्भवती भइन्‌ र उनले हनोकलाई जन्माइन्‌। त्यसपछि कयिनले एउटा सहर बसाले र आफ्नो छोराको नामबाटै त्यस सहरको नाम हनोक राखे। १८ पछि हनोकबाट इराद जन्मिए। अनि इरादबाट महुयाएल, महुयाएलबाट मतुसाएल र मतुसाएलबाट लेमेक जन्मिए।

१९ लेमेकले दुइटी पत्नी ल्याए। जेठीको नाम अदा र कान्छीको नाम जिल्लाह थियो। २० अदाले याबाललाई जन्माइन्‌। तिनले नै पालमा बस्ने र वस्तुभाउ पाल्ने चलन सुरु गरेका थिए। २१ तिनको भाइको नाम युबाल थियो। तिनले नै वीणा र बाँसुरी बजाउने चलन सुरु गरेका थिए। २२ जिल्लाहले तुबल-कयिनलाई जन्माइन्‌। तिनी तामा र फलामबाट हरेक किसिमको औजार बनाउँथे। तुबल-कयिनकी बहिनीको नाम नामाह थियो। २३ लेमेकले आफ्ना पत्नीहरू अदा र जिल्लाहको लागि यस्तो कविता रचे:

“हे मेरा पत्नीहरू हो, सुन,

मेरो कुरामा कान थाप,

मलाई घाइते बनाउने मान्छेलाई मैले मारेँ,

ममाथि आइलाग्ने जवान मान्छेलाई मैले पछारेँ।

२४ कयिनलाई मार्नेसित ७ गुणा बदला लिइनेछ+ भने

लेमेकलाई मार्नेसित ७७ गुणा।”

२५ आदमले फेरि आफ्नी पत्नीसित सम्बन्ध राखे र उनले एउटा छोरो जन्माइन्‌। उनले उसको नाम सेत*+ राखिन्‌ र यसो भनिन्‌: “कयिनले हाबिललाई माऱ्‍यो,+ त्यसैले परमेश्‍वरले मलाई हाबिलको सट्टा अर्को सन्तान दिनुभयो।” २६ सेतको पनि छोरा जन्मियो। तिनले उसको नाम एनोस+ राखे। त्यही समयदेखि मानिसहरूले यहोवा परमेश्‍वरको नाम पुकार्न थाले।*

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने