प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • पृथ्वीमा पानी घट्‌छ (१-१४)

        • ढुकुरलाई बाहिर पठाइन्छ (८-१२)

      • जहाजबाट बाहिर निस्कन्छन्‌ (१५-१९)

      • पृथ्वीको लागि परमेश्‍वरको प्रतिज्ञा (२०-२२)

उत्पत्ति ८:१

मार्जिनल रेफरेन्स

  • +उत्प ६:१९, २०; हिब्रू ११:७

उत्पत्ति ८:२

मार्जिनल रेफरेन्स

  • +उत्प ७:११, १२

उत्पत्ति ८:५

मार्जिनल रेफरेन्स

  • +उत्प ७:२०

उत्पत्ति ८:६

मार्जिनल रेफरेन्स

  • +उत्प ६:१६

उत्पत्ति ८:९

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१९

उत्पत्ति ८:११

मार्जिनल रेफरेन्स

  • +उत्प ७:२०; ८:३

उत्पत्ति ८:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ७:६, ११

उत्पत्ति ८:१६

मार्जिनल रेफरेन्स

  • +उत्प ७:७; १प ३:२०; २प २:५

उत्पत्ति ८:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ६:१९, २०; ७:१४, १५
  • +उत्प १:२२

उत्पत्ति ८:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ६:१०

उत्पत्ति ८:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ७:१३, १४

उत्पत्ति ८:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७
  • +उत्प ७:२; लेवी २०:२५
  • +व्य २७:६

उत्पत्ति ८:२१

मार्जिनल रेफरेन्स

  • +उत्प ३:१७; ५:२९
  • +उत्प ६:५; उप ७:२०; मत्ति १५:१९
  • +उत्प ६:७, १७; ९:११; यसै ५४:९

उत्पत्ति ८:२२

मार्जिनल रेफरेन्स

  • +उत्प १:१४; भज ७४:१७; उप १:४

अरू

उत्प. ८:१उत्प ६:१९, २०; हिब्रू ११:७
उत्प. ८:२उत्प ७:११, १२
उत्प. ८:५उत्प ७:२०
उत्प. ८:६उत्प ६:१६
उत्प. ८:९उत्प ७:१९
उत्प. ८:११उत्प ७:२०; ८:३
उत्प. ८:१३उत्प ७:६, ११
उत्प. ८:१६उत्प ७:७; १प ३:२०; २प २:५
उत्प. ८:१७उत्प ६:१९, २०; ७:१४, १५
उत्प. ८:१७उत्प १:२२
उत्प. ८:१८उत्प ६:१०
उत्प. ८:१९उत्प ७:१३, १४
उत्प. ८:२०उत्प १२:७
उत्प. ८:२०उत्प ७:२; लेवी २०:२५
उत्प. ८:२०व्य २७:६
उत्प. ८:२१उत्प ३:१७; ५:२९
उत्प. ८:२१उत्प ६:५; उप ७:२०; मत्ति १५:१९
उत्प. ८:२१उत्प ६:७, १७; ९:११; यसै ५४:९
उत्प. ८:२२उत्प १:१४; भज ७४:१७; उप १:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ८:१-२२

उत्पत्ति

८ परमेश्‍वरले नुहलाई अनि जहाजमा तिनीसित भएका घरपालुवा जनावर र जङ्‌गली जनावर सबैलाई सम्झनुभयो।+ त्यसपछि उहाँले पृथ्वीमा जोडसित बतास चलाउनुभयो। अनि पानी घट्‌न थाल्यो। २ आकाशका पानीका मूलहरू र बाँधहरू बन्द गरिए अनि पानी पर्न रोकियो।+ ३ पृथ्वीमा पानी घट्‌दै जान थाल्यो। एक सय पचास दिनपछि त पानी निकै घटिसकेको थियो। ४ सातौँ महिनाको १७ औँ दिनमा जहाज अरारात डाँडामा अडियो। ५ दसौँ महिनासम्म पानी लगातार घट्‌दै गयो। अनि १० औँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले।+

६ त्यसको ४० दिनपछि नुहले जहाजको झ्याल+ खोले। ७ अनि तिनले एउटा कागलाई बाहिर उडाए। पृथ्वीमा पानी नसुकुन्जेल त्यो काग जहाजमा आउनेजाने गरिरह्‍यो।

८ त्यसपछि जमिनमा पानी घट्‌यो कि घटेन भनेर बुझ्न नुहले एउटा ढुकुरलाई बाहिर उडाए। ९ जमिनमाथि अझै पनि चारैतिर पानी थियो। त्यसैले खुट्टा टेक्ने ठाउँ कतै नपाएकोले त्यो ढुकुर नुहकहाँ फर्क्यो+ र तिनले हात पसारेर त्यसलाई जहाजभित्र ल्याए। १० तिनले अझै सात दिन पर्खे र फेरि त्यस ढुकुरलाई बाहिर उडाए। ११ साँझतिर ढुकुर जहाजमा फर्क्यो। त्यसको चुच्चोमा भर्खरै टिपेको जैतुनको पात थियो। तब नुहले पृथ्वीमा पानी घटेछ भनेर थाह पाए।+ १२ तिनले अर्को सात दिन पर्खे र त्यस ढुकुरलाई फेरि उडाए। तर यसपालि भने त्यो फर्केन।

१३ नुहको जीवनकालको ६०१ औँ वर्षको+ पहिलो महिनाको पहिलो दिनसम्ममा पानी निकै घटिसकेको थियो। नुहले जहाजको छत उघारेर हेरे अनि जमिन सुक्खा हुन थालेको देखे। १४ दोस्रो महिनाको २७ औँ दिनमा जमिन पूरै सुक्खा भयो।

१५ तब परमेश्‍वरले नुहलाई यसो भन्‍नुभयो: १६ “तिमी, तिम्री पत्नी, तिम्रा छोराहरू र बुहारीहरू जहाजबाट बाहिर निस्क।+ १७ सबै जीवजन्तुलाई—जातजातका उड्‌ने जीव, जातजातका जनावर र जमिनमा घस्रने जातजातका जीवजन्तु सबैलाई तिमीसँगै बाहिर ल्याऊ।+ ती सबै जीवजन्तु फलून्‌-फुलून्‌ अनि पृथ्वीमा भरिँदै जाऊन्‌।”+

१८ तब नुह, तिनकी पत्नी, तिनका छोराहरू+ र बुहारीहरू जहाजबाट बाहिर निस्के। १९ अनि सबै जीवजन्तु, सबै घस्रने जीवजन्तु, सबै उड्‌ने जीव अनि जमिनमा हिँडडुल गर्ने सबै जीवजन्तु आ-आफ्नो समूहअनुसार बाहिर निस्के।+ २० त्यसपछि नुहले यहोवा परमेश्‍वरको निम्ति वेदी बनाए।+ अनि शुद्ध जनावर र शुद्ध चराचुरुङ्‌गीमध्ये केहीलाई+ लिएर अग्निभेटी* चढाए।+ २१ यहोवा परमेश्‍वरले त्यसको मीठो बास्ना लिनुभयो र खुसी हुनुभयो। त्यसपछि यहोवा परमेश्‍वरले मनमनै यसो भन्‍नुभयो: “अब म मानिसको कारण पृथ्वीलाई कहिल्यै सराप दिनेछैनँ।+ किनकि मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ।+ म सबै जीवजन्तुलाई फेरि कहिल्यै यसरी नाश गर्नेछैनँ।+ २२ अबदेखि पृथ्वीमा बिउ छर्ने समय र बाली काट्‌ने समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु अनि दिन र रात चलिरहनेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने