प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • हुसै अहितोपेलको सल्लाहलाई विफल पारिदिन्छन्‌ (१-१४)

      • दाउदलाई सतर्क गराइन्छ; तिनी अब्सालोमको हातबाट जोगिन्छन्‌ (१५-२९)

        • बार्जिलै र अरू मानिसले आवश्‍यक कुराहरूको प्रबन्ध गरिदिन्छन्‌ (२७-२९)

२ समुएल १७:२

मार्जिनल रेफरेन्स

  • +२स १६:१४
  • +भज ३७:१२; ४१:९; ५५:१२, १३

२ समुएल १७:५

मार्जिनल रेफरेन्स

  • +२स १५:३२; १६:१६

२ समुएल १७:७

मार्जिनल रेफरेन्स

  • +२स १५:३४

२ समुएल १७:८

मार्जिनल रेफरेन्स

  • +१स १६:१८; २स १५:१८; २३:८, १८; १इ ११:२६
  • +हित १७:१२
  • +१स १७:५०; १८:७; १९:८; २स १०:१८

२ समुएल १७:९

मार्जिनल रेफरेन्स

  • +१स २२:१; २३:१९

२ समुएल १७:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:९; २स १:२३; यसै ३१:४
  • +१स १८:५

२ समुएल १७:११

मार्जिनल रेफरेन्स

  • +न्या २०:१
  • +१रा ४:२०

२ समुएल १७:१४

फुटनोट

  • *

    वा “आज्ञा।”

मार्जिनल रेफरेन्स

  • +हित २१:१
  • +२स १५:३१, ३४; १६:२३; हित १९:२१; २१:३०
  • +व्य २:३०; २इ २५:२०

२ समुएल १७:१५

मार्जिनल रेफरेन्स

  • +२स ८:१७; १५:३५

२ समुएल १७:१६

फुटनोट

  • *

    वा सम्भवतः “मरुभूमिको मैदानमा।”

मार्जिनल रेफरेन्स

  • +भज ३५:२४, २५

२ समुएल १७:१७

मार्जिनल रेफरेन्स

  • +१रा १:४२
  • +२स १५:२७, ३६; १८:१९
  • +यहो १५:७, १२; १८:१६, २०; १रा १:९

२ समुएल १७:१८

मार्जिनल रेफरेन्स

  • +२स १६:५; १९:१६

२ समुएल १७:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:१९; यहो २:३-५; १स १९:१२, १४; २१:२

२ समुएल १७:२१

मार्जिनल रेफरेन्स

  • +२स १७:१, २

२ समुएल १७:२३

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ५१; २स १५:१२
  • +२रा २०:१
  • +१स ३१:४; १रा १६:१८; भज ५:१०; ५५:२३; मत्ति २७:३, ५; प्रे १:१८

२ समुएल १७:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:१, २; यहो १३:२४, २६

२ समुएल १७:२५

फुटनोट

  • *

    इथ्रा अबिगेलका पति थिए जस्तो देखिन्छ।

मार्जिनल रेफरेन्स

  • +२स ८:१६
  • +२स १९:१३; २०:४, १०
  • +१इ २:१६, १७

२ समुएल १७:२६

मार्जिनल रेफरेन्स

  • +गन ३२:१; व्य ३:१५

२ समुएल १७:२७

मार्जिनल रेफरेन्स

  • +व्य ३:११; यहो १३:२४, २५; २स १२:२६, २९
  • +२स ९:३-५
  • +२स १९:३१, ३२; १रा २:७

२ समुएल १७:२९

फुटनोट

  • *

    यसले दूधबाट बनेको खानेकुरालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +हित ११:२५
  • +१स २५:१८; २स १६:२

अरू

२ समु. १७:२२स १६:१४
२ समु. १७:२भज ३७:१२; ४१:९; ५५:१२, १३
२ समु. १७:५२स १५:३२; १६:१६
२ समु. १७:७२स १५:३४
२ समु. १७:८१स १६:१८; २स १५:१८; २३:८, १८; १इ ११:२६
२ समु. १७:८हित १७:१२
२ समु. १७:८१स १७:५०; १८:७; १९:८; २स १०:१८
२ समु. १७:९१स २२:१; २३:१९
२ समु. १७:१०उत्प ४९:९; २स १:२३; यसै ३१:४
२ समु. १७:१०१स १८:५
२ समु. १७:११न्या २०:१
२ समु. १७:१११रा ४:२०
२ समु. १७:१४हित २१:१
२ समु. १७:१४२स १५:३१, ३४; १६:२३; हित १९:२१; २१:३०
२ समु. १७:१४व्य २:३०; २इ २५:२०
२ समु. १७:१५२स ८:१७; १५:३५
२ समु. १७:१६भज ३५:२४, २५
२ समु. १७:१७१रा १:४२
२ समु. १७:१७२स १५:२७, ३६; १८:१९
२ समु. १७:१७यहो १५:७, १२; १८:१६, २०; १रा १:९
२ समु. १७:१८२स १६:५; १९:१६
२ समु. १७:२०प्रस्थ १:१९; यहो २:३-५; १स १९:१२, १४; २१:२
२ समु. १७:२१२स १७:१, २
२ समु. १७:२३यहो १५:२०, ५१; २स १५:१२
२ समु. १७:२३२रा २०:१
२ समु. १७:२३१स ३१:४; १रा १६:१८; भज ५:१०; ५५:२३; मत्ति २७:३, ५; प्रे १:१८
२ समु. १७:२४उत्प ३२:१, २; यहो १३:२४, २६
२ समु. १७:२५२स ८:१६
२ समु. १७:२५२स १९:१३; २०:४, १०
२ समु. १७:२५१इ २:१६, १७
२ समु. १७:२६गन ३२:१; व्य ३:१५
२ समु. १७:२७व्य ३:११; यहो १३:२४, २५; २स १२:२६, २९
२ समु. १७:२७२स ९:३-५
२ समु. १७:२७२स १९:३१, ३२; १रा २:७
२ समु. १७:२९हित ११:२५
२ समु. १७:२९१स २५:१८; २स १६:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल १७:१-२९

दोस्रो समुएल

१७ अनि अहितोपेलले अब्सालोमलाई भने: “बिन्ती छ, मलाई १२ हजार पुरुष छान्‍न अनुमति दिनुहोस्‌ र म आज राती नै दाउदलाई खेद्‌न निस्कनेछु। २ तिनी थाकेर लखतरान भएको बेला म तिनलाई आक्रमण गर्नेछु।+ म तिनलाई त्रसित बनाउनेछु अनि तिनीसित भएका सबै मानिस भाग्नेछन्‌। तब राजा एक्लै हुनेछन्‌ र म तिनलाई मार्नेछु।+ ३ त्यसपछि सबै मानिसलाई म तपाईँकहाँ ल्याउनेछु। तपाईँले खोजिरहनुभएको व्यक्‍ति मारिए भने मात्र तिनका सबै मानिस तपाईँकहाँ आउनेछन्‌ र सबै मानिस शान्तिपूर्वक बस्न सक्नेछन्‌।” ४ अहितोपेलको यो सुझाव अब्सालोम र इस्राएलका सबै नाइकेलाई एकदम मन पऱ्‍यो।

५ तर अब्सालोमले भने: “अरकी हुसैलाई+ पनि बोलाऊ र उहाँको राय के छ, सुनौँ।” ६ त्यसैले हुसै अब्सालोमकहाँ आए र अब्सालोमले उनलाई भने: “अहितोपेलले यस्तो सुझाव दिएका छन्‌। के हामीले अहितोपेलले दिएको सुझावअनुसारै गर्नु ठीक होला? होइन भने तपाईँ नै भन्‍नुहोस्‌, हामी के गरौँ?” ७ तब हुसैले अब्सालोमलाई भने: “यस पटक अहितोपेलले दिएको सुझाव ठीक छैन।”+

८ हुसैले अझै भने: “तपाईँलाई थाहै छ, तपाईँको बुबा र तिनका मानिसहरू शक्‍तिशाली छन्‌+ र तिनीहरू आफ्ना बच्चाहरू हराएको माउ भालुजस्तै साह्रै रिसाएका छन्‌।+ त्यति मात्र होइन, तपाईँको बुबा एक वीर योद्धा हुन्‌+ र तिनी राती मानिसहरूसँग बस्नेछैनन्‌। ९ यतिखेर तिनी कुनै ओडारमा वा अन्त कतै लुकिरहेका होलान्‌।+ अनि हामीले भन्दा पहिला तिनले आक्रमण गरे भने यस्तो हल्ला फैलनेछ: ‘अब्सालोमको पछि लाग्नेहरू पराजित भएका छन्‌!’ १० अनि सिंहको जस्तै मुटु भएको साहसी मानिससमेत+ डरले पक्कै थरथर काँप्नेछ किनकि तपाईँको बुबा एक वीर योद्धा हुन्‌+ र तिनका मानिसहरू पनि साहसी छन्‌ भनेर सबै इस्राएलीलाई थाह छ। ११ मेरो सुझाव यस्तो छ: दानदेखि बेर्सेबासम्मका+ सबै इस्राएली तपाईँकहाँ भेला नभएसम्म पर्खनुहोस्‌। तिनीहरू समुद्रका बालुवासरी असङ्‌ख्य हुनेछन्‌+ र तपाईँले नै तिनीहरू सबैलाई लडाइँमा लैजानुहोस्‌। १२ तिनी जहाँ भए पनि हामी तिनलाई खोजेर आक्रमण गर्नेछौँ। अनि भुईँमा शीत परेझैँ हामी तिनीमाथि ओइरिनेछौँ। तिनी र तिनीसित भएका कोही पनि बच्नेछैनन्‌, सबै जना मारिनेछन्‌। १३ तिनी कुनै सहरभित्र लुक्न गए भने पनि सबै इस्राएली डोरी लिएर त्यहाँ जानेछन्‌। अनि त्यस सहरलाई डोरीले घिसार्दै लगेर नदीमा खसालिदिनेछन्‌, त्यस सहरको एउटा ढुङ्‌गा पनि बाँकी रहनेछैन।”

१४ तब अब्सालोम र सबै इस्राएलीले भने: “अहितोपेलको सुझावभन्दा अरकी हुसैको सुझाव राम्रो छ!”+ यहोवा परमेश्‍वरले अहितोपेलको राम्रो सल्लाहलाई बेकामको तुल्याउने निर्णय* गरिसक्नुभएको थियो+ किनकि यहोवा परमेश्‍वर अब्सालोमलाई विनाश गर्न चाहनुहुन्थ्यो।+

१५ त्यसपछि हुसैले पुजारीहरू सादोक र अबियातारलाई+ यसो भने: “अहितोपेलले अब्सालोमलाई र इस्राएलका नाइकेहरूलाई यस्तो सुझाव दिए अनि मैले चाहिँ यस्तो सुझाव दिएँ। १६ अब दाउदलाई सावधान गराउन उहाँकहाँ तुरुन्तै यस्तो खबर पठाओ: ‘आज राती निर्जनभूमिका जँघारहरूमा* नबस्नुहोस्‌; जसरी भए पनि पारि जानुहोस्‌। नत्र त राजा र उहाँका सबै मानिसको सर्वनाश हुनेछ।’”+

१७ जोनाथन+ र अहिमास+ आफूहरूलाई कसैले नदेखोस्‌ भनेर सहरबाहिर एन-रोगेलमा+ बसिरहेका थिए। त्यसैले एउटी दासी गएर तिनीहरूलाई सबै कुरा बताइदिई अनि तिनीहरू त्यो कुरा राजा दाउदलाई बताउन गए। १८ तर एक जना युवकले तिनीहरूलाई देख्यो अनि गएर अब्सालोमलाई बताइदियो। त्यसैले तिनीहरू तुरुन्तै त्यहाँबाट भागे र बाहुरिममा+ एक जना मानिसको घरमा पुगे। त्यस घरको आँगनमा इनार थियो। तिनीहरू त्यही इनारभित्र पसे। १९ त्यस मानिसकी पत्नीले इनारको मुख कपडाले छोपिन्‌ अनि त्यसमाथि बिस्कुन फिँजाइन्‌। यसबारे कसैले केही थाह पाएन। २० अब्सालोमका सेवकहरू त्यस स्त्रीको घरमा आए र सोधे: “अहिमास र जोनाथन कहाँ छन्‌?” त्यस स्त्रीले भनिन्‌: “तिनीहरू नदीतिर गए।”+ ती मानिसहरूले तिनीहरूलाई खोजे तर कतै भेट्टाएनन्‌। त्यसैले ती मानिसहरू यरुसलेम फर्के।

२१ ती मानिसहरू गइसकेपछि तिनीहरू इनारबाट बाहिर निस्के अनि गएर राजा दाउदलाई खबर गरे। तिनीहरूले राजालाई भने: “उठ्‌नुहोस्‌ र नदीपारि गइहाल्नुहोस्‌ किनकि हजुरको विरुद्धमा अहितोपेलले यस्तो-यस्तो सुझाव दिएका छन्‌।”+ २२ यो सुन्‍नेबित्तिकै दाउद र तिनीसित भएका सबै मानिस उठे अनि यर्दनपारि गए। बिहान उज्यालो हुनुअघि नै तिनीहरू सबै यर्दनपारि पुगिसकेका थिए।

२३ आफूले दिएको सुझावअनुसार नगरिएको कुरा देखेपछि अहितोपेलले गधामा काठी कसे र त्यसमा चढेर आफ्नो सहर गए।+ त्यहाँ आफ्नो घर पुगेपछि उनले आफ्नो परिवारको लागि सबै बन्दोबस्त मिलाए।+ त्यसपछि उनी झुन्डिएर मरे।+ यसरी उनको मृत्यु भयो र उनकै पुर्खाहरूको चिहानमा उनलाई गाडियो।

२४ यसैबीच दाउद महनैम गए+ अनि अब्सालोमचाहिँ सबै इस्राएलीलाई लिएर यर्दनपारि गए। २५ अब्सालोमले योआबको+ सट्टा अमासालाई+ सेनापति बनाए। अमासा इथ्रा नाम गरेका इस्राएलीका छोरा थिए। इथ्राले अबिगेलसित+ यौनसम्बन्ध राखेका थिए।* अबिगेल नहसकी छोरी र योआबकी आमा जेरुयाहकी बहिनी थिइन्‌। २६ गिलादमा पुगेपछि इस्राएलीहरू र अब्सालोमले त्यहाँ छाउनी हाले।+

२७ दाउद महनैम पुग्नेबित्तिकै अम्मोनीहरूको सहर राब्बाहका+ नहसका छोरा सोबि, लो-देबारका अम्मिएलका छोरा माकिर+ र रोगेलिमका गिलादी बार्जिलैले+ २८ ओछ्यान, भाँडाकुँडा, माटाका भाँडा, गहुँ, जौ, पीठो, भुटेको अन्‍न, बकुला, दाल, सुकेको अन्‍न, २९ मह, मक्खन, भेडा र चिज* ल्याए। तिनीहरूले यी सबै सरसामान दाउद र तिनका मानिसहरूको लागि ल्याए।+ किनकि तिनीहरूले भने: “मानिसहरू निर्जनभूमिमा भोकाएका, तिर्खाएका र थाकेका होलान्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने