प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • सेबाको विद्रोह; योआब अमासालाई मार्छन्‌ (१-१३)

      • सेबालाई खेदिन्छ र उसको टाउको काटिन्छ (१४-२२)

      • दाउदको राज्य व्यवस्था (२३-२६)

२ समुएल २०:१

फुटनोट

  • *

    वा सम्भवतः “पालमा।”

मार्जिनल रेफरेन्स

  • +२स २०:२१
  • +न्या ३:२६, २७; २स १५:१०
  • +२स १९:४३
  • +१रा १२:१६

२ समुएल २०:२

मार्जिनल रेफरेन्स

  • +हित २४:२१
  • +२स १९:१५, ४१, ४२

२ समुएल २०:३

मार्जिनल रेफरेन्स

  • +२स ५:११
  • +२स १५:१६
  • +२स १६:२१, २२

२ समुएल २०:४

मार्जिनल रेफरेन्स

  • +२स १७:२५; १९:१३; १इ २:१७

२ समुएल २०:६

फुटनोट

  • *

    शा., “तिम्रो मालिकका।”

मार्जिनल रेफरेन्स

  • +१स २६:६; २स १०:१०; २३:१८; १इ १८:१२
  • +२स २०:१
  • +२स १५:१२

२ समुएल २०:७

फुटनोट

  • *

    अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरू।

  • *

    यसले अबिसैलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२स ८:१६
  • +२स ८:१८; १५:१८; १रा १:३८

२ समुएल २०:८

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २५; २१:८, १७
  • +२स १७:२५; १९:१३

२ समुएल २०:१०

मार्जिनल रेफरेन्स

  • +२स ३:२७; १रा २:५

२ समुएल २०:१३

मार्जिनल रेफरेन्स

  • +२स २०:१

२ समुएल २०:१४

मार्जिनल रेफरेन्स

  • +१रा १५:२०; २रा १५:२९

२ समुएल २०:१५

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

२ समुएल २०:१९

फुटनोट

  • *

    शा., “इस्राएलमा आमाजस्तै सहर।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५; व्य ३२:९

२ समुएल २०:२१

मार्जिनल रेफरेन्स

  • +यहो १७:१४, १५; न्या २:८, ९
  • +२स २०:१

२ समुएल २०:२२

मार्जिनल रेफरेन्स

  • +उप ९:१४, १५, १८

२ समुएल २०:२३

मार्जिनल रेफरेन्स

  • +२स ८:१६; १९:१३
  • +१इ १२:२७
  • +२स २३:२०; १इ २७:५
  • +२स ८:१८; १५:१८; १रा १:३८, ४४

२ समुएल २०:२४

मार्जिनल रेफरेन्स

  • +१रा ४:६; १२:१८
  • +१रा ४:३

२ समुएल २०:२५

मार्जिनल रेफरेन्स

  • +२स १५:२७
  • +२स १७:१५; १९:११; १रा ४:४

२ समुएल २०:२६

फुटनोट

  • *

    शा., “पुजारी।”

अरू

२ समु. २०:१२स २०:२१
२ समु. २०:१न्या ३:२६, २७; २स १५:१०
२ समु. २०:१२स १९:४३
२ समु. २०:११रा १२:१६
२ समु. २०:२हित २४:२१
२ समु. २०:२२स १९:१५, ४१, ४२
२ समु. २०:३२स ५:११
२ समु. २०:३२स १५:१६
२ समु. २०:३२स १६:२१, २२
२ समु. २०:४२स १७:२५; १९:१३; १इ २:१७
२ समु. २०:६१स २६:६; २स १०:१०; २३:१८; १इ १८:१२
२ समु. २०:६२स २०:१
२ समु. २०:६२स १५:१२
२ समु. २०:७२स ८:१६
२ समु. २०:७२स ८:१८; १५:१८; १रा १:३८
२ समु. २०:८यहो १८:२१, २५; २१:८, १७
२ समु. २०:८२स १७:२५; १९:१३
२ समु. २०:१०२स ३:२७; १रा २:५
२ समु. २०:१३२स २०:१
२ समु. २०:१४१रा १५:२०; २रा १५:२९
२ समु. २०:१९प्रस्थ १९:५; व्य ३२:९
२ समु. २०:२१यहो १७:१४, १५; न्या २:८, ९
२ समु. २०:२१२स २०:१
२ समु. २०:२२उप ९:१४, १५, १८
२ समु. २०:२३२स ८:१६; १९:१३
२ समु. २०:२३१इ १२:२७
२ समु. २०:२३२स २३:२०; १इ २७:५
२ समु. २०:२३२स ८:१८; १५:१८; १रा १:३८, ४४
२ समु. २०:२४१रा ४:६; १२:१८
२ समु. २०:२४१रा ४:३
२ समु. २०:२५२स १५:२७
२ समु. २०:२५२स १७:१५; १९:११; १रा ४:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल २०:१-२६

दोस्रो समुएल

२० बिन्यामिनको कुलमा सेबा नाम गरेको एउटा झगडालु मानिस थियो।+ ऊ बिक्रिको छोरा थियो। उसले सिङ फुकेर यसो भन्यो:+ “दाउदसित हाम्रो कुनै सरोकार छैन; यिसैको छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखोस्‌।+ हे इस्राएली हो, तिमीहरू सबै आ-आफ्नो देवताकहाँ* फर्केर जाओ।”+ २ तब इस्राएलका सबै मानिस दाउदलाई पछ्याउन छोडेर बिक्रिको छोरा सेबाको पछि लागे।+ तर यहुदाका मानिसहरूले भने आफ्नो राजालाई छोडेनन्‌। तिनीहरू यर्दनदेखि यरुसलेमसम्मै राजा सँगसँगै आए।+

३ जब राजा दाउद यरुसलेममा आफ्नो महलमा आइपुगे,+ तब उनले महलको हेरविचार गर्न छोडिराखेका आफ्ना १० जना उपपत्नीलाई एउटा घरमा राखे र त्यस घरमा पहरा राखिदिए।+ उनले उनीहरूको लागि खानेकुराको प्रबन्ध गरिदिए तर उनीहरूसँग यौनसम्बन्ध राखेनन्‌।+ उनीहरू आफ्नो जीवनभरि त्यस घरमा थुनिए। आफ्नो पति जिउँदो हुँदाहुँदै उनीहरूले विधवाको जस्तो जीवन बिताउनुपऱ्‍यो।

४ तब राजाले अमासालाई+ यस्तो आदेश दिए: “तीन दिनभित्र यहुदाका मानिसहरूलाई मेरो अगाडि भेला गराउनू अनि तिमी पनि यहाँ हाजिर हुनू।” ५ त्यसैले अमासा यहुदाका मानिसहरूलाई भेला गराउन गए तर तिनी राजाले तोकेको समयभित्र आइपुगेनन्‌। ६ त्यसपछि दाउदले अबिसैलाई+ भने: “बिक्रिको छोरा सेबाले+ हामीलाई अब्सालोमले भन्दा धेरै हानि पुऱ्‍याउन सक्छ।+ त्यसैले मेरा* सेवकहरूलाई लिएर उसलाई खेद्‌न जाऊ। नत्र त ऊ बलिया-बलिया किल्ला भएको कुनै सहरमा जाला र हाम्रो हातबाट उम्केला।” ७ त्यसैले योआबका+ मानिसहरू, कराथीहरू र पेलेथीहरू*+ अनि सबै वीर पुरुष उसको* पछिपछि लागे। तिनीहरू बिक्रिका छोरा सेबालाई खेद्‌न यरुसलेमबाट निस्के। ८ जब तिनीहरू गिबोनमा भएको ठूलो चट्टाननजिकै आइपुगे,+ तब अमासा+ तिनीहरूलाई भेट्‌न आए। त्यसबेला योआबले सैन्य पोसाक लगाएका थिए र कम्मरमा तरबार भिरेका थिए। जब तिनी अघि बढे, तब तिनको तरबार म्यानबाट झऱ्‍यो।

९ योआबले अमासालाई भने: “हे मेरो भाइ, तिम्रो हालखबर के छ?” तब तिनले अमासालाई म्वाइँ खान लागेजस्तो गरेर आफ्नो दायाँ हातले उनको दाह्री समाते। १० योआबको हातमा तरबार छ भनेर अमासालाई यादै भएन। योआबले उनको भुँडीमा तरबार घोपिदिए+ र उनको आन्द्राभुँडी निस्केर भुईँमा छताछुल्ल भयो। योआबले अमासालाई दुई पटक घोप्नै परेन; उनलाई मार्न एउटै प्रहार काफी थियो। त्यसपछि योआब र तिनका दाइ अबिसै बिक्रिको छोरा सेबालाई खेद्‌न गए।

११ योआबका जवान मानिसहरूमध्ये एक जनाले अमासाको छेउमा उभिएर यसो भन्‍न थाले: “योआब र दाउदको पक्षमा हुनेहरू सबै योआबको पछि लागून्‌!” १२ त्यसबेला अमासा बाटोको बीचमा रगतमा लतपतिएर छटपटाइरहेका थिए। त्यो बाटो भएर जाने सबै मानिस अमासालाई देखेर रोकिन्थे। त्यसैले त्यस जवान मानिसले अमासालाई बाटोबाट हटाएर नजिकैको मैदानमा लगे। त्यसपछि तिनले अमासालाई कपडाले छोपिदिए। १३ तिनले अमासालाई बाटोबाट हटाइसकेपछि सबै मानिस बिक्रिको छोरा सेबालाई खेद्‌न योआबको पछिपछि लाग्न थाले।+

१४ सेबा इस्राएलका सबै कुलको इलाका हुँदै बेथ-माकाहको+ हाबिल भन्‍ने सहरमा गए। तब बिक्रिको घरानाका मानिसहरू पनि जम्मा भएर सेबासँगै गए।

१५ योआब र तिनका मानिसहरू बेथ-माकाहको हाबिलमा आए र त्यसलाई घेरा हाले। त्यस सहरको पर्खालको वरिपरि सुरक्षाको लागि माटोको अर्को पर्खाल थियो। त्यसैले तिनीहरूले त्यस सहरविरुद्ध घेरा-मचान* खडा गरे। अनि योआबका सबै मानिसले सहरको पर्खाल भत्काउन त्यसको मुनिपट्टि खन्‍न थाले। १६ तब एउटी बुद्धिमती स्त्री सहरको पर्खालबाट यसो भनेर कराइन्‌: “हे मानिसहरू हो, सुन्‍नुहोस्‌! बिन्ती छ, योआबलाई बोलाउनुहोस्‌। म उहाँसित कुरा गर्न चाहन्छु।” १७ त्यसैले योआब ती स्त्रीको नजिकै गए। ती स्त्रीले सोधिन्‌: “के तपाईँ योआब हुनुहुन्छ?” तिनले भने: “हो, म नै योआब हुँ।” त्यसपछि ती स्त्रीले तिनलाई भनिन्‌: “तपाईँकी यस दासीको कुरा सुन्‍नुहोस्‌।” तिनले भने: “भन, म सुन्दै छु।” १८ ती स्त्रीले भनिन्‌: “पहिले-पहिले मानिसहरू यसो भन्‍ने गर्थे, ‘कुनै मामिलामा सल्लाह चाहियो भने हाबिल जानू अनि मामिला सुल्झनेछ।’ १९ म इस्राएलका शान्तिप्रिय र वफादार मानिसहरूको तर्फबाट कुरा गर्दै छु। तपाईँ इस्राएलको एउटा प्रमुख सहरलाई* नाश गर्न खोज्दै हुनुहुन्छ। तपाईँ किन यहोवा परमेश्‍वरको सम्पत्तिलाई सर्वनाश गर्न चाहनुहुन्छ?”+ २० योआबले भने: “यसलाई नाश गर्ने र यसको नामोनिसान मेटाउने कुरा म सोच्न समेत सक्दिनँ। २१ म त्यसो गर्न यहाँ आएको होइनँ। वास्तवमा कुरा के हो भने एप्रैमको पहाडी इलाकामा+ बस्ने बिक्रिको छोरा सेबा+ राजा दाउदविरुद्ध खडा भएको छ। अनि ऊ तिमीहरूको सहरमा घुसेको छ। उसलाई हाम्रो हातमा सुम्पिदेऊ र म यस सहरलाई घेर्न छोड्‌नेछु।” तब ती स्त्रीले योआबलाई भनिन्‌: “हुन्छ, उसको टाउको पर्खालबाहिर तपाईँकहाँ फ्याँकिनेछ!”

२२ अनि ती बुद्धिमती स्त्री तुरुन्तै सहरभित्र मानिसहरूकहाँ गइन्‌। तिनीहरूले बिक्रिको छोरा सेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले सिङ फुके र सबै मानिस सहरलाई घेर्न छोडेर आ-आफ्नो घर फर्के।+ योआबचाहिँ यरुसलेममा राजाकहाँ गए।

२३ योआब इस्राएलको पूरै सेनाका सेनापति थिए।+ यहोयादाका+ छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका कप्तान थिए।+ २४ जबरजस्ती काममा जोताइएकाहरूको निरीक्षण गर्न अदोरामलाई+ खटाइएको थियो। अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+ २५ सेभा सचिव थिए अनि सादोक+ र अबियातार+ पुजारीहरू थिए। २६ याइरको घरानाका इराचाहिँ दाउदका मुख्य मन्त्री* थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने