प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युब बहुमूल्य कुराहरूलाई बुद्धिसित तुलना गर्छन्‌ (१-२८)

        • खनिज पदार्थ खोज्न मानिसले गरेको प्रयास (१-११)

        • बुद्धि मोतीभन्दा बहुमूल्य छ (१८)

        • यहोवाको भय मान्‍नु साँचो बुद्धि हो (२८)

अय्युब २८:१

मार्जिनल रेफरेन्स

  • +हित १७:३; मला ३:३

अय्युब २८:२

फुटनोट

  • *

    वा “धाउ।”

मार्जिनल रेफरेन्स

  • +व्य ८:७, ९

अय्युब २८:५

फुटनोट

  • *

    यसले खानीमा हुने सम्पूर्ण कामलाई जनाएको हुन सक्छ।

अय्युब २८:१०

मार्जिनल रेफरेन्स

  • +२रा २०:२०; २इ ३२:३०

अय्युब २८:१२

मार्जिनल रेफरेन्स

  • +हित २:६; या १:५
  • +अयु २८:२८

अय्युब २८:१३

मार्जिनल रेफरेन्स

  • +हित ३:१५

अय्युब २८:१४

मार्जिनल रेफरेन्स

  • +रोमी ११:३४

अय्युब २८:१५

मार्जिनल रेफरेन्स

  • +हित ३:१३, १४

अय्युब २८:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै १३:१२

अय्युब २८:१७

मार्जिनल रेफरेन्स

  • +हित १६:१६

अय्युब २८:१८

मार्जिनल रेफरेन्स

  • +हित ८:११; २०:१५

अय्युब २८:१९

फुटनोट

  • *

    वा “इथियोपियाको।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:१५, १७

अय्युब २८:२०

मार्जिनल रेफरेन्स

  • +अयु २८:१२

अय्युब २८:२१

मार्जिनल रेफरेन्स

  • +उप ८:१७; १को २:८, ११

अय्युब २८:२३

मार्जिनल रेफरेन्स

  • +या १:५

अय्युब २८:२४

मार्जिनल रेफरेन्स

  • +हित १५:३; जक ४:१०; १प ३:१२

अय्युब २८:२५

मार्जिनल रेफरेन्स

  • +भज १४८:८; उप १:६
  • +अयु ५:१०; २६:८; ३७:१०; भज १३५:७; हित ३०:४; यसै ४०:१२

अय्युब २८:२६

मार्जिनल रेफरेन्स

  • +जक १०:१
  • +अयु ३८:२५

अय्युब २८:२८

मार्जिनल रेफरेन्स

  • +व्य ४:६; भज १११:१०; हित ९:१०; उप १२:१३; रोमी १:२०
  • +हित ३:७

अरू

अय्यु. २८:१हित १७:३; मला ३:३
अय्यु. २८:२व्य ८:७, ९
अय्यु. २८:१०२रा २०:२०; २इ ३२:३०
अय्यु. २८:१२हित २:६; या १:५
अय्यु. २८:१२अयु २८:२८
अय्यु. २८:१३हित ३:१५
अय्यु. २८:१४रोमी ११:३४
अय्यु. २८:१५हित ३:१३, १४
अय्यु. २८:१६यसै १३:१२
अय्यु. २८:१७हित १६:१६
अय्यु. २८:१८हित ८:११; २०:१५
अय्यु. २८:१९प्रस्थ २८:१५, १७
अय्यु. २८:२०अयु २८:१२
अय्यु. २८:२१उप ८:१७; १को २:८, ११
अय्यु. २८:२३या १:५
अय्यु. २८:२४हित १५:३; जक ४:१०; १प ३:१२
अय्यु. २८:२५भज १४८:८; उप १:६
अय्यु. २८:२५अयु ५:१०; २६:८; ३७:१०; भज १३५:७; हित ३०:४; यसै ४०:१२
अय्यु. २८:२६जक १०:१
अय्यु. २८:२६अयु ३८:२५
अय्यु. २८:२८व्य ४:६; भज १११:१०; हित ९:१०; उप १२:१३; रोमी १:२०
अय्यु. २८:२८हित ३:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २८:१-२८

अय्युब

२८ “चाँदीका खानीहरू हुन्छन्‌

र सुन खार्ने ठाउँहरू हुन्छन्‌।+

 २ जमिनमुनिबाट फलाम* निकालिन्छ

र ढुङ्‌गाबाट तामा पगालिन्छ।+

 ३ खनिज पदार्थको खोजीमा

मानिस खानीको पीँधसम्मै पुग्छ

र अन्धकारलाई छिचोल्दै धुम्म परेका ठाउँहरूमा समेत जान्छ।

 ४ अनकन्टार ठाउँमा गएर मानिसहरू सुरुङ खन्छन्‌।

कोही पनि नजाने ठाउँमा तिनीहरू ओर्लन्छन्‌

र डोरीमा झुन्डिएर काम गर्छन्‌।

 ५ जमिनमाथि अन्‍न फलिरहेको हुन्छ

तर जमिनमुनि भने आगलागी भएको बेलामा झैँ

हलचल मच्चिरहेको हुन्छ।*

 ६ त्यहाँ चट्टानहरूमा नीलम पाइन्छ

र धुलोमा सुनका कणहरू हुन्छन्‌।

 ७ सिकारी चरालाई त्यहाँ जाने बाटो थाह छैन,

कालो चीलले त्यो ठाउँ कहिल्यै देखेको छैन।

 ८ कुनै पनि हिंस्रक जन्तु त्यहाँ पुगेको छैन,

जवान सिंहले त्यहाँ सिकार गरेको छैन।

 ९ मानिसले आफ्नो हातले चट्टान फुटाउँछ

र पहाडलाई फेदैबाट पल्टाइदिन्छ।

१० मानिसले चट्टानलाई चिरेर+ नहर बनाउँछ।

त्यसले हरेक बहुमूल्य कुरा देख्छ।

११ त्यसले पानीको मूललाई थुन्छ

र जमिनमा लुकेको कुरालाई बाहिर निकाल्छ।

१२ तर मानिसले बुद्धि कहाँ फेला पार्न सक्छ?+

अनि समझको खानी कहाँ छ?+

१३ कसैलाई पनि त्यसको मोल थाह छैन।+

जीवितहरूको देशमा त्यो फेला पार्न सकिँदैन।

१४ गहिरो समुद्रले भन्छ, ‘त्यो मसित छैन।’

अनि सागरले भन्छ, ‘त्यो मसँग छैन।’+

१५ निखुर सुनले त्यो किन्‍न सकिँदैन।

त्यसको सट्टा चाँदी जोखेर दिन सकिँदैन।+

१६ ओपिरको सुन दिए पनि त्यो पाइँदैन।+

ओनिक्स* र नीलमजस्ता दुर्लभ रत्नले समेत त्यो किन्‍न सकिँदैन।

१७ सुन र काँच त्यसको बराबरीमा आउन सक्दैन।

निखुर सुनले बनेको भाँडो नै दिए पनि त्यो प्राप्त गर्न सकिँदैन।+

१८ मुगा र मणिभ त्यसको अघि राख्न समेत सुहाउँदैन+

किनकि मोतीले भरिएको थैलीभन्दा बुद्धि धेरै बहुमूल्य हुन्छ।

१९ कुसको* पुष्पराज+ त्यसको दाँजोमा आउन सक्दैन।

शुद्ध सुनले पनि त्यो किन्‍न सकिँदैन।

२० त्यसोभए बुद्धि कहाँबाट आउँछ?

अनि समझको खानी कहाँ छ?+

२१ मानिस र जीवजन्तुको नजरबाट त्यो लुकेको छ+

आकाशका चराचुरुङ्‌गीबाट पनि त्यो छिपेको छ।

२२ विनाश र मृत्यु यसो भन्छन्‌:

‘हामीले त त्यसबारे सुनेका मात्र छौँ।’

२३ तर बुद्धि कहाँ पाइन्छ, परमेश्‍वरलाई थाह छ।

त्यो कहाँ छ, उहाँ मात्रै जान्‍नुहुन्छ।+

२४ किनकि उहाँ पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म देख्न सक्नुहुन्छ

र स्वर्गमुनि भएका सबै कुरामा नजर राख्नुहुन्छ।+

२५ उहाँले बतासलाई शक्‍ति दिनुहुँदा+

र समुद्रको सिमाना तोक्नुहुँदा;+

२६ वर्षाको नियम बनाउनुहुँदा+

अनि मेघ गर्जने बाटो तयार पार्नुहुँदा+

२७ बुद्धि प्रकट गर्नुभयो र त्यसबारे बताउनुभयो।

उहाँले त्यो तयार पार्नुभयो र त्यसलाई जाँच्नुभयो।

२८ अनि उहाँले मानिसलाई यसो भन्‍नुभयो:

‘हेर, यहोवाको भय मान्‍नु नै बुद्धि हो+

र खराब कामबाट अलग रहनु नै समझ हो।’”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने