भजनसङ्ग्रह
दाउदको रचना।
२६ हे यहोवा, मेरो न्याय गर्नुहोस् किनकि म मेरो निष्ठामा हिँडेको छु;+
ढलपल नभई मैले यहोवामा भरोसा राखेको छु।+
२ हे यहोवा, मलाई जाँच्नुहोस्, मलाई पारख गरेर हेर्नुहोस्;
३ किनकि तपाईँको अटल प्रेम सदा मेरो सामुन्ने छ
र म तपाईँको सत्यको मार्गमा हिँडेको छु।+
६ हे यहोवा, निर्दोषतामा म आफ्नो हात धुनेछु,
तपाईँको वेदी म रिङ्गै घुम्नेछु।
७ अनि ठूलो स्वरमा म तपाईँलाई धन्यवाद चढाउनेछु;+
तपाईँका अचम्मका कामहरूको घोषणा गर्नेछु।
९ पापीहरूसँगसँगै मलाई नबढार्नुहोस्;+
हिंस्रक मानिसहरूसँगै मेरो ज्यान नलिनुहोस्,
१० जसको हात लाजमर्दो काममा मुछिएको छ
र जसको दायाँ हात घुसले भरिएको छ।
११ तर म त मेरो निष्ठामा हिँड्नेछु।
मलाई बचाउनुहोस् र मलाई अनुग्रह देखाउनुहोस्।