भजनसङ्ग्रह
निर्देशकलाई; यहोवाको सेवक दाउदको रचना।
३६ दुष्टको हृदयको गहिराइबाट अपराध त्यससित बोल्छ।
त्यसको आँखामा परमेश्वरप्रतिको डर छैन।+
२ किनकि त्यसले आफ्नो नजरमा आफूलाई एकदमै माथि उचाल्छ
अनि न त्यसले आफ्नो गल्ती देख्छ न त त्यसलाई घृणा गर्छ।+
३ त्यसको मुखबाट निस्कने वचन घातक र छली छ;
जे असल छ, त्यो गर्न त्यसले बुद्धि* चलाउँदैन।
४ आफ्नो ओछ्यानमा ढल्कँदा समेत त्यसले षड्यन्त्र रच्छ।
त्यो हिँड्ने बाटो सही छैन;
त्यसले खराब कुरालाई तिरस्कार गर्दैन।
५ हे यहोवा, तपाईँको अटल प्रेम आकाशसम्मै पुग्छ,+
तपाईँको वफादारी बादलसम्मै पुग्छ।
६ हे यहोवा, तपाईँको धार्मिकता विशाल पहाडहरूजस्तै* छ;+
तपाईँका फैसलाहरू अथाह, गहिरो सागरजस्तै छन्।+
मानिस र जनावरको तपाईँ रक्षा गर्नुहुन्छ।+
८ तपाईँको भवनको प्रशस्तताबाट तिनीहरूले धीत नमरुन्जेल पिउनेछन्,+
तपाईँ आफ्नो भलाइको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।+
१० तपाईँलाई चिन्नेहरूलाई अटल प्रेम देखाउन नछोड्नुहोस्+
अनि सोझा मन भएकाहरूलाई तपाईँका असल कामहरू देखाइरहनुहोस्।+
११ मलाई अहङ्कारीहरूको खुट्टाद्वारा कुल्चिइन
र दुष्टहरूको हातद्वारा धपाइन नदिनुहोस्।
१२ हेर, गलत काम गर्नेहरूको पतन भएको छ;
तिनीहरू ढलेका छन् र उठ्न सक्दैनन्।+