भजनसङ्ग्रह
९१ जो सर्वोच्च परमेश्वरको गुप्त ठाउँमा बास गर्छ,+
ऊ सर्वशक्तिमान् परमेश्वरको छत्रछायामुनि बस्नेछ।+
२ म यहोवालाई भन्नेछु: “तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ,+
मेरा परमेश्वर, जसमाथि म भरोसा गर्छु।”+
३ किनकि उहाँले तिमीलाई सिकारीको* पासोबाट छुटाउनुहुनेछ,
घातक रुढीबाट जोगाउनुहुनेछ।
४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*
तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+
उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।
६ घोर अन्धकारमा फैलिने महामारी
अनि मध्यदिनमै बरबादी ल्याउने विनाशदेखि तिमी आत्तिनेछैनौ।
७ तिम्रो एकापट्टि हजार जना ढल्नेछन्
र तिम्रो दायाँ हाततिर दस हजार।
तर कुनै विपत्तिले तिमीलाई भेट्नेछैन।+
८ बरु तिमीले ती आफ्नै आँखाले देख्नेछौ।
दुष्टले सजाय पाएको तिमी आफैले देख्नेछौ।
९ किनकि तिमीले यसो भन्यौ: “यहोवा मेरो शरणस्थान हुनुहुन्छ,”
१० तिमीमाथि कुनै विपत्ति आइपर्नेछैन,+
कुनै पनि रुढी तिम्रो पालको नजिक आउनेछैन।
१३ जवान सिंह र गोमनलाई तिमीले कुल्चनेछौ;
सिंह र बडेमाको सर्पलाई खुट्टाले कुल्चीमिल्ची गर्नेछौ।+