प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • इस्राएलविरुद्ध परमेश्‍वरको हात उठेको छ (१-४)

      • अस्सेरिया—परमेश्‍वरको क्रोधको लौरो (५-११)

      • अस्सेरियालाई सजाय (१२-१९)

      • याकुबका बचेकाहरू फर्कनेछन्‌ (२०-२७)

      • परमेश्‍वरले अस्सेरियाको इन्साफ गर्नुहुनेछ (२८-३४)

यसैया १०:१

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१५; व्य १:१६, १७

यसैया १०:२

फुटनोट

  • *

    वा “बुबा गुमाएका बच्चाहरूलाई।”

मार्जिनल रेफरेन्स

  • +आमो २:७, ८
  • +व्य २७:१९; या १:२७

यसैया १०:३

फुटनोट

  • *

    वा “सजायको।”

मार्जिनल रेफरेन्स

  • +होसे ९:७
  • +व्य २८:४९, ५०
  • +होसे ५:१३

यसैया १०:४

फुटनोट

  • *

    अर्थात्‌, परमेश्‍वरको।

मार्जिनल रेफरेन्स

  • +यसै ५:२५; ९:१२

यसैया १०:५

मार्जिनल रेफरेन्स

  • +उत्प १०:९, ११
  • +२रा १७:३; यसै ८:३, ४; १०:२४

यसैया १०:६

फुटनोट

  • *

    शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा १७:६
  • +व्य २८:४५, ६३; २रा १७:२२, २३

यसैया १०:८

मार्जिनल रेफरेन्स

  • +२रा १८:१९, २४

यसैया १०:९

मार्जिनल रेफरेन्स

  • +आमो ६:२
  • +२इ ३५:२०
  • +२रा १७:२४
  • +२रा १९:११, १३
  • +२रा १७:५; १८:९, १०
  • +२रा १६:८, ९

यसैया १०:१०

मार्जिनल रेफरेन्स

  • +२रा १९:१७, १८

यसैया १०:११

मार्जिनल रेफरेन्स

  • +२रा १८:३३, ३४; २इ ३२:१६, १९

यसैया १०:१२

मार्जिनल रेफरेन्स

  • +२रा १८:१९, २८, ३५

यसैया १०:१३

मार्जिनल रेफरेन्स

  • +२रा १५:२९; १७:६; १८:११; १इ ५:२६
  • +२रा १६:८; १८:१६
  • +२रा १८:१९, २५

यसैया १०:१५

मार्जिनल रेफरेन्स

  • +यसै १०:५

यसैया १०:१६

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२१
  • +यसै ३०:३०, ३१

यसैया १०:१७

फुटनोट

  • *

    अर्थात्‌, अस्सेरियाका।

मार्जिनल रेफरेन्स

  • +भज ८४:११
  • +यसै ९:५; ३०:२७; ३१:८, ९; नहु १:६

यसैया १०:१८

मार्जिनल रेफरेन्स

  • +यसै ३७:३६

यसैया १०:२०

मार्जिनल रेफरेन्स

  • +२इ २८:२०, २१; होसे ५:१३; १४:३

यसैया १०:२१

मार्जिनल रेफरेन्स

  • +यसै ६५:९; होसे १:१०, ११

यसैया १०:२२

मार्जिनल रेफरेन्स

  • +यसै १:९
  • +यसै २८:२२
  • +रोमी ९:२७, २८

यसैया १०:२३

मार्जिनल रेफरेन्स

  • +व्य २८:४५, ६३

यसैया १०:२४

फुटनोट

  • *

    वा “इजिप्टले।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:३, ९
  • +२रा १८:१३; यसै १०:५

यसैया १०:२५

मार्जिनल रेफरेन्स

  • +२रा १९:३५

यसैया १०:२६

मार्जिनल रेफरेन्स

  • +न्या ७:२५; ८:२१; भज ८३:११
  • +२इ ३२:२१; यसै ३०:३२; नहु ३:७
  • +प्रस्थ १४:२१, २७

यसैया १०:२७

फुटनोट

  • *

    यसले इस्राएलका राजाहरूलाई अभिषेक गर्ने तेल अथवा गिदोनका ३०० मानिसले राँको बाल्न चलाएको तेललाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यसै ९:४; नहु १:१३
  • +यसै १४:२५
  • +२रा १९:३५; यसै ३७:३५, ३६

यसैया १०:२८

मार्जिनल रेफरेन्स

  • +यहो ७:२
  • +१स १३:२; १४:३१

यसैया १०:२९

फुटनोट

  • *

    पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १७; २इ १६:६
  • +न्या २०:१३
  • +होसे ५:८

यसैया १०:३०

मार्जिनल रेफरेन्स

  • +यहो २१:८, १८; यर्मि १:१

यसैया १०:३२

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +१स २२:१८, १९

यसैया १०:३३

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२१; यसै ३७:३६

अरू

यसै. १०:१लेवी १९:१५; व्य १:१६, १७
यसै. १०:२आमो २:७, ८
यसै. १०:२व्य २७:१९; या १:२७
यसै. १०:३होसे ९:७
यसै. १०:३व्य २८:४९, ५०
यसै. १०:३होसे ५:१३
यसै. १०:४यसै ५:२५; ९:१२
यसै. १०:५उत्प १०:९, ११
यसै. १०:५२रा १७:३; यसै ८:३, ४; १०:२४
यसै. १०:६२रा १७:६
यसै. १०:६व्य २८:४५, ६३; २रा १७:२२, २३
यसै. १०:८२रा १८:१९, २४
यसै. १०:९आमो ६:२
यसै. १०:९२इ ३५:२०
यसै. १०:९२रा १७:२४
यसै. १०:९२रा १९:११, १३
यसै. १०:९२रा १७:५; १८:९, १०
यसै. १०:९२रा १६:८, ९
यसै. १०:१०२रा १९:१७, १८
यसै. १०:११२रा १८:३३, ३४; २इ ३२:१६, १९
यसै. १०:१२२रा १८:१९, २८, ३५
यसै. १०:१३२रा १५:२९; १७:६; १८:११; १इ ५:२६
यसै. १०:१३२रा १६:८; १८:१६
यसै. १०:१३२रा १८:१९, २५
यसै. १०:१५यसै १०:५
यसै. १०:१६२इ ३२:२१
यसै. १०:१६यसै ३०:३०, ३१
यसै. १०:१७भज ८४:११
यसै. १०:१७यसै ९:५; ३०:२७; ३१:८, ९; नहु १:६
यसै. १०:१८यसै ३७:३६
यसै. १०:२०२इ २८:२०, २१; होसे ५:१३; १४:३
यसै. १०:२१यसै ६५:९; होसे १:१०, ११
यसै. १०:२२यसै १:९
यसै. १०:२२यसै २८:२२
यसै. १०:२२रोमी ९:२७, २८
यसै. १०:२३व्य २८:४५, ६३
यसै. १०:२४प्रस्थ १४:३, ९
यसै. १०:२४२रा १८:१३; यसै १०:५
यसै. १०:२५२रा १९:३५
यसै. १०:२६न्या ७:२५; ८:२१; भज ८३:११
यसै. १०:२६२इ ३२:२१; यसै ३०:३२; नहु ३:७
यसै. १०:२६प्रस्थ १४:२१, २७
यसै. १०:२७यसै ९:४; नहु १:१३
यसै. १०:२७यसै १४:२५
यसै. १०:२७२रा १९:३५; यसै ३७:३५, ३६
यसै. १०:२८यहो ७:२
यसै. १०:२८१स १३:२; १४:३१
यसै. १०:२९यहो २१:८, १७; २इ १६:६
यसै. १०:२९न्या २०:१३
यसै. १०:२९होसे ५:८
यसै. १०:३०यहो २१:८, १८; यर्मि १:१
यसै. १०:३२१स २२:१८, १९
यसै. १०:३३२इ ३२:२१; यसै ३७:३६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया १०:१-३४

यसैया

१० धिक्कार छ तिनीहरूलाई, जो अरूको हानि हुने नियमहरू बनाउँछन्‌;+

जो सधैँ मानिसहरूलाई दमन गर्न उर्दी जारी गर्छन्‌।

 २ तिनीहरूले गर्दा गरिबहरूको मुद्दाको सुनुवाइ हुँदैन;

थिचोमिचोमा परेका मेरा मानिसहरूले न्याय पाउँदैनन्‌।+

तिनीहरू विधवाहरूलाई लुट्‌छन्‌

र अनाथहरूलाई* लुटको माल सम्झन्छन्‌।+

 ३ तिमीहरूको लेखा लिने* दिन आउँदा तिमीहरू के गर्छौ?+

जब टाढाबाट तिमीहरूको विनाश आउँछ,+

तब तिमीहरू कसलाई गुहार्छौ?+

आफ्नो सरसम्पत्ति कहाँ छोड्‌छौ?

 ४ कैदीहरूसँगसँगै कोचिएर बस्नु

वा मारिएकाहरूसित लम्पसार पर्नुबाहेक

तिमीहरूसामु अरू विकल्प रहनेछैन।

तैपनि उहाँको* रिस अझै मरेको छैन।

तिमीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+

 ५ “अस्सेरियालाई हेर!+

ऊ मेरो क्रोधको लौरो हो।+

उसको हातमा भएको लाठी चलाएर म सजाय दिनेछु।

 ६ म उसलाई धर्मत्यागी* राष्ट्रविरुद्ध पठाउनेछु;+

मलाई रिस उठाउने मानिसहरूविरुद्ध पठाउनेछु।

तिनीहरूको सबथोक लुटेर लैजान

र तिनीहरूलाई बाटोको हिलोसरि कुल्चन उसलाई आदेश दिनेछु।+

 ७ तर उसको चाहना भने अर्कै हुनेछ।

उसको मनले अर्कै योजना बनाउनेछ

किनकि ऊ सबैको नामोनिसान मेटाउन चाहन्छ।

थोरैलाई नभई धेरै राष्ट्रलाई नाश गर्ने उसको इच्छा छ।

 ८ किनकि ऊ यसो भन्छ,

‘मेरा सबै भारदार राजा नै थिएनन्‌ र?+

 ९ के काल्नो+ कार्कमिसजस्तै+ छैन?

के हमाथ+ अर्पादजस्तै+ होइन?

अनि के सामरिया+ दमिसकजस्तै+ छैन?

१० मैले आफ्नो हातले व्यर्थका देवताहरूका राज्यहरू खोसेको छु,

जहाँ यरुसलेम र सामरियामा+ भन्दा धेरै मूर्ति थिए।

११ मैले सामरिया र त्यसका व्यर्थका देवताहरूलाई जे गरेँ,

यरुसलेम र त्यसका मूर्तिहरूलाई पनि त्यसै गर्न सक्दिनँ र?’+

१२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्‌कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+ १३ किनकि ऊ यसो भन्छ,

‘म आफ्नै हातको बलले

र आफ्नै बुद्धिले यी सब गर्नेछु किनकि म बुद्धिमान्‌ छु।

म जातिजातिको सिमाना भत्काइदिनेछु,+

तिनीहरूको सरसम्पत्ति लुट्‌नेछु+

र वीर योद्धाले झैँ तिनीहरूमाथि कब्जा जमाउनेछु।+

१४ जसरी कुनै मानिसले अण्डा झिक्न गुँडतिर हात लम्काउँछ,

त्यसरी नै म आफ्नो हातले जातिजातिका मानिसहरूको धनसम्पत्ति लुट्‌नेछु।

गुँडमा छोडिएका बेवारिसे अण्डा बटुल्ने मानिसले झैँ

म पृथ्वीका पूरै मानिसलाई बटुल्नेछु!

कसैले आफ्नो पखेटा फटफटाउनेछैन, चुच्चो उगार्नेछैन, चिरबिर गर्ने हिम्मत गर्नेछैन।’”

१५ के बन्चरोले बन्चरो चलाउने मान्छेसित कहिल्यै फुर्ती लगाउँछ?

के करौँतीले करौँती चलाउने मान्छेसित घमन्ड गर्छ?

लौरो समात्ने मान्छेलाई लौरो+ आफैले उचालेर यताउति हल्लाउन सक्छ?

छडी बोक्ने मान्छेलाई छडी आफैले उचाल्न सक्छ?

१६ त्यसैले साँचो परमेश्‍वर, सेनाहरूका यहोवाले

उसका मोटाघाटा मानिसहरूलाई ख्याउटे पारिदिनुहुनेछ+

र उसको वैभवलाई आगोले सखाप बनाइदिनुहुनेछ।+

१७ ‘इस्राएलका ज्योति’+ आगो बन्‍नुहुनेछ,+

इस्राएलका पवित्र परमेश्‍वर आगोको ज्वाला बन्‍नुहुनेछ

र एकै दिनमा उसका* झार र काँडेदार झाडीहरू जलेर नष्ट हुनेछन्‌।

१८ परमेश्‍वरले उसका जङ्‌गल र फलफूल बगानहरूको गौरव माटोमा मिलाइदिनुहुनेछ,

त्यसको हालत सुक्दै गएको बिरामीको शरीरजस्तै हुनेछ।+

१९ उसको जङ्‌गलमा यत्ति थोरै रूख बाँकी रहनेछन्‌

कि एउटा सानो केटोले पनि त्यो गन्‍न सक्नेछ।

२० त्यस उपरान्त इस्राएलका बाँकी रहेकाहरू

र याकुबको घरानाका बचेका मानिसहरू

तिनीहरूमाथि भर पर्नेछैनन्‌, जसले उनीहरूलाई प्रहार गरे।+

बरु तिनीहरू इस्राएलका पवित्र परमेश्‍वर यहोवामाथि भर पर्नेछन्‌

र उहाँप्रति वफादार हुनेछन्‌।

२१ बाँकी रहेका थोरै मानिस मात्र,

याकुबका बाँकी रहेकाहरू मात्र पराक्रमी परमेश्‍वरकहाँ फर्कनेछन्‌।+

२२ किनकि ए इस्राएल!

तिम्रा मानिसहरू समुद्रका बालुवाजत्तिकै भए पनि

तिनीहरूमध्ये एकदमै थोरै मात्र फर्कनेछन्‌।+

तिम्रा मानिसहरूको कुनै नामोनिसान बाँकी नराख्ने निश्‍चित भइसकेको छ,+

सजायको बाढीले तिनीहरूलाई छोप्नेछ।+

२३ हो, ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाले

जुन सर्वनाश ल्याउने निधो गर्नुभएको छ, त्यो सारा देशमाथि आइपर्नेछ।+

२४ त्यसैले ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ। २५ किनकि अबको थोरै बेरमा तिमीहरूले भोगिरहेको सजाय पूरा हुनेछ। त्यसपछि म अस्सेरियामाथि आफ्नो रिस खन्याउनेछु र त्यसको विनाश गर्नेछु।+ २६ ओरेब चट्टानमा+ मिद्यानलाई पराजित गरेको बेलामा जस्तै सेनाहरूका यहोवाले त्यसलाई कोर्रा लगाउनुहुनेछ।+ अनि उहाँले आफ्नो लौरो समुद्रतिर पसार्नुहुनेछ, जसरी उहाँले मिश्रविरुद्ध आफ्नो लौरो उठाउनुभएको थियो।+

२७ त्यो दिन त्यसको भारी तिम्रो काँधबाट+

र त्यसको जुवा तिम्रो गर्दनबाट हटाइनेछ।+

अनि तेलले* गर्दा त्यो जुवा भाँचिनेछ।”+

२८ अस्सेरियालीहरू ऐयाथमा+ आएका छन्‌।

तिनीहरू मिग्रोन भएर आएका छन्‌।

मिक्मासमा+ तिनीहरूले आफ्नो सरसामान छोडेका छन्‌।

२९ तिनीहरूले जँघार* तरेका छन्‌

र गेबामा+ रात काटेका छन्‌।

रामा थरथर काँपिरहेको छ, साउलको सहर गिबाह+ भागेर गएको छ।+

३० ए गाल्लिमकी छोरी, चिच्याऊ! डाँको छोडेर रोऊ!

ए लाइसाह, ध्यान देऊ!

ए अनातोत,+ धुरुधुरु रोऊ!

३१ मदमेनाह भागेको छ।

गेबिमका बासिन्दाहरूले लुक्ने ठाउँ खोजेका छन्‌।

३२ आजकै दिन त्यो नोबमा+ रोकिनेछ।

त्यसले सियोनकी छोरीको* डाँडालाई,

यरुसलेमको डाँडालाई मुड्‌की ताकेर धम्काउनेछ।

३३ हेर! साँचो परमेश्‍वर, सेनाहरूका यहोवाले

डरलाग्दो आवाज निस्कनेगरि रूखका हाँगाबिँगा काट्‌नुहुनेछ।+

अग्ला-अग्ला रूखहरू काटिनेछन्‌

र उच्च पारिएकाहरू होच्याइनेछन्‌।

३४ उहाँले जङ्‌गलको बाक्लो झाडीलाई बन्चरोले काट्‌नुहुनेछ।

एक जना पराक्रमी व्यक्‍तिले लबानोनलाई ढाल्नेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने