प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ कोरिन्थी ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ कोरिन्थी विषयवस्तु

      • यहुदियाका ख्रिष्टियनहरूको निम्ति चन्दा सङ्‌कलन (१-१५)

      • तितसलाई कोरिन्थमा पठाइने (१६-२४)

२ कोरिन्थी ८:१

मार्जिनल रेफरेन्स

  • +रोमी १५:२६

२ कोरिन्थी ८:३

मार्जिनल रेफरेन्स

  • +प्रे ११:२९; २को ९:७
  • +मर्कु १२:४३, ४४

२ कोरिन्थी ८:४

मार्जिनल रेफरेन्स

  • +रोमी १५:२५, २६; १को १६:१; २को ९:१, २

२ कोरिन्थी ८:६

मार्जिनल रेफरेन्स

  • +२को १२:१८

२ कोरिन्थी ८:७

मार्जिनल रेफरेन्स

  • +१ति ६:१८

२ कोरिन्थी ८:९

मार्जिनल रेफरेन्स

  • +मत्ति ८:२०; फिलि २:७

२ कोरिन्थी ८:१०

मार्जिनल रेफरेन्स

  • +१को ७:२५

२ कोरिन्थी ८:१२

मार्जिनल रेफरेन्स

  • +व्य १६:१०, १७; हित ३:२७, २८

२ कोरिन्थी ८:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१८

२ कोरिन्थी ८:१६

मार्जिनल रेफरेन्स

  • +२को १२:१८

२ कोरिन्थी ८:२०

मार्जिनल रेफरेन्स

  • +१को १६:१

२ कोरिन्थी ८:२१

फुटनोट

  • *

    अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हित ३:४; १प २:१२

२ कोरिन्थी ८:२३

फुटनोट

  • *

    शा., “साझेदार।”

२ कोरिन्थी ८:२४

मार्जिनल रेफरेन्स

  • +१प १:२२; २:१७

अरू

२ कोरि. ८:१रोमी १५:२६
२ कोरि. ८:३प्रे ११:२९; २को ९:७
२ कोरि. ८:३मर्कु १२:४३, ४४
२ कोरि. ८:४रोमी १५:२५, २६; १को १६:१; २को ९:१, २
२ कोरि. ८:६२को १२:१८
२ कोरि. ८:७१ति ६:१८
२ कोरि. ८:९मत्ति ८:२०; फिलि २:७
२ कोरि. ८:१०१को ७:२५
२ कोरि. ८:१२व्य १६:१०, १७; हित ३:२७, २८
२ कोरि. ८:१५प्रस्थ १६:१८
२ कोरि. ८:१६२को १२:१८
२ कोरि. ८:२०१को १६:१
२ कोरि. ८:२१हित ३:४; १प २:१२
२ कोरि. ८:२४१प १:२२; २:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ कोरिन्थी ८:१-२४

दोस्रो कोरिन्थी

८ अब हे भाइ हो, म्यासिडोनियाका+ मण्डलीहरूलाई परमेश्‍वरले देखाउनुभएको असीम अनुग्रहबारे तिमीहरूले थाह पाओ भन्‍ने हामी चाहन्छौँ। २ ठूलो परीक्षाले गर्दा तिनीहरूले दुःखकष्ट झेलिरहेका थिए तर आफू कङ्‌गाल हुँदाहुँदै पनि तिनीहरूले खुसीसाथ दिएर आफ्नो उदारता देखाए। ३ तिनीहरूले आफ्नो औकातअनुसार,+ हो, आफ्नो औकातभन्दा पनि धेरै गरे।+ म यसको साक्षी छु। ४ पवित्र जनहरूलाई दान दिएर उनीहरूको निम्ति गरिने राहत सेवामा भाग+ लिने सुअवसर पाऔँ भनी तिनीहरूले आफै अघि सरेर हामीलाई बिन्ती गरिरहे। ५ अनि तिनीहरूले हामीले आशा गरेभन्दा धेरै गरे। पहिला तिनीहरूले आफूलाई प्रभुमा अर्पण गरे अनि परमेश्‍वरको इच्छाअनुसार आफूलाई हाम्रो निम्ति सुम्पिए। ६ तितसले+ तिमीहरूबीच चन्दा उठाउने काम सुरु गरिसकेको हुनाले यो काम तिनले नै सिद्‌ध्याऊन्‌ भनेर हामीले तिनलाई प्रोत्साहन दियौँ। ७ तैपनि जसरी तिमीहरू सबै कुरामा अर्थात्‌ विश्‍वासमा, वचनमा, ज्ञानमा, सबै उत्कटतामा र हामीले तिमीहरूलाई देखाएको जस्तै प्रेम देखाउनमा प्रशस्त भएका छौ, त्यसरी नै चन्दा दिने यो काममा पनि प्रशस्त हुँदै जाओ।+

८ तिमीहरूलाई हुकुम दिन मैले यो कुरा भनेको होइनँ तर अरूको तत्परताबारे तिमीहरूलाई थाह दिन अनि तिमीहरूको प्रेम निष्कपट हो कि होइन भनी जाँच्न मैले यो कुरा भनेको हुँ। ९ किनकि तिमीहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह थाह छ, उहाँको गरिबीद्वारा तिमीहरू धनी बन्‍न सक भनेर उहाँ धनी हुनुभए तापनि तिमीहरूको खातिर गरिब बन्‍नुभयो।+

१० अनि यस विषयमा म मेरो राय दिन्छु:+ यो काम पूरा गर्नु तिमीहरूको लागि फाइदाजनक हुन्छ किनकि एक वर्षअघि नै तिमीहरूले यो काम सुरु गरेका थियौ अनि त्यति मात्र नभई तिमीहरूले यो काम गर्ने इच्छा पनि देखाएका थियौ। ११ त्यसैले तिमीहरूले जुन तत्परतासाथ यो काम सुरु गरेका थियौ, त्यही तत्परतासाथ पूरा पनि गर। तिमीहरूसित जे छ, त्यही दिएर यो काम पूरा गर। १२ किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ,+ नभएको कुरा होइन। १३ किनकि अरूलाई सजिलो तर तिमीहरूलाई गाह्रो भएको म चाहन्‍नँ। १४ तर समानताको हिसाबले अहिले तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्‌ र तिनीहरूको प्रशस्तताबाट पनि तिमीहरूको खाँचो टरोस्‌ अनि यसरी सबैमा समानता होस्‌। १५ जस्तो लेखिएको छ: “जोसँग धेरै थियो, उसलाई अति नै धेरै भएन अनि जोसँग थोरै थियो, उसलाई अति नै थोरै भएन।”+

१६ अब परमेश्‍वरलाई धन्यवाद किनकि उहाँले तितसको+ हृदयमा तिमीहरूप्रति त्यही उत्कट चासो राखिदिनुभयो, जुन हाम्रो हृदयमा पनि छ। १७ किनकि हाम्रो अनुरोध स्विकारेर मात्र त होइन बरु तिनी आफै उत्सुक भएर तिमीहरूकहाँ आउन अग्रसर भएका छन्‌। १८ हामी तिनीसित ती भाइलाई पनि पठाउँदै छौँ, जसले सुसमाचार सुनाउने काममा जे-जति गरेका छन्‌, त्यसबारे सबै मण्डलीमा तारिफ भइरहेको छ। १९ यति मात्र होइन, मण्डलीहरूले यी भाइलाई हामीसित यात्रा गर्न नियुक्‍त पनि गरेका छन्‌ ताकि उदारचित्तले दिइएको यो दान बाँड्‌ने काममा तिनले हामीलाई साथ देऊन्‌। प्रभुको गौरवको लागि र हामी अरूलाई मदत गर्न कति तत्पर छौँ भन्‍ने कुराको प्रमाण दिनको लागि हामी यो दान बाँड्‌नेछौँ। २० उदारचित्तले दिइएको यो दान हामीले बाँड्‌दा+ कुनै मानिसले हामीमा केही दोष भेट्टाउन नसकोस्‌ भन्‍ने हामी चाहन्छौँ। २१ किनकि हामी ‘यहोवा* परमेश्‍वरको नजरमा मात्र होइन तर मानिसहरूको नजरमा पनि सबै कुरा इमानदारीसाथ गर्छौँ।’+

२२ यसबाहेक तिनीहरूसित हामी ती भाइलाई पनि पठाउँदै छौँ, जसलाई हामीले धेरै पटक जाँचेका छौँ र थुप्रै कुरामा मेहनती पाएका छौँ। तिनी तिमीहरूलाई निकै भरोसा गर्छन्‌, त्यसैले तिनले अझै मेहनत गर्नेछन्‌। २३ तर तितसबारे कुनै प्रश्‍न छ भने तिमीहरूले यो कुरा थाह पाओ कि तिनी तिमीहरूको भलाइको लागि काम गर्ने मेरा साथी* र सहकर्मी हुन्‌। अनि भाइहरूको विषयमा कुनै प्रश्‍न छ भने म भन्छु, तिनीहरू मण्डलीहरूका प्रेषितहरू र ख्रिष्टका गौरव हुन्‌। २४ त्यसैले तिनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ+ अनि हामीले किन तिमीहरूबारे गर्व गरेका हौँ भनेर मण्डलीहरूसामु देखाओ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने