प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • युद्धसम्बन्धी नियम (१-२०)

        • सैन्य सेवाबाट छुट पाउनेहरू (५-९)

व्यवस्था २०:१

मार्जिनल रेफरेन्स

  • +व्य ३:२२; ३१:६; भज २०:७; हित २१:३१

व्यवस्था २०:२

मार्जिनल रेफरेन्स

  • +गन ३१:६

व्यवस्था २०:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१४; यहो २३:१०

व्यवस्था २०:७

मार्जिनल रेफरेन्स

  • +व्य २४:५

व्यवस्था २०:८

मार्जिनल रेफरेन्स

  • +न्या ७:३
  • +गन १३:३३; १४:१-३; ३२:९; व्य १:२८

व्यवस्था २०:१०

मार्जिनल रेफरेन्स

  • +यहो ११:१९

व्यवस्था २०:११

मार्जिनल रेफरेन्स

  • +लेवी २५:४४, ४६; यहो ९:२२, २७

व्यवस्था २०:१४

मार्जिनल रेफरेन्स

  • +२इ १४:१३
  • +यहो २२:८

व्यवस्था २०:१६

मार्जिनल रेफरेन्स

  • +यहो ६:१७; १०:२८; ११:११

व्यवस्था २०:१७

मार्जिनल रेफरेन्स

  • +व्य ७:१

व्यवस्था २०:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१५; व्य ७:४; यहो २३:१२, १३; यसै २:६; १को ५:६; १५:३३

व्यवस्था २०:१९

मार्जिनल रेफरेन्स

  • +नहे ९:२५

अरू

व्यव. २०:१व्य ३:२२; ३१:६; भज २०:७; हित २१:३१
व्यव. २०:२गन ३१:६
व्यव. २०:४प्रस्थ १४:१४; यहो २३:१०
व्यव. २०:७व्य २४:५
व्यव. २०:८न्या ७:३
व्यव. २०:८गन १३:३३; १४:१-३; ३२:९; व्य १:२८
व्यव. २०:१०यहो ११:१९
व्यव. २०:११लेवी २५:४४, ४६; यहो ९:२२, २७
व्यव. २०:१४२इ १४:१३
व्यव. २०:१४यहो २२:८
व्यव. २०:१६यहो ६:१७; १०:२८; ११:११
व्यव. २०:१७व्य ७:१
व्यव. २०:१८प्रस्थ ३४:१५; व्य ७:४; यहो २३:१२, १३; यसै २:६; १को ५:६; १५:३३
व्यव. २०:१९नहे ९:२५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २०:१-२०

व्यवस्था

२० “युद्ध गर्न जाँदा तिमीहरूका शत्रुहरूसँग तिमीहरूको भन्दा धेरै घोडा, रथ र सेना देख्यौ भने तिनीहरूसित नडराओ। किनभने मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूको साथमा हुनुहुन्छ।+ २ तिमीहरू युद्धमा जानुअघि पुजारी आएर सबैको सामने बोलून्‌।+ ३ तिनले यसो भनून्‌: ‘हे इस्राएली हो, सुन! तिमीहरू शत्रुहरूसँग युद्ध गर्न जाँदै छौ। साहसी होओ। शत्रुहरूदेखि नडराओ, त्रसित नहोओ र डरले थरथर नकाँप। ४ किनभने तिमीहरूको तर्फबाट शत्रुहरूसित लडाइँ गर्न र तिमीहरूलाई बचाउन यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूसँगसँगै जानुहुनेछ।’+

५ “सेनाका अफिसरहरूले पनि लडाइँमा जान लागेका मानिसहरूलाई यसो भनून्‌, ‘तिमीहरूमध्ये कोही छ, जसले नयाँ घर बनाएको छ तर त्यहाँ बस्न थालिसकेको छैन? त्यसो हो भने ऊ घर फर्कोस्‌। नत्र त लडाइँमा ऊ मारिएला र उसको घरमा अरू नै आएर बस्ला। ६ अनि तिमीहरूमध्ये कोही छ, जसले अङ्‌गुर बगान लगाएको छ तर त्यसको फल टिप्न पाएको छैन? त्यसो हो भने ऊ घर फर्कोस्‌। नत्र त लडाइँमा ऊ मारिएला र उसको अङ्‌गुर अरूले नै टिप्ला। ७ तिमीहरूमध्ये कोही छ, जसले भर्खरै मगनी गरेको छ तर विवाह गरिसकेको छैन? त्यसो हो भने ऊ घर फर्कोस्‌।+ नत्र त लडाइँमा ऊ मारिएला र त्यस केटीलाई अर्कैले विवाह गर्ला।’ ८ सेनाका अफिसरहरूले मानिसहरूलाई यस्तो पनि सोधून्‌, ‘यहाँ कोही डरपोक र काँतर छ?+ छ भने ऊ घर फर्कोस्‌। नत्र त उसले गर्दा अरूको पनि मनोबल घट्‌नेछ।’+ ९ सेनाका अफिसरहरूले यी कुराहरू भनिसकेपछि मानिसहरूको अघिअघि जान तिनीहरूले कप्तानहरू नियुक्‍त गरून्‌।

१० “लडाइँ गर्न गएको सहरको नजिकै पुग्दा सुरुमा त्यहाँका मानिसहरूसामु तिमीहरूले शान्ति-सम्झौताको प्रस्ताव राख्नू।+ ११ यदि त्यहाँका मानिसहरूले तिमीहरूको प्रस्ताव स्वीकार गरे र तिमीहरूको लागि सहरको ढोका खोलिदिए भने त्यहाँका सबै मानिस तिमीहरूका दासदासी हुनेछन्‌ र उनीहरूले तिमीहरूको सेवा गर्नेछन्‌।+ १२ तर उनीहरूले तिमीहरूसँग शान्ति-सम्झौता गर्न मानेनन्‌ र लडाइँ गर्न अघि सरे भने त्यस सहरलाई घेरा हाल्नू। १३ अनि यहोवा तिमीहरूका परमेश्‍वरले निश्‍चय पनि त्यो सहर तिमीहरूको हातमा सुम्पिदिनुहुनेछ। त्यसपछि तिमीहरूले त्यहाँ भएका सबै पुरुषलाई तरबारले मार्नू। १४ तर स्त्री, बालबच्चा, वस्तुभाउ र सहरमा भएका सबै थोक तिमीहरूको हुनेछ। शत्रुहरूको धनमाल खोसेर तिमीहरूले त्यसमा रजाइँ गर्न सक्छौ।+ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले नै यी सबै तिमीहरूलाई दिनुभएको हो।+

१५ “तिमीहरूको वरपरका जातिहरूको सहरलाई होइन तर एकदमै टाढाका सहरहरूलाई त्यसो गर्नू। १६ तर यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने नजिकैका सहरहरूका एक जनालाई पनि बाँकी नराख्नू, सबैलाई मार्नू।+ १७ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू। १८ नत्र त आफ्ना देवीदेवताको पूजा गर्न तिनीहरूले गर्ने घिनलाग्दा रीतिथितिहरू तिमीहरूलाई सिकाउनेछन्‌ र यहोवा तिमीहरूका परमेश्‍वरविरुद्ध पाप गर्न लगाउनेछन्‌।+

१९ “यदि तिमीहरूले कुनै सहरलाई कब्जा गर्न घेरा हाल्यौ र धेरै दिनसम्म लड्यौ भने त्यहाँका रूखहरूमा बन्चरो नलगाउनू। तिमीहरूले त्यसका फल खान सक्छौ तर रूखहरूचाहिँ नढाल्नू।+ के मैदानका रूखहरू मानिस हुन्‌ र, जसलाई तिमीहरू घेरेर नाश गर्छौ? २० तर यदि ती रूखहरूका फल खान योग्य रहेनछन्‌ भनेर थाह पायौ भने तिमीहरूले त्यसलाई ढाल्न सक्छौ र तिमीहरूसित युद्ध गर्ने शत्रुहरूको सहर परास्त नभएसम्म त्यसलाई घेराबन्दी गर्न प्रयोग गर्न सक्छौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने