प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • छिमेकीको जनावरलाई बेवास्ता गर्न नहुने (१-४)

      • स्त्रीले पुरुषको वा पुरुषले स्त्रीको लुगा लगाउन नहुने (५)

      • जीवजन्तुलाई दया गर्नुपर्ने (६, ७)

      • छतमा बार लगाउनुपर्ने (८)

      • मिसाउन नहुने कुराहरू (९-११)

      • लुगामा फुर्का (१२)

      • नाजायज यौनसम्बन्धबारे नियम (१३-३०)

व्यवस्था २२:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:४

व्यवस्था २२:२

मार्जिनल रेफरेन्स

  • +मत्ति ७:१२

व्यवस्था २२:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:५; लेवी १९:१८; लुका १०:२७; गला ६:१०

व्यवस्था २२:६

मार्जिनल रेफरेन्स

  • +लेवी २२:२८; भज १४५:९; हित १२:१०; मत्ति १०:२९

व्यवस्था २२:८

मार्जिनल रेफरेन्स

  • +२स ११:२; प्रे १०:९

व्यवस्था २२:९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१९

व्यवस्था २२:१०

मार्जिनल रेफरेन्स

  • +हित १२:१०

व्यवस्था २२:११

फुटनोट

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +लेवी १९:१९

व्यवस्था २२:१२

मार्जिनल रेफरेन्स

  • +गन १५:३८; मत्ति २३:२, ५

व्यवस्था २२:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १८:२१; व्य १:१३; १६:१८
  • +व्य २५:२; हित १०:१३; १९:२९

व्यवस्था २२:१९

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मला २:१६

व्यवस्था २२:२१

फुटनोट

  • *

    वा “वेश्‍यावृत्ति गरेर।” शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २१:९
  • +हिब्रू १३:४
  • +लेवी ११:४५; १को ५:१३

व्यवस्था २२:२२

मार्जिनल रेफरेन्स

  • +उत्प २०:३; प्रस्थ २०:१४; लेवी २०:१०; १को ६:९, १०, १८

व्यवस्था २२:२४

मार्जिनल रेफरेन्स

  • +लेवी २०:१०; व्य ५:१८; १थि ४:३, ६; हिब्रू १३:४

व्यवस्था २२:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ४:८; गन ३५:२०, २१; या २:११

व्यवस्था २२:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:२, ५

व्यवस्था २२:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ३४:११, १२; प्रस्थ २२:१६

व्यवस्था २२:३०

मार्जिनल रेफरेन्स

  • +लेवी १८:८; २०:११; व्य २७:२०; १को ५:१

अरू

व्यव. २२:१प्रस्थ २३:४
व्यव. २२:२मत्ति ७:१२
व्यव. २२:४प्रस्थ २३:५; लेवी १९:१८; लुका १०:२७; गला ६:१०
व्यव. २२:६लेवी २२:२८; भज १४५:९; हित १२:१०; मत्ति १०:२९
व्यव. २२:८२स ११:२; प्रे १०:९
व्यव. २२:९लेवी १९:१९
व्यव. २२:१०हित १२:१०
व्यव. २२:११लेवी १९:१९
व्यव. २२:१२गन १५:३८; मत्ति २३:२, ५
व्यव. २२:१८प्रस्थ १८:२१; व्य १:१३; १६:१८
व्यव. २२:१८व्य २५:२; हित १०:१३; १९:२९
व्यव. २२:१९मला २:१६
व्यव. २२:२१लेवी २१:९
व्यव. २२:२१हिब्रू १३:४
व्यव. २२:२१लेवी ११:४५; १को ५:१३
व्यव. २२:२२उत्प २०:३; प्रस्थ २०:१४; लेवी २०:१०; १को ६:९, १०, १८
व्यव. २२:२४लेवी २०:१०; व्य ५:१८; १थि ४:३, ६; हिब्रू १३:४
व्यव. २२:२६उत्प ४:८; गन ३५:२०, २१; या २:११
व्यव. २२:२८उत्प ३४:२, ५
व्यव. २२:२९उत्प ३४:११, १२; प्रस्थ २२:१६
व्यव. २२:३०लेवी १८:८; २०:११; व्य २७:२०; १को ५:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २२:१-३०

व्यवस्था

२२ “तिमीहरूका इस्राएली दाजुभाइमध्ये कसैको गोरु वा भेडाले बाटो बिराएको देख्यौ भने त्यसलाई जानाजानी बेवास्ता नगर।+ त्यसलाई त्यसको मालिककहाँ पुऱ्‍याइदेओ। २ तर त्यसको मालिक धेरै टाढा बस्छ वा तिमीले उसलाई चिनेका छैनौ भने उसले खोज्न नआउन्जेल त्यसलाई आफ्नो घरमा राख्नू र ऊ आएपछि फर्काइदिनू।+ ३ कसैको गधा, लुगा वा अरू कुनै कुरा हरायो र तिमीहरूले त्यो भेट्टायौ भने पनि यसै गर्नू। तिमीहरूले त्यसलाई जानाजानी बेवास्ता नगर्नू।

४ “तिमीहरूले कसैको गधा वा गोरु बाटोमा लडेको देख्यौ भने त्यसलाई जानाजानी बेवास्ता नगर बरु गएर त्यसको मालिकलाई उसको जनावर उठाउन मदत गर।+

५ “स्त्रीले पुरुषको लुगा नलगाओस्‌ र पुरुषले पनि स्त्रीको लुगा नलगाओस्‌। यसो गर्ने मानिसलाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।

६ “तिमीहरूले बाटोमा हिँड्‌दै गर्दा भुईँमा वा रूखमा गुँड देख्यौ अनि त्यसमा माउ र त्यसका बचेरा वा अण्डाहरू पनि रहेछन्‌ भने बचेरासँगै माउलाई चाहिँ नलैजाओ।+ ७ तिमीहरूले बचेराहरू लान सक्छौ तर माउलाई चाहिँ छोडिदिनू। यसो गऱ्‍यौ भने तिमीहरूको भलो हुनेछ र तिमीहरू दीर्घायु हुनेछौ।

८ “तिमीहरूले नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाउनू+ र त्यहाँबाट कोही लड्‌यो भने पनि उसको मृत्युको दोष तिमीहरूको घरानालाई लाग्नेछैन।

९ “तिमीहरूले आफ्नो अङ्‌गुर बगानमा अङ्‌गुरको बिउसँगै अरू कुनै बिउ नलगाउनू।+ नत्र त तिमीहरूको बगानमा फल्ने अङ्‌गुर र अर्को बिउको उब्जनी सबै पवित्र स्थानको* भाग हुनेछ।

१० “तिमीहरूले गोरु र गधालाई एउटै जुवामा नारेर नजोत्नू।+

११ “तिमीहरूले ऊन र मलमल* मिसाएर बुनेको लुगा नलगाउनू।+

१२ “तिमीहरूले आफ्नो लुगाको चारै कुनामा फुर्का बनाउनू।+

१३ “यदि कुनै पुरुषले विवाह गरेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ तर पछि उसलाई घृणा गर्न थाल्छ १४ अनि ‘मैले यस आइमाईसित बिहे गरेँ तर यससित सम्बन्ध राख्दा यो बिटुलिएकी रहिछे भनेर थाह पाएँ’ भन्दै उसको चरित्रमा प्रश्‍न उठाउँछ र बदनाम गर्छ भने १५ त्यस केटीका आमाबुबा सहरको मूलढोकामा नाइकेहरूकहाँ जाऊन्‌ र आफ्नी छोरीको कुमारीत्वको प्रमाण पेस गरून्‌। १६ केटीका बुबाले ती नाइकेहरूलाई यसो भनून्‌, ‘मैले आफ्नी छोरी यस मानिसलाई दिएँ तर यसले मेरी छोरीलाई घृणा गर्छ १७ र यसो भन्दै उसको चरित्रमाथि प्रश्‍न उठाउँछ, “तिम्री छोरी बिटुलिएकी रहिछे।” तर मेरी छोरी कुमारी भएको प्रमाण यहाँ छ, हेर्नुहोस्‌।’ अनि तिनीहरूले आफूसँगै ल्याएको कपडा सहरका नाइकेहरूसामु फिँजाऊन्‌। १८ त्यसपछि सहरका नाइकेहरूले+ त्यस पुरुषलाई सजाय देऊन्‌।+ १९ इस्राएलकी एउटी कन्या केटीमाथि कलङ्‌क लगाएकोले त्यस पुरुषले केटीको बुबालाई चाँदीको १०० शेकेल* जरिबाना तिरोस्‌+ र त्यो केटी उसकी पत्नी भइरहोस्‌। बाँचुन्जेल उसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न पाउनेछैन।

२० “तर त्यस केटीमाथि लगाइएको आरोप सही रहेछ र उसको कुमारीत्वको कुनै प्रमाण पाइएन भने २१ तिनीहरूले त्यस केटीलाई उसको बुबाको घरको ढोकामा ल्याऊन्‌ र त्यस सहरका मानिसहरूले उसलाई ढुङ्‌गाले हानेर मारून्‌। किनभने उसले आफ्नो बुबाको घरमा छँदा नै अवैध यौनसम्बन्ध राखेर*+ इस्राएल देशको बदनाम गरेकी छे।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+

२२ “कुनै पुरुषले अर्काकी पत्नीसित सम्बन्ध राखेको फेला पऱ्‍यो भने त्यस पुरुष र स्त्री दुवैलाई मार्नू।+ यसरी तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।

२३ “कुनै पुरुषले अर्को पुरुषसित मगनी भइसकेकी केटीलाई सहरमा भेट्‌छ र ऊसित सम्बन्ध राख्छ भने २४ तिमीहरूले ती दुवैलाई सहरको मूलढोकामा ल्याउनू र ढुङ्‌गाले हानेर मार्नू। किनभने सहरभित्र भएर पनि ती केटी चिच्याइनन्‌ अनि त्यस पुरुषले पनि अर्काकी पत्नीलाई बिटुलो पाऱ्‍यो।+ यसरी तिमीहरूले आफ्नो माझबाट जे दुष्ट छ, त्यो हटाउनै पर्छ।

२५ “तर कुनै पुरुषले अर्को पुरुषसित मगनी भइसकेकी केटीलाई सहरबाहिर भेट्‌छ र हातपात गरेर ऊसित जबरजस्ती सम्बन्ध राख्छ भने तिमीहरूले त्यस पुरुषलाई मात्र मार्नू। २६ तर केटीलाई चाहिँ केही नगर्नू। किनकि त्यस केटीले मृत्युदण्ड पाउन लायकको पाप गरेकी छैन। यो मामिलाचाहिँ कुनै निर्दोष व्यक्‍तिलाई आक्रमण गरेर मारेको मामिलाजस्तै हो।+ २७ त्यस केटीलाई नमार्नू किनभने सहरबाहिर भएकीले ऊ चिच्याउँदा उसलाई बचाउने कोही थिएन।

२८ “यदि कुनै पुरुषले मगनी नभएकी कन्या केटीलाई भेट्‌यो र त्यसले उसलाई हातपात गरेर जबरजस्ती सम्बन्ध राख्यो र यो कुरा थाह भयो भने+ २९ त्यस पुरुषले केटीको बुबालाई चाँदीको ५० शेकेल तिरोस्‌ र त्यो केटी उसकी पत्नी बनोस्‌।+ त्यस पुरुषले बाँचुन्जेल आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न पाउनेछैन किनभने उसले त्यस केटीको इज्जत लुट्‌यो।

३० “कसैले पनि आफ्नो बुबाकी पत्नीसित सम्बन्ध नराखोस्‌ किनभने यसो गर्नु बुबाको घोर अपमान गर्नु हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने