प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • फिलिप्पी ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

फिलिप्पी विषयवस्तु

      • शरीरको कुरामा भरोसा नगर्ने (१-११)

        • ख्रिष्टको खातिर सबै हानि बेहोर्ने (७-९)

      • लक्ष्यतिर लम्कने (१२-२१)

        • स्वर्गको नागरिकता (२०)

फिलिप्पी ३:१

मार्जिनल रेफरेन्स

  • +२को १३:११; फिलि ४:४; १थि ५:१६

फिलिप्पी ३:२

फुटनोट

  • *

    शा., “कुकुरहरूदेखि।”

  • *

    अर्थात्‌, खतना गर्नेहरूदेखि।

मार्जिनल रेफरेन्स

  • +गला ५:२

फिलिप्पी ३:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:४; रोमी २:२९; कल २:११
  • +गला ६:१४; हिब्रू ९:१३, १४

फिलिप्पी ३:५

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१२; लेवी १२:३
  • +२को ११:२२
  • +प्रे २३:६; २६:४, ५

फिलिप्पी ३:६

मार्जिनल रेफरेन्स

  • +प्रे ८:३; ९:१, २; गला १:१३

फिलिप्पी ३:७

फुटनोट

  • *

    वा सम्भवतः “ख्रिष्टको खातिर राजीखुसीले त्यागेको छु।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:४४

फिलिप्पी ३:८

फुटनोट

  • *

    वा “फोहोर।”

फिलिप्पी ३:९

मार्जिनल रेफरेन्स

  • +गला २:१५, १६
  • +रोमी ४:५
  • +रोमी ३:२०-२२

फिलिप्पी ३:१०

मार्जिनल रेफरेन्स

  • +१को १५:२२; २को १३:४
  • +रोमी ८:१७; २को ४:१०; कल १:२४
  • +रोमी ६:५

फिलिप्पी ३:११

मार्जिनल रेफरेन्स

  • +१थि ४:१६; प्रका २०:६

फिलिप्पी ३:१२

मार्जिनल रेफरेन्स

  • +लुका १३:२४; १ति ६:१२

फिलिप्पी ३:१३

मार्जिनल रेफरेन्स

  • +लुका ९:६२
  • +१को ९:२४

फिलिप्पी ३:१४

मार्जिनल रेफरेन्स

  • +हिब्रू ३:१
  • +२ति ४:८; हिब्रू १२:१

फिलिप्पी ३:१५

मार्जिनल रेफरेन्स

  • +१को १४:२०; हिब्रू ५:१४

फिलिप्पी ३:१७

मार्जिनल रेफरेन्स

  • +१को ४:१६; २थि ३:९

फिलिप्पी ३:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

फिलिप्पी ३:१९

मार्जिनल रेफरेन्स

  • +रोमी ८:५; या ३:१५

फिलिप्पी ३:२०

मार्जिनल रेफरेन्स

  • +एफि २:१९
  • +युह १८:३६; एफि २:६; कल ३:१
  • +१को १:७; १थि १:१०; ति २:१३; हिब्रू ९:२८

फिलिप्पी ३:२१

मार्जिनल रेफरेन्स

  • +१को १५:२७; हिब्रू २:८
  • +१को १५:४२, ४९

अरू

फिलि. ३:१२को १३:११; फिलि ४:४; १थि ५:१६
फिलि. ३:२गला ५:२
फिलि. ३:३यर्मि ४:४; रोमी २:२९; कल २:११
फिलि. ३:३गला ६:१४; हिब्रू ९:१३, १४
फिलि. ३:५उत्प १७:१२; लेवी १२:३
फिलि. ३:५२को ११:२२
फिलि. ३:५प्रे २३:६; २६:४, ५
फिलि. ३:६प्रे ८:३; ९:१, २; गला १:१३
फिलि. ३:७मत्ति १३:४४
फिलि. ३:९गला २:१५, १६
फिलि. ३:९रोमी ४:५
फिलि. ३:९रोमी ३:२०-२२
फिलि. ३:१०१को १५:२२; २को १३:४
फिलि. ३:१०रोमी ८:१७; २को ४:१०; कल १:२४
फिलि. ३:१०रोमी ६:५
फिलि. ३:१११थि ४:१६; प्रका २०:६
फिलि. ३:१२लुका १३:२४; १ति ६:१२
फिलि. ३:१३लुका ९:६२
फिलि. ३:१३१को ९:२४
फिलि. ३:१४हिब्रू ३:१
फिलि. ३:१४२ति ४:८; हिब्रू १२:१
फिलि. ३:१५१को १४:२०; हिब्रू ५:१४
फिलि. ३:१७१को ४:१६; २थि ३:९
फिलि. ३:१९रोमी ८:५; या ३:१५
फिलि. ३:२०एफि २:१९
फिलि. ३:२०युह १८:३६; एफि २:६; कल ३:१
फिलि. ३:२०१को १:७; १थि १:१०; ति २:१३; हिब्रू ९:२८
फिलि. ३:२११को १५:२७; हिब्रू २:८
फिलि. ३:२११को १५:४२, ४९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
फिलिप्पी ३:१-२१

फिलिप्पी

३ अन्तमा हे मेरा भाइहरू हो, प्रभुमा रमाइरहो।+ तिमीहरूलाई एउटै कुरा लेखिरहन म झर्को मान्दिनँ किनकि यो तिमीहरूको सुरक्षाको लागि हो।

२ अशुद्ध मानिसहरूदेखि* होसियार बस, हानि पुऱ्‍याउनेहरूदेखि होसियार बस अनि शरीरको अङ्‌ग काट्‌नेहरूदेखि* होसियार बस।+ ३ किनकि साँच्चैको खतना* भएकाहरू त हामी हौँ।+ हामीले परमेश्‍वरको पवित्र शक्‍तिद्वारा पवित्र सेवा चढाइरहेका छौँ अनि हामी शरीरमा भरोसा गर्दैनौँ बरु ख्रिष्ट येसुमा घमन्ड गर्छौँ।+ ४ यद्यपि यदि कसैसित शरीरमा भरोसा राख्ने आधार छ भने मसित पनि छ।

यदि अरू कोही मानिसले आफूसित शरीरमा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन्‌ धेरै छ ५ किनकि म आठौँ दिनमा खतना गरिएको,+ इस्राएली जातिको, बिन्यामिनको कुलको, हिब्रू आमाबुबाबाट जन्मेको हिब्रू;+ व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी;+ ६ जोसको कुरा गर्ने हो भने मण्डलीलाई खेदो गर्ने;+ व्यवस्था पालन गरेर धर्मी ठहरिने सन्दर्भमा भन्‍ने हो भने आफूलाई निर्दोष साबित गरेको मानिस हुँ। ७ तैपनि जुन कुराहरू मेरो निम्ति फाइदाजनक थिए, ती कुराहरूलाई मैले ख्रिष्टको खातिर बेकारको सम्झेको छु।*+ ८ वास्तवमा मेरा प्रभु ख्रिष्ट येसुको ज्ञानको उत्कृष्ट मोलसामु म सबै कुरालाई बेकारको सम्झन्छु। उहाँको खातिर मैले सबै कुरालाई इन्कार गरेको छु अनि ती कुराहरूलाई रद्दी* ठान्छु ताकि मैले ख्रिष्टलाई प्राप्त गर्न सकूँ ९ अनि उहाँसित एकतामा रहेको पाइन सकूँ, व्यवस्था पालन गरेर धर्मी ठहरिएकोले त होइन बरु ख्रिष्टमाथिको विश्‍वासद्वारा+ धर्मी ठहरिएकोले।+ यसरी विश्‍वासको आधारमा धर्मी ठहराउनुहुने परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ।+ १० मेरो लक्ष्य यही हो कि मैले ख्रिष्टबारे अनि उहाँलाई फेरि जीवित पार्नुहुनेको शक्‍तिबारे+ थाह पाऊँ अनि उहाँको जस्तै दुःख झेल्न+ र उहाँको जस्तै मृत्यु भोगूँ+ ११ ताकि म पनि तिनीहरूमध्ये हुन सकूँ, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+

१२ मैले यो इनाम पाइसकेको छु वा पूर्ण भइसकेको छु भनेर म ठान्दिनँ तर जुन कुराका लागि ख्रिष्ट येसुले मलाई रोज्नुभयो, त्यसलाई पक्रन सकूँ भनेर भरमग्दुर कोसिस गर्दै छु।+ १३ भाइहरू हो, मैले त्यो पक्रिसकेँ भनेर म सोच्दिनँ तर एउटा कुरा भने पक्का छ: म पछाडिका कुराहरूलाई बिर्सेर+ अनि अगाडिका कुराहरूतिर लम्केर+ १४ ख्रिष्ट येसुमार्फत परमेश्‍वरबाट पाएको माथिको बोलावटको+ पुरस्कार पाउने लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।+ १५ त्यसैले हामी, जो परिपक्व छौँ,+ यस्तै मनोवृत्ति राखौँ। यदि कुनै कुरामा तिमीहरूको मानसिक झुकाव अर्कै छ भने पनि परमेश्‍वरले तिमीहरूलाई सही मनोवृत्ति के हो, त्यो प्रकट गरिदिनुहुनेछ। १६ जे होस्‌, हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्‌गमा अघि बढिरहौँ।

१७ भाइहरू हो, तिमीहरू सबै एक भएर मेरो अनुकरण गर+ अनि हामीले तिमीहरूको निम्ति बसालेको उदाहरणबमोजिम जो चलिरहेका छन्‌, तिनीहरूलाई ध्यान दिएर हेर। १८ किनकि यस्ता धेरै मानिस छन्‌, जसको विषयमा मैले बारम्बार लेख्ने गरेको थिएँ तर अहिले तिनीहरूबारे लेख्दा मेरो आँखाबाट आँसु आउँछ किनकि तिनीहरू ख्रिष्टको यातनाको खम्बाका* शत्रुहरू भएका छन्‌। १९ तिनीहरूको अन्त विनाश हो, तिनीहरूको पेट नै तिनीहरूको ईश्‍वर हो, सरम मान्‍नुपर्ने कुरामा तिनीहरू गर्व गर्छन्‌ अनि पृथ्वीका कुराहरूमा तिनीहरू मन लगाउँछन्‌।+ २० तर हाम्रो नागरिकता+ स्वर्गको हो+ र त्यहीँ हुनुहुने एक जना उद्धारक, प्रभु येसु ख्रिष्टलाई हामी उत्सुकतासाथ पर्खिरहेका छौँ,+ २१ जससित सबै कुरालाई आफ्नो अधीनमा राख्ने शक्‍ति छ।+ यही महाशक्‍तिद्वारा उहाँले हाम्रो तुच्छ शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने