प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यहोसु विषयवस्तु

      • इस्राएलीहरू गिबोनको रक्षा गर्छन्‌ (१-७)

      • यहोवा इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ (८-१५)

        • भागिरहेका शत्रुहरूमाथि असिना बर्सिन्छ (११)

        • सूर्य अडिरहन्छ (१२-१४)

      • आक्रमण गर्न आएका पाँच जना राजा मारिन्छन्‌ (१६-२८)

      • दक्षिणतिरका सहरहरू कब्जा गरिन्छ (२९-४३)

यहोसु १०:१

मार्जिनल रेफरेन्स

  • +यहो ६:२, २१
  • +यहो ८:२४, २९
  • +यहो ९:९, १५; ११:१९

यहोसु १०:२

मार्जिनल रेफरेन्स

  • +व्य २:२५; ११:२५; यहो २:१०, ११; ५:१
  • +यहो ८:२५

यहोसु १०:३

मार्जिनल रेफरेन्स

  • +उत्प २३:२; गन १३:२२
  • +यहो १२:७, १०-१२

यहोसु १०:४

मार्जिनल रेफरेन्स

  • +यहो ९:९, १५; ११:१९

यहोसु १०:५

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१६

यहोसु १०:६

मार्जिनल रेफरेन्स

  • +यहो ५:१०
  • +यहो ९:२५, २७

यहोसु १०:७

मार्जिनल रेफरेन्स

  • +यहो ८:३

यहोसु १०:८

मार्जिनल रेफरेन्स

  • +व्य ३:२; २०:१
  • +व्य ७:२४; यहो ११:६
  • +यहो १:३-५

यहोसु १०:१०

मार्जिनल रेफरेन्स

  • +भज ४४:३

यहोसु १०:१२

मार्जिनल रेफरेन्स

  • +यसै २८:२१
  • +२रा २०:१०; भज १३५:६; यसै ३८:८

यहोसु १०:१३

मार्जिनल रेफरेन्स

  • +२स १:१७, १८

यहोसु १०:१४

मार्जिनल रेफरेन्स

  • +व्य ९:१८, १९; १रा १७:२२; या ५:१६
  • +व्य १:३०; यहो २३:३

यहोसु १०:१५

मार्जिनल रेफरेन्स

  • +यहो ५:१०; ९:६

यहोसु १०:१६

मार्जिनल रेफरेन्स

  • +यहो १०:१०

यहोसु १०:१७

मार्जिनल रेफरेन्स

  • +यहो १०:२८

यहोसु १०:१९

मार्जिनल रेफरेन्स

  • +व्य २८:७

यहोसु १०:२३

मार्जिनल रेफरेन्स

  • +यहो १०:३-५; १२:७, १०-१२

यहोसु १०:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२७

यहोसु १०:२५

मार्जिनल रेफरेन्स

  • +व्य ३१:६; यहो १:९
  • +व्य ३:२१; ७:१८, १९

यहोसु १०:२६

फुटनोट

  • *

    वा “रूखमा।”

यहोसु १०:२७

मार्जिनल रेफरेन्स

  • +व्य २१:२२, २३; यहो ८:२९

यहोसु १०:२८

मार्जिनल रेफरेन्स

  • +यहो १०:१०; १५:२०, ४१
  • +व्य २०:१६
  • +यहो १२:७, १६

यहोसु १०:२९

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ४२; २१:१३

यहोसु १०:३०

मार्जिनल रेफरेन्स

  • +यहो १२:७, १५
  • +यहो ६:२, २१

यहोसु १०:३१

मार्जिनल रेफरेन्स

  • +यहो १०:३, ४; १२:७, ११; १५:२०, ३९

यहोसु १०:३२

मार्जिनल रेफरेन्स

  • +व्य २०:१६

यहोसु १०:३३

मार्जिनल रेफरेन्स

  • +यहो १२:७, १२; १६:१०; २१:२०, २१; १रा ९:१६

यहोसु १०:३४

मार्जिनल रेफरेन्स

  • +यहो १०:३, ४; १२:७, १२; १५:२०, ३९

यहोसु १०:३५

मार्जिनल रेफरेन्स

  • +व्य २०:१६; यहो १०:३२

यहोसु १०:३६

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१८; २३:१९; गन १३:२२; यहो १०:३, ४; १५:१३; २१:१३

यहोसु १०:३८

मार्जिनल रेफरेन्स

  • +यहो १२:७, १३; १५:१५

यहोसु १०:३९

मार्जिनल रेफरेन्स

  • +व्य ७:२
  • +यहो ११:१४

यहोसु १०:४०

मार्जिनल रेफरेन्स

  • +यहो ९:१, २; न्या १:९
  • +लेवी २७:२९; व्य २०:१६; यहो ११:१४
  • +व्य ७:२; ९:५

यहोसु १०:४१

मार्जिनल रेफरेन्स

  • +गन ३४:२, ४; व्य ९:२३
  • +व्य २:२३
  • +यहो १५:२०, ५१
  • +यहो ११:१६, १९

यहोसु १०:४२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:१४; व्य १:३०

यहोसु १०:४३

मार्जिनल रेफरेन्स

  • +यहो ४:१९

अरू

यहो. १०:१यहो ६:२, २१
यहो. १०:१यहो ८:२४, २९
यहो. १०:१यहो ९:९, १५; ११:१९
यहो. १०:२व्य २:२५; ११:२५; यहो २:१०, ११; ५:१
यहो. १०:२यहो ८:२५
यहो. १०:३उत्प २३:२; गन १३:२२
यहो. १०:३यहो १२:७, १०-१२
यहो. १०:४यहो ९:९, १५; ११:१९
यहो. १०:५उत्प १५:१६
यहो. १०:६यहो ५:१०
यहो. १०:६यहो ९:२५, २७
यहो. १०:७यहो ८:३
यहो. १०:८व्य ३:२; २०:१
यहो. १०:८व्य ७:२४; यहो ११:६
यहो. १०:८यहो १:३-५
यहो. १०:१०भज ४४:३
यहो. १०:१२यसै २८:२१
यहो. १०:१२२रा २०:१०; भज १३५:६; यसै ३८:८
यहो. १०:१३२स १:१७, १८
यहो. १०:१४व्य ९:१८, १९; १रा १७:२२; या ५:१६
यहो. १०:१४व्य १:३०; यहो २३:३
यहो. १०:१५यहो ५:१०; ९:६
यहो. १०:१६यहो १०:१०
यहो. १०:१७यहो १०:२८
यहो. १०:१९व्य २८:७
यहो. १०:२३यहो १०:३-५; १२:७, १०-१२
यहो. १०:२४प्रस्थ २३:२७
यहो. १०:२५व्य ३१:६; यहो १:९
यहो. १०:२५व्य ३:२१; ७:१८, १९
यहो. १०:२७व्य २१:२२, २३; यहो ८:२९
यहो. १०:२८यहो १०:१०; १५:२०, ४१
यहो. १०:२८व्य २०:१६
यहो. १०:२८यहो १२:७, १६
यहो. १०:२९यहो १५:२०, ४२; २१:१३
यहो. १०:३०यहो १२:७, १५
यहो. १०:३०यहो ६:२, २१
यहो. १०:३१यहो १०:३, ४; १२:७, ११; १५:२०, ३९
यहो. १०:३२व्य २०:१६
यहो. १०:३३यहो १२:७, १२; १६:१०; २१:२०, २१; १रा ९:१६
यहो. १०:३४यहो १०:३, ४; १२:७, १२; १५:२०, ३९
यहो. १०:३५व्य २०:१६; यहो १०:३२
यहो. १०:३६उत्प १३:१८; २३:१९; गन १३:२२; यहो १०:३, ४; १५:१३; २१:१३
यहो. १०:३८यहो १२:७, १३; १५:१५
यहो. १०:३९व्य ७:२
यहो. १०:३९यहो ११:१४
यहो. १०:४०यहो ९:१, २; न्या १:९
यहो. १०:४०लेवी २७:२९; व्य २०:१६; यहो ११:१४
यहो. १०:४०व्य ७:२; ९:५
यहो. १०:४१गन ३४:२, ४; व्य ९:२३
यहो. १०:४१व्य २:२३
यहो. १०:४१यहो १५:२०, ५१
यहो. १०:४१यहो ११:१६, १९
यहो. १०:४२प्रस्थ १४:१४; व्य १:३०
यहो. १०:४३यहो ४:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
पवित्र बाइबल नयाँ संसार अनुवाद
यहोसु १०:१-४३

यहोसु

१० यरुसलेमका राजा अदोनि-सेदेकले यहोसुले ऐ सहर कब्जा गरे अनि यसका राजालाई पनि यरिहो सहर र त्यहाँका राजालाई जस्तै+ नाश गरे भनी सुने।+ गिबोनीहरू इस्राएलीहरूसित शान्ति-सम्झौता गरेर+ तिनीहरूसँगै बसिरहेका छन्‌ भन्‍ने कुरा पनि तिनले सुने। यो कुरा थाह पाएपछि २ तिनी असाध्यै डराए+ किनभने राजाहरूले शासन गरिरहेका अरू सहरहरूजस्तै गिबोन पनि ठूलो र शक्‍तिशाली थियो। गिबोन ऐ सहरभन्दा पनि ठूलो थियो+ र त्यहाँका सबै पुरुष वीर योद्धाहरू थिए। ३ त्यसैले यरुसलेमका राजा अदोनि-सेदेकले हेब्रोनका+ राजा होहाम, यार्मुथका राजा पिराम, लाकिसका राजा यापि र एग्लोनका राजा दबिरकहाँ+ यस्तो खबर पठाए: ४ “मलाई साथ देओ! हामी सबै मिलेर गिबोनलाई आक्रमण गरौँ किनभने तिनीहरूले यहोसु र इस्राएलीहरूसित शान्ति-सम्झौता गरेका छन्‌।”+ ५ यस्तो खबर पाएपछि पाँच जना एमोरी+ राजा अर्थात्‌ यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा आ-आफ्नो सेना लिएर निस्के अनि गिबोनीहरूसित लडाइँ गर्न छाउनी हाले।

६ तब गिबोनका मानिसहरूले गिलगालमा छाउनी हालेर बसेका यहोसुकहाँ यस्तो खबर पठाए:+ “झट्टै आउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌! तपाईँका दासहरूलाई नत्याग्नुहोस्‌।+ पहाडी इलाकाका सबै एमोरी राजा हामीविरुद्ध लड्‌न एकजुट भएका छन्‌।” ७ त्यसैले यहोसु आफ्ना सबै लडाकु र वीर योद्धाहरू लिएर गिलगालबाट माथितिर लागे।+

८ तब यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने तिनीहरूलाई मैले तिम्रो हातमा सुम्पिदिएको छु।+ तिनीहरूमध्ये एक जना पनि तिम्रो अगाडि टिक्नेछैन।”+ ९ गिलगालबाट रातभरि हिँडेर यहोसु र तिनका सेना गिबोन आइपुगे अनि शत्रुहरूले नचिताएको समयमा आक्रमण गरे। १० यहोवा परमेश्‍वरले इस्राएलीहरूसामु ती शत्रुहरूमाझ गोलमाल मच्चाइदिनुभयो।+ त्यसपछि इस्राएलीहरूले गिबोनमा धेरै शत्रुलाई मारे अनि बेथ-होरोनको उकालोमा खेद्‌दै अजेकाह अनि मक्केदाहसम्म मार्दै गए। ११ तिनीहरू इस्राएलीहरूदेखि भाग्दै बेथ-होरोनबाट ओरालो झरिरहेको बेला यहोवा परमेश्‍वरले अजेकाहसम्मै ठूलठूला असिना बर्साएर तिनीहरूलाई मार्नुभयो। वास्तवमा इस्राएलीहरूको तरबारले भन्दा असिनाले मर्नेहरूको सङ्‌ख्या धेरै थियो।

१२ यहोवा परमेश्‍वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्‍वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे:

“हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+

हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”

१३ अनि इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई नजितेसम्म सूर्य र चन्द्रमा अडिरह्‍यो। सूर्य आकाशको बीचमा अडिरह्‍यो र पूरै एक दिन घाम अस्ताएन भनेर के यासारको पुस्तकमा+ पनि लेखिएको छैन र? १४ यहोवा परमेश्‍वरले मानिसको बिन्ती सुनेर यसो गर्नुभएको घटना न यसअघि भएको थियो न त यसपछि नै भयो।+ किनकि त्यसबेला यहोवा परमेश्‍वर इस्राएलीहरूको तर्फबाट लडिरहनुभएको थियो।+

१५ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु गिलगालको छाउनीमा फर्के।+

१६ पाँच जना एमोरी राजाचाहिँ भागेर मक्केदाहको+ गुफामा लुके। १७ तब यहोसुकहाँ यस्तो खबर आयो: “ती पाँच जना राजा मक्केदाहको+ गुफामा लुकिरहेका छन्‌।” १८ अनि यहोसुले भने: “ठूलठूला ढुङ्‌गाले गुफाको मुख थुन र मानिसहरू खटाएर पहरा देओ। १९ बाँकी योद्धाहरूले चाहिँ शत्रुहरूलाई खेद्‌न नछोडून्‌। तिमीहरूले तिनीहरूलाई पछिल्तिरबाट आक्रमण गर।+ तिनीहरू आफ्ना सहरहरूमा पस्न नपाऊन्‌ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पनुभएको छ।”

२० यहोसु र इस्राएलीहरूले लगभग सबै एमोरीलाई मारे; इस्राएलीहरूको हातबाट बचेर ठूलठूला पर्खालले घेरिएका सहरहरूभित्र छिरेका कोही-कोहीबाहेक अरू सबैलाई तिनीहरूले मारे। २१ त्यसपछि इस्राएलीहरू सकुशल मक्केदाहको छाउनीमा यहोसुकहाँ फर्के। त्यहाँका बासिन्दाहरू कसैले पनि इस्राएलीहरूविरुद्ध एक शब्द बोल्ने आँट गरेनन्‌। २२ अनि यहोसुले भने: “गुफाको मुखबाट ढुङ्‌गाहरू हटाओ र ती पाँच जना राजालाई मकहाँ ल्याओ।” २३ तब तिनीहरूले यहोसुकहाँ यी पाँच जना राजालाई ल्याए: यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा।+ २४ यी राजाहरूलाई यहोसुकहाँ ल्याएपछि यहोसुले इस्राएलका सबै पुरुषलाई बोलाए र सेनापतिहरूलाई भने: “अगाडि आओ र यी राजाहरूको गर्दनमा खुट्टा राख।” तब तिनीहरू अगाडि आए र ती राजाहरूको गर्दनमा टेके।+ २५ अनि यहोसुले तिनीहरूलाई भने: “नडराओ, त्रसित नहोओ।+ साहसी र बलियो होओ। किनकि तिमीहरू जुन-जुन शत्रुसित लड्‌नेछौ, ती सबैको हालत यहोवा परमेश्‍वरले यस्तै बनाइदिनुहुनेछ।”+

२६ त्यसपछि यहोसुले ती राजाहरूलाई मारेर पाँच वटा खम्बामा* झुन्ड्‌याए अनि तिनीहरूलाई साँझसम्म खम्बामा त्यसरी नै छोडे। २७ घाम अस्ताउने बेला यहोसुले तिनीहरूको लासलाई खम्बाबाट झारेर तिनीहरू लुकेकै गुफामा फाल्ने आदेश दिए।+ त्यसपछि त्यो गुफाको मुख ठूलठूला ढुङ्‌गाहरूले बन्द गरियो। ती ढुङ्‌गाहरू आजसम्मै त्यहीँ छन्‌।

२८ त्यो दिन यहोसुले मक्केदाह+ कब्जा गरे र त्यहाँका बासिन्दाहरूलाई तरबारले मारे। तिनले त्यहाँका राजा र त्यहाँ भएका सबैलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्‌।+ तिनले यरिहो सहरको राजालाई जे गरेका थिए, मक्केदाहको राजालाई+ पनि त्यसै गरे।

२९ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु मक्केदाहबाट लिब्नाह गए र त्यहाँ आक्रमण गरे।+ ३० यहोवा परमेश्‍वरले त्यो सहर र त्यहाँका राजालाई+ पनि इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो र तिनीहरूले त्यहाँका सबै बासिन्दालाई तरबारले मारे, एक जनालाई पनि बाँकी राखेनन्‌। अनि तिनीहरूले यरिहो सहरको राजालाई जे गरेका थिए, लिब्नाहका राजालाई पनि त्यसै गरे।+

३१ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु लिब्नाहबाट लाकिस गए+ र त्यहाँ छाउनी हाले अनि त्यहाँ आक्रमण गरे। ३२ यहोवा परमेश्‍वरले लाकिसलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो र दोस्रो दिन तिनीहरूले त्यो सहर कब्जा गरे। अनि तिनीहरूले लिब्नाहलाई जस्तै त्यस सहरलाई पनि आक्रमण गरे र त्यहाँका सबैलाई तरबारले मारे।+

३३ अनि गेजेरका राजा होराम+ लाकिसलाई मदत गर्न आए तर यहोसुले होरामलाई र तिनका मानिसहरूलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्‌।

३४ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु लाकिसबाट एग्लोन+ गए र त्यहाँ छाउनी हाले अनि त्यहाँ आक्रमण गरे। ३५ त्यही दिन तिनीहरूले त्यो सहर कब्जा गरे र त्यहाँका सबैलाई तरबारले मारे। लाकिसमा जस्तै तिनीहरूले त्यहाँका सबैलाई नाश गरे।+

३६ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु एग्लोनबाट हेब्रोन+ गए र त्यहाँ आक्रमण गरे। ३७ तिनीहरूले हेब्रोन कब्जा गरे अनि त्यहाँका राजा र वरपरका सहरमा भएका सबैलाई तरबारले मारे, एक जनालाई पनि बाँकी राखेनन्‌। अनि एग्लोनलाई जस्तै तिनले हेब्रोनलाई पनि आक्रमण गरे र त्यहाँका सबैलाई तरबारले मारे।

३८ अन्तमा सबै इस्राएलीलाई लिएर यहोसु दबिरतिर+ लागे र त्यहाँ आक्रमण गरे। ३९ तिनीहरूले दबिर कब्जा गरे अनि त्यहाँका राजा र वरपरका सहरमा भएका सबैलाई तरबारले मारे,+ एक जनालाई पनि बाँकी राखेनन्‌।+ तिनले हेब्रोन र लिब्नाह अनि त्यहाँका राजाहरूलाई जे गरेका थिए, दबिर र यसका राजालाई पनि त्यसै गरे।

४० यसरी यहोसुले पूरै पहाडी इलाका, नेगेब, सेफेलाह+ अनि पाखाहरू कब्जा गरे र त्यहाँका सबै राजामाथि जित हासिल गरे, तिनले एक जनालाई पनि बाँकी राखेनन्‌। इस्राएलका परमेश्‍वर यहोवाले आज्ञा गर्नुभएझैँ+ तिनले सबैलाई मारे।+ ४१ यहोसुले कादेस-बर्नेदेखि+ गाजासम्म,+ गोसेनको+ पूरै इलाका र गिबोनसम्मका+ सबै भूभाग कब्जा गरे। ४२ यहोसुले त्यहाँका सबै राजा र तिनीहरूका इलाकालाई एकै पटकमा कब्जा गरे किनभने इस्राएलका परमेश्‍वर यहोवाले नै इस्राएलीहरूको तर्फबाट लड्‌नुभएको थियो।+ ४३ त्यसपछि यहोसु सबै इस्राएलीलाई लिएर गिलगालको छाउनीमा फर्के।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने