प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • समुद्रबाट निस्केको सात-टाउके जङ्‌गली जनावर (१-१०)

      • पृथ्वीबाट निस्केको दुई-सिङे जनावर (११-१३)

      • सात-टाउके जनावरको मूर्ति (१४, १५)

      • जङ्‌गली जनावरको चिन्ह र सङ्‌ख्या (१६-१८)

प्रकाश १३:१

फुटनोट

  • *

    अर्थात्‌, अजिङ्‌गर।

  • *

    वा “शाही फेटा।”

मार्जिनल रेफरेन्स

  • +प्रका ११:७; १३:१८
  • +यसै ५७:२०; प्रका २१:१

प्रकाश १३:२

मार्जिनल रेफरेन्स

  • +प्रका १२:९
  • +लुका ४:६

प्रकाश १३:३

मार्जिनल रेफरेन्स

  • +प्रका १३:१४

प्रकाश १३:५

मार्जिनल रेफरेन्स

  • +प्रका ११:२, ३

प्रकाश १३:६

मार्जिनल रेफरेन्स

  • +दा ७:२५
  • +प्रका १२:१२

प्रकाश १३:७

मार्जिनल रेफरेन्स

  • +प्रका १२:१७

प्रकाश १३:८

फुटनोट

  • *

    वा “मुठामा।”

मार्जिनल रेफरेन्स

  • +यसै ५३:७; मत्ति २७:५०; प्रका ५:६, १२
  • +प्रका ३:५; २१:२७

प्रकाश १३:९

मार्जिनल रेफरेन्स

  • +मत्ति ११:१५

प्रकाश १३:१०

फुटनोट

  • *

    वा सम्भवतः “जो तरबारले मारिनुपर्ने हो।”

मार्जिनल रेफरेन्स

  • +मत्ति २६:५२
  • +दा ७:१८; १को ६:२; प्रका २०:६
  • +मत्ति २४:१३; हिब्रू १०:३६; १२:३
  • +प्रका २:१०

प्रकाश १३:११

मार्जिनल रेफरेन्स

  • +प्रका १६:१३; २०:२

प्रकाश १३:१२

मार्जिनल रेफरेन्स

  • +प्रका १३:१
  • +प्रका १३:३

प्रकाश १३:१४

मार्जिनल रेफरेन्स

  • +प्रका १९:२०; २०:४
  • +प्रका १३:३

प्रकाश १३:१६

मार्जिनल रेफरेन्स

  • +प्रका १४:९, १०; १६:२; १९:२०

प्रकाश १३:१७

मार्जिनल रेफरेन्स

  • +प्रका १४:११
  • +प्रका १५:२

प्रकाश १३:१८

मार्जिनल रेफरेन्स

  • +दा ३:१

अरू

प्रका. १३:१प्रका ११:७; १३:१८
प्रका. १३:१यसै ५७:२०; प्रका २१:१
प्रका. १३:२प्रका १२:९
प्रका. १३:२लुका ४:६
प्रका. १३:३प्रका १३:१४
प्रका. १३:५प्रका ११:२, ३
प्रका. १३:६दा ७:२५
प्रका. १३:६प्रका १२:१२
प्रका. १३:७प्रका १२:१७
प्रका. १३:८यसै ५३:७; मत्ति २७:५०; प्रका ५:६, १२
प्रका. १३:८प्रका ३:५; २१:२७
प्रका. १३:९मत्ति ११:१५
प्रका. १३:१०मत्ति २६:५२
प्रका. १३:१०दा ७:१८; १को ६:२; प्रका २०:६
प्रका. १३:१०मत्ति २४:१३; हिब्रू १०:३६; १२:३
प्रका. १३:१०प्रका २:१०
प्रका. १३:११प्रका १६:१३; २०:२
प्रका. १३:१२प्रका १३:१
प्रका. १३:१२प्रका १३:३
प्रका. १३:१४प्रका १९:२०; २०:४
प्रका. १३:१४प्रका १३:३
प्रका. १३:१६प्रका १४:९, १०; १६:२; १९:२०
प्रका. १३:१७प्रका १४:११
प्रका. १३:१७प्रका १५:२
प्रका. १३:१८दा ३:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश १३:१-१८

युहन्‍नालाई प्रकाश

१३ अनि समुद्रको बालुवामा त्यो* ठिङ्‌ग उभियो।

त्यसपछि मैले एउटा जङ्‌गली जनावर+ समुद्रबाट+ निस्केर आएको देखेँ। त्यसका १० वटा सिङ र सात वटा टाउका थिए। त्यसका सिङहरूमा १० वटा ताज* थिए अनि टाउकाहरूमा चाहिँ परमेश्‍वरको निन्दा हुने नामहरू लेखिएका थिए। २ मैले देखेको जङ्‌गली जनावर चितुवाजस्तै थियो तर त्यसका खुट्टाहरू भने भालुका जस्ता थिए अनि मुखचाहिँ सिंहको जस्तो थियो। तब त्यस अजिङ्‌गरले+ आफ्नो शक्‍ति, सिंहासन र ठूलो अख्तियार त्यस जनावरलाई दियो।+

३ अनि त्यसका टाउकाहरूमध्ये एउटालाई गम्भीर चोट लागेको जस्तो मैले देखेँ तर त्यसको घातक चोट निको भइसकेको थियो+ र त्यस जङ्‌गली जनावरको तारिफ गर्दै पूरै पृथ्वी त्यसको पछि लाग्यो। ४ अनि तिनीहरूले अजिङ्‌गरको उपासना गरे किनकि त्यसले नै त्यो जङ्‌गली जनावरलाई अख्तियार दिएको थियो। अनि तिनीहरूले यसो भन्दै त्यस जङ्‌गली जनावरको उपासना गरे: “यो जङ्‌गली जनावरजस्तो को छ अनि कसले यससित युद्ध गर्न सक्छ?” ५ ठूलठूला कुरा बोल्ने र ईश्‍वरनिन्दा गर्ने मुख त्यसलाई दिइयो अनि ४२ महिनासम्म काम गर्ने अख्तियार पनि त्यसलाई दिइयो।+ ६ त्यसले परमेश्‍वरको निन्दा गर्न+ र उहाँको नाम अनि उहाँको निवासस्थानको निन्दा गर्न, यहाँसम्म कि स्वर्गमा बास गर्नेहरूको समेत निन्दा गर्न+ आफ्नो मुख खोल्यो। ७ त्यसलाई पवित्र जनहरूसित लडाइँ गर्ने र तिनीहरूमाथि विजय हासिल गर्ने अनुमति दिइयो।+ साथै त्यसलाई हरेक कुल, जाति, भाषा र राष्ट्रमाथि अख्तियार दिइयो। ८ अनि पृथ्वीमा बास गर्नेहरू सबैले त्यसको उपासना गर्नेछन्‌। संसारको प्रारम्भदेखि तिनीहरूमध्ये कसैको नाम मारिएको पाठोको+ जीवनको पुस्तकमा* लेखिएको छैन।+

९ जसको कान छ, उसले सुनोस्‌।+ १० जो कैदमा जानुपर्ने हो, ऊ कैदमै जानेछ। जसले तरबारले मार्छ,* ऊ तरबारले नै मारिनुपर्छ।+ पवित्र जनहरूले+ सहनशीलता+ र विश्‍वास+ देखाउनुपर्ने यस्तै बेला हो।

११ त्यसपछि मैले अर्को एउटा जङ्‌गली जनावर पृथ्वीबाट निस्केर आउँदै गरेको देखेँ। पाठोको जस्तै त्यसका दुई वटा सिङ थिए तर त्यसले अजिङ्‌गरले+ झैँ बोल्न थाल्यो। १२ त्यस जनावरले पहिलो जङ्‌गली जनावरको+ अगाडि त्यसको सारा अख्तियार चलाउँछ। अनि त्यसले पृथ्वी र त्यसमा बास गर्नेहरूलाई त्यो पहिलो जङ्‌गली जनावरको उपासना गर्न लगाउँछ, जसको घातक चोट निको भएको थियो।+ १३ त्यसले ठूलठूला चिन्हहरू देखाउँछ, यहाँसम्म कि सबै मानिसले देख्नेगरि त्यसले आकाशबाट पृथ्वीमा आगो झार्छ।

१४ त्यसलाई जङ्‌गली जनावरको अगाडि चिन्हहरू देखाउने अनुमति दिइएको हुनाले त्यसले चिन्हहरू देखाएर पृथ्वीमा बास गर्नेहरूलाई बहकाउँछ। साथै त्यसले पृथ्वीमा बास गर्नेहरूलाई त्यस जङ्‌गली जनावरको मूर्ति बनाउन लगाउँछ,+ जो तरबारको चोट लागेर पनि बाँचेको थियो।+ १५ अनि त्यस जनावरलाई त्यस जङ्‌गली जनावरको मूर्तिमा सास हाल्ने अनुमति दिइयो ताकि त्यस जङ्‌गली जनावरको मूर्तिले बोलोस्‌ र त्यस जङ्‌गली जनावरको मूर्तिको उपासना गर्न इन्कार गर्नेहरूजति सबैलाई मारोस्‌।

१६ त्यस जनावरले के साना, के ठूला, के धनी, के गरिब, के स्वतन्त्र, के दास, सबै मानिसलाई आफ्नो दाहिने हातमा वा निधारमा चिन्ह लगाउन बाध्य पार्छ+ १७ ताकि त्यो चिन्ह अर्थात्‌ त्यस जङ्‌गली जनावरको नाम+ वा त्यसको नामको सङ्‌ख्या+ हुनेबाहेक अरू कसैले किनबेच गर्न नपाओस्‌। १८ बुद्धि चाहिने यस्तै बेला हो: जोसित अन्तर्दृष्टि छ, उसले हिसाब गरेर त्यो जङ्‌गली जनावरको सङ्‌ख्या पत्ता लगाओस्‌ किनकि त्यो सङ्‌ख्या मानिसको सङ्‌ख्या हो अनि त्यसको सङ्‌ख्या हो, ६६६।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने