प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाश २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रकाश विषयवस्तु

      • सैतानलाई १ हजार वर्षका लागि बाँधिनेछ (१-३)

      • ख्रिष्टसँग १ हजार वर्षसम्म शासन गर्नेहरू (४-६)

      • सैतानलाई मुक्‍त गरिनेछ, त्यसपछि नाश गरिनेछ (७-१०)

      • मरेकाहरूको सेतो सिंहासनसामु न्याय (११-१५)

प्रकाश २०:१

मार्जिनल रेफरेन्स

  • +प्रका ९:१

प्रकाश २०:२

मार्जिनल रेफरेन्स

  • +प्रका १२:३
  • +उत्प ३:१
  • +युह ८:४४
  • +जक ३:१; प्रका १२:९

प्रकाश २०:३

मार्जिनल रेफरेन्स

  • +प्रका ९:११
  • +प्रका २०:७

प्रकाश २०:४

फुटनोट

  • *

    शा., “बन्चरोले मारिएका।”

मार्जिनल रेफरेन्स

  • +प्रका १३:१५-१७
  • +मत्ति १९:२८; लुका २२:२८-३०; २ति २:१२; प्रका १:६

प्रकाश २०:५

मार्जिनल रेफरेन्स

  • +प्रे २४:१५
  • +१को १५:२३, ५२; फिलि ३:१०, ११; १थि ४:१६

प्रकाश २०:६

मार्जिनल रेफरेन्स

  • +प्रका १४:१३
  • +१को १५:५४; प्रका २:११; २०:१४
  • +१प २:९
  • +प्रका १:६; ५:९, १०

प्रकाश २०:९

मार्जिनल रेफरेन्स

  • +२रा १:१०

प्रकाश २०:१०

फुटनोट

  • *

    वा “बन्धनमा राखिनेछ; कैदमा हालिनेछ।”

मार्जिनल रेफरेन्स

  • +प्रका १३:१
  • +प्रका १९:२०

प्रकाश २०:११

मार्जिनल रेफरेन्स

  • +प्रका ४:२, ३
  • +२प ३:७

प्रकाश २०:१२

फुटनोट

  • *

    वा “मुठाहरू।”

  • *

    वा “मुठा।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:३३; भज ६९:२८; दा १२:१
  • +युह ५:२८, २९

प्रकाश २०:१३

फुटनोट

  • *

    ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रे १०:४२

प्रकाश २०:१४

मार्जिनल रेफरेन्स

  • +यसै २५:८; १को १५:२६
  • +मत्ति ५:२२; १८:९; प्रका २१:८
  • +प्रका २:११; २०:६

प्रकाश २०:१५

मार्जिनल रेफरेन्स

  • +प्रका १७:८
  • +हित १०:७

अरू

प्रका. २०:१प्रका ९:१
प्रका. २०:२प्रका १२:३
प्रका. २०:२उत्प ३:१
प्रका. २०:२युह ८:४४
प्रका. २०:२जक ३:१; प्रका १२:९
प्रका. २०:३प्रका ९:११
प्रका. २०:३प्रका २०:७
प्रका. २०:४प्रका १३:१५-१७
प्रका. २०:४मत्ति १९:२८; लुका २२:२८-३०; २ति २:१२; प्रका १:६
प्रका. २०:५प्रे २४:१५
प्रका. २०:५१को १५:२३, ५२; फिलि ३:१०, ११; १थि ४:१६
प्रका. २०:६प्रका १४:१३
प्रका. २०:६१को १५:५४; प्रका २:११; २०:१४
प्रका. २०:६१प २:९
प्रका. २०:६प्रका १:६; ५:९, १०
प्रका. २०:९२रा १:१०
प्रका. २०:१०प्रका १३:१
प्रका. २०:१०प्रका १९:२०
प्रका. २०:११प्रका ४:२, ३
प्रका. २०:११२प ३:७
प्रका. २०:१२प्रस्थ ३२:३३; भज ६९:२८; दा १२:१
प्रका. २०:१२युह ५:२८, २९
प्रका. २०:१३प्रे १०:४२
प्रका. २०:१४यसै २५:८; १को १५:२६
प्रका. २०:१४मत्ति ५:२२; १८:९; प्रका २१:८
प्रका. २०:१४प्रका २:११; २०:६
प्रका. २०:१५प्रका १७:८
प्रका. २०:१५हित १०:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश २०:१-१५

युहन्‍नालाई प्रकाश

२० त्यसपछि मैले स्वर्गबाट एक जना स्वर्गदूत ओर्लिरहेको देखेँ। तिनको हातमा अगाध खाडलको साँचो+ र ठूलो साङ्‌लो थियो। २ तिनले त्यो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे। ३ अनि १ हजार वर्ष नबितेसम्म त्यसले राष्ट्रहरूलाई बहकाउन नपाओस्‌ भनेर तिनले त्यसलाई अगाध खाडलमा+ हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए। त्यसपछि केही समयका लागि त्यसलाई मुक्‍त गरिनै पर्छ।+

४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्‍वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्‌गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+ ५ (बाँकी मरेकाहरूचाहिँ+ १ हजार वर्ष नबितेसम्म जीवित भएनन्‌।) यिनीहरू तिनै हुन्‌, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+ ६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्‌,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्‌; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्‍वरका अनि ख्रिष्टका पुजारी हुनेछन्‌+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।+

७ एक हजार वर्ष सकिनेबित्तिकै सैतानलाई कैदबाट मुक्‍त गरिनेछ ८ र पृथ्वीको चारै कुनाका राष्ट्रहरू अर्थात्‌ गोग र मागोगलाई बहकाउन त्यो निस्कनेछ र तिनीहरूलाई लडाइँको निम्ति जम्मा गर्नेछ। तिनीहरूको सङ्‌ख्या समुद्रको बालुवाजत्तिकै हुनेछ। ९ तब तिनीहरू पृथ्वीको चारैतिर गए र पवित्र जनहरूको छाउनी अनि परमेश्‍वरको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म गऱ्‍यो।+ १० त्यसपछि तिनीहरूलाई बहकाउने त्यस दियाबललाई आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइयो, जहाँ जङ्‌गली जनावर+ र झूटो भविष्यवक्‍तालाई पहिल्यै हुर्ऱ्याइसकेको थियो;+ तिनीहरूलाई दिनरात सदासर्वदा सास्ती दिइनेछ।*

११ त्यसपछि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ।+ पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे+ र तिनीहरूले कतै ठाउँ पाएनन्‌। १२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+ १३ त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+ १४ त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+ १५ यसबाहेक ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन,+ तिनीहरूलाई पनि अग्निकुण्डमा हुर्ऱ्याइयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने