-
उत्पत्ति १२:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसैले फारोले अब्रामलाई बोलाएर भने: “तिमीले यो के गऱ्यौ? उनी तिम्री पत्नी हुन् भन्ने कुरा किन लुकायौ? १९ ‘उनी मेरी बहिनी हुन्’+ भनेर मलाई किन ढाँट्यौ? मैले झन्डै उनलाई आफ्नी पत्नी बनाएको थिएँ। तिम्री पत्नी यहीँ छिन्। उनलाई लिएर गइहाल।”
-
-
उत्पत्ति २६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अबिमेलेकले तुरुन्तै इसहाकलाई बोलाए र भने: “उनी त तिम्री पत्नी पो रहेछिन्! तिमीले किन ‘मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले यस्तो जवाफ दिए: “उनले गर्दा मेरो ज्यान जाला भनेर मलाई डर लागेको थियो।”+ १० तर अबिमेलेकले भने: “तिमीले यो के गऱ्यौ?+ तिम्री पत्नीसित हाम्रा मानिसहरूमध्ये कोही सुतेको भए हामीलाई ठूलो दोष लाग्ने थियो।”+
-