-
प्रस्थान ८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हारुनलाई यसो भन, ‘तपाईँको लौरोलाई नदीनाला, नाइल नदीका नहर र तलाउहरूतर्फ पसार्नुहोस् अनि पानीबाट भ्यागुता निस्केर पूरै मिश्र भरिऊन्।’”
-
-
प्रस्थान १७:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूको समुदायबाट केही नाइकेलाई लिएर तिमी अघिअघि जाऊ। अनि तिमीले जुन लौरोले नाइल नदीलाई हिर्काएका थियौ, त्यो लौरो पनि सँगै लैजाऊ।+ ६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे।
-
-
गन्ती २०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यति भनेर मोसाले आफ्नो हात उठाए र लौरोले पहरालाई दुई चोटि हिर्काए अनि प्रशस्त पानी निस्क्यो। त्यसपछि सारा समुदाय र तिनीहरूको गाईवस्तुले पानी पिए।+
-