प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • दोस्रो विपत्ति: भ्यागुता (१-१५)

      • तेस्रो विपत्ति: भुसुना (१६-१९)

      • चौथो विपत्ति: झिँगा (२०-३२)

        • गोसेनलाई असर गर्दैन (२२, २३)

प्रस्थान ८:१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१२

प्रस्थान ८:२

मार्जिनल रेफरेन्स

  • +भज ७८:४५

प्रस्थान ८:३

मार्जिनल रेफरेन्स

  • +भज १०५:३०

प्रस्थान ८:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:११, १२, २०, २२; ८:१७, १८; ९:११; २ति ३:८

प्रस्थान ८:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १०:१६-१९

प्रस्थान ८:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:१४; १५:११; भज ८३:१८; ८६:८; यसै ४६:९; यर्मि १०:६, ७; रोमी ९:१७

प्रस्थान ८:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:३

प्रस्थान ८:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:३०, ३१; ९:३३

प्रस्थान ८:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२१; ७:३

प्रस्थान ८:१७

मार्जिनल रेफरेन्स

  • +भज १०५:३१

प्रस्थान ८:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:११, १२, २०, २२; ८:७; ९:११

प्रस्थान ८:१९

फुटनोट

  • *

    शा., “औँला।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१८; लुका ११:२०

प्रस्थान ८:२१

फुटनोट

  • *

    वा “रगत चुस्ने झिँगा।”

प्रस्थान ८:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:४, २६; १०:२३; १२:१३
  • +१स १७:४६; १रा २०:२८; २रा १९:१७, १९

प्रस्थान ८:२४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:३
  • +भज ७८:४५; १०५:३१

प्रस्थान ८:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:३३, ३४; प्रस्थ १०:२५, २६

प्रस्थान ८:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:१८

प्रस्थान ८:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:८; ९:२८

प्रस्थान ८:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ८:१५

प्रस्थान ८:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ९:३३

अरू

प्रस्थ. ८:१प्रस्थ ३:१२
प्रस्थ. ८:२भज ७८:४५
प्रस्थ. ८:३भज १०५:३०
प्रस्थ. ८:७प्रस्थ ७:११, १२, २०, २२; ८:१७, १८; ९:११; २ति ३:८
प्रस्थ. ८:८प्रस्थ १०:१६-१९
प्रस्थ. ८:१०प्रस्थ ९:१४; १५:११; भज ८३:१८; ८६:८; यसै ४६:९; यर्मि १०:६, ७; रोमी ९:१७
प्रस्थ. ८:११प्रस्थ ८:३
प्रस्थ. ८:१२प्रस्थ ८:३०, ३१; ९:३३
प्रस्थ. ८:१५प्रस्थ ४:२१; ७:३
प्रस्थ. ८:१७भज १०५:३१
प्रस्थ. ८:१८प्रस्थ ७:११, १२, २०, २२; ८:७; ९:११
प्रस्थ. ८:१९प्रस्थ ३१:१८; लुका ११:२०
प्रस्थ. ८:२२प्रस्थ ९:४, २६; १०:२३; १२:१३
प्रस्थ. ८:२२१स १७:४६; १रा २०:२८; २रा १९:१७, १९
प्रस्थ. ८:२४प्रस्थ ८:३
प्रस्थ. ८:२४भज ७८:४५; १०५:३१
प्रस्थ. ८:२६उत्प ४६:३३, ३४; प्रस्थ १०:२५, २६
प्रस्थ. ८:२७प्रस्थ ३:१८
प्रस्थ. ८:२८प्रस्थ ८:८; ९:२८
प्रस्थ. ८:२९प्रस्थ ८:१५
प्रस्थ. ८:३०प्रस्थ ९:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ८:१-३२

प्रस्थान

८ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोकहाँ गएर यसो भन, ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌।+ २ तिमीले उनीहरूलाई अझै पनि जान दिएनौ भने म तिम्रो देशभरि भ्यागुता पठाएर सताउनेछु।+ ३ अनि नाइल नदीभरि भ्यागुतै भ्यागुता हुनेछ र भ्यागुताहरू तिम्रो घरमा, तिम्रो सुत्ने कोठामा, तिम्रो ओछ्यानमा, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजाको घरमा, तिम्रो चुलोमा र पीठो मुछ्‌ने भाँडोमा आउनेछन्‌।+ ४ ती भ्यागुताहरूले तिमीलाई, तिम्रा प्रजालाई र तिम्रा सारा चाकरहरूलाई सताउनेछन्‌।”’”

५ यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई यसो भन, ‘तपाईँको लौरोलाई नदीनाला, नाइल नदीका नहर र तलाउहरूतर्फ पसार्नुहोस्‌ अनि पानीबाट भ्यागुता निस्केर पूरै मिश्र भरिऊन्‌।’” ६ तब हारुनले आफ्नो लौरोलाई मिश्रका सबै पानीतर्फ पसारे र पानीबाट निस्केका भ्यागुताले पूरै मिश्र भरियो। ७ अनि जादुगरहरूले पनि त्यस्तै चमत्कार गरे र मिश्रभरि भ्यागुताहरू निकाले।+ ८ तब फारोले मोसा र हारुनलाई बोलाएर भने: “म र मेरो प्रजाबाट भ्यागुता हटाइदिन यहोवालाई बिन्ती गरिदेओ।+ म तिम्रा मानिसहरूलाई यहाँबाट पठाउन तयार छु ताकि तिनीहरूले यहोवाको निम्ति बलि चढाउन सकून्‌।” ९ यो सुनेपछि मोसाले फारोलाई भने: “यी भ्यागुताहरू हजुरको सामनेबाट अनि हजुरका चाकरहरू, हजुरका प्रजा र हजुरका घरहरूबाट हटून्‌ भनेर म परमेश्‍वरलाई कहिले बिन्ती गरूँ, हजुरबाटै हुकुम होस्‌! त्यसपछि भ्यागुताहरू नाइल नदीमा मात्र रहनेछन्‌।” १० अनि फारोले भने: “भोलि।” तब मोसाले भने: “हजुरले हुकुम गर्नुभएबमोजिमै हुनेछ र हाम्रा परमेश्‍वर यहोवाजस्तो अरू कोही छैन भनेर हजुरले थाह पाउनुहुनेछ।+ ११ हजुरको सामनेबाट अनि हजुरका घरहरू, हजुरका चाकरहरू र हजुरका प्रजाबाट भ्यागुताहरू हट्‌नेछन्‌। तिनीहरू नाइल नदीमा मात्र हुनेछन्‌।”+

१२ तब मोसा र हारुन फारोकहाँबाट निस्के र फारोमाथि आएको भ्यागुताको विपत्ति हटाइदिन मोसाले यहोवा परमेश्‍वरलाई बिन्ती गरे।+ १३ यहोवा परमेश्‍वरले मोसाको बिन्ती पूरा गरिदिनुभयो अनि घर, आँगन र खेतमा भ्यागुताहरू भकाभक मर्न थाले। १४ मानिसहरूले ठाउँठाउँमा ती भ्यागुताहरूको थुप्रो लगाए र पूरै देश डुङडुङ्‌ती गन्हाउन थाल्यो। १५ यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

१६ फेरि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई भन, ‘तपाईँको लौरो उठाएर जमिनको धुलोमा हिर्काउनुहोस्‌ र त्यो भुसुना बनेर मिश्रभरि फैलियोस्‌।’” १७ मोसा र हारुनले त्यसै गरे। हारुनले आफ्नो लौरो उठाएर जमिनको धुलोमा हिर्काए अनि मानिसहरू र पशुहरूलाई भुसुनाले हैरान पाऱ्‍यो। जमिनको सबै धुलो भुसुना बनेर मिश्रभरि फैलियो।+ १८ जादुगरहरूले पनि जादु गरेर भुसुना ल्याउन खोजे+ तर सकेनन्‌। ती भुसुनाहरूले मानिस र पशुलाई सताउन छोडेनन्‌। १९ त्यसैले जादुगरहरूले फारोलाई भने: “यसमा परमेश्‍वरकै हात* छ!”+ तर यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय अझै पनि कठोर भइरह्‍यो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

२० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “बिहान सबेरै उठ अनि फारोसामु हाजिर होऊ। हेर, उनी नदीतिर आउनेछन्‌! तिमीले उनलाई यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌। २१ तर तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने तिमी, तिम्रा चाकर, तिम्रा प्रजा र तिम्रा घरहरूमा हुलका हुल झिँगा* पठाउनेछु; मिश्रीहरूका घर र तिनीहरूको पूरै इलाकासमेत झिँगैझिँगाले भरिनेछ। २२ मेरा प्रजाहरू बसोबास गरिरहेको गोसेनलाई चाहिँ म त्यो दिन सुरक्षित राख्नेछु; त्यहाँ एउटै झिँगा हुनेछैन।+ म यहोवा हुँ र पूरै पृथ्वीमाथि मेरो अधिकार छ भनेर तिमीहरूले यसबाटै थाह पाउनेछौ।+ २३ म मेरा प्रजा र तिम्रा प्रजाबीचको भिन्‍नता देखाउनेछु। भोलि तिमीले यसको प्रमाण देख्नेछौ।”’”

२४ यहोवा परमेश्‍वरले त्यसै गर्नुभयो अनि हुलका हुल झिँगा फारोको घर, उनका चाकरहरूको घर र सारा मिश्रभरि फैलिन थाल्यो।+ झिँगाले गर्दा मिश्रीहरूको बेहाल भयो।+ २५ केही सीप नलागेपछि फारोले मोसा र हारुनलाई बोलाएर भने: “जाओ र मिश्रकै कुनै ठाउँमा गएर तिमीहरूका परमेश्‍वरको निम्ति बलि चढाओ।” २६ तर मोसाले भने: “त्यसो गर्नु ठीक हुँदैन हजुर! किनभने हामीले आफ्ना परमेश्‍वर यहोवालाई चढाएको बलिदेखि मिश्रीहरू घिन मान्छन्‌।+ अनि मिश्रीहरूले घिन मान्‍ने कुरा हामीले तिनीहरूकै अगाडि चढायौँ भने के तिनीहरूले हामीलाई ढुङ्‌गाले नहान्लान्‌ र? २७ हामी तीन दिन हिँडेर निर्जनभूमिमा जानेछौँ र हाम्रा परमेश्‍वर यहोवाले भन्‍नुभएझैँ त्यहीँ उहाँको निम्ति बलि चढाउनेछौँ।”+

२८ तब फारोले भने: “हुन्छ, म तिमीहरूलाई तिमीहरूका परमेश्‍वर यहोवाको निम्ति बलि चढाउन निर्जनभूमिमा जान दिन्छु। तर धेरै टाढाचाहिँ नजाओ। अनि जानुअघि झिँगाहरू हटून्‌ भनेर मेरो लागि परमेश्‍वरलाई बिन्ती चढाइदेओ।”+ २९ अनि मोसाले भने: “अब म यहाँबाट जान्छु र यहोवा परमेश्‍वरलाई बिन्ती चढाउँछु। त्यसपछि हजुर, हजुरका चाकरहरू र हजुरका प्रजाबाट यी झिँगाहरू भोलि नै हट्‌नेछन्‌। तर यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन जान नदिएर फेरि छलचाहिँ नगर्नुहोला।”+ ३० अनि मोसा फारोकहाँबाट निस्के र यहोवा परमेश्‍वरलाई बिन्ती चढाए।+ ३१ यहोवा परमेश्‍वरले मोसाको बिन्ती सुन्‍नुभयो; उहाँले फारो, उनका चाकरहरू र उनका प्रजाकहाँबाट ती झिँगाहरू हटाइदिनुभयो। त्यहाँ एउटै झिँगा बाँकी रहेन। ३२ तर फारोले आफ्नो हृदय फेरि कठोर बनाए; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने