-
व्यवस्था ९:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछि म पहिलाजस्तै यहोवा परमेश्वरसामु ४० दिन र ४० रातसम्म भुईँमा घोप्टो परेँ। त्यतिन्जेल मैले न केही खाएँ न त केही पिएँ।+ तिमीहरूले यहोवा परमेश्वरको नजरमा दुष्ट काम गरेर पाप गरेकोले र उहाँलाई क्रोधित तुल्याएकोले मैले त्यसो गर्नुपरेको हो। १९ यहोवा परमेश्वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्वरले मेरो बिन्ती सुन्नुभयो।+
-