२६ मैले यहोवालाई यसो भनेर उत्कट बिन्ती चढाएँ, ‘हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँका यी मानिसहरूलाई नाश नगर्नुहोस्। यिनीहरू त तपाईँका विशेष सम्पत्ति हुन्,+ जसलाई तपाईँले ठूलठूला कार्यहरू गरेर छुटकारा दिनुभयो अनि आफ्नो पराक्रमी हात प्रयोग गरेर मिश्रबाट छुटाएर ल्याउनुभयो।+