-
लेवी १४:४९-५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ त्यस घरलाई शुद्ध पार्न तिनले दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप लेऊन्।+ ५० तिनले तीमध्ये एउटा चरालाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारून्। ५१ त्यसपछि तिनले जिउँदो चराको साथै देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप लेऊन् अनि ती सबैलाई पहिलो चराको रगतमा चोपून्, जसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारिएको थियो। अनि त्यो रगतले त्यस घरलाई सात पल्ट छर्कून्।+ ५२ यसरी तिनले चराको रगत, खोलाको पानी, जिउँदो चरा, देवदारको हाँगा, हिसप अनि सिन्दूरे रङ्गको कपडाले त्यस घरलाई शुद्ध पारून्। ५३ त्यसपछि जिउँदो चरालाई चाहिँ सहरबाहिर छोडिदेऊन् र तिनले त्यस घरको निम्ति प्रायश्चित गरिदेऊन् अनि त्यो घर शुद्ध हुनेछ।
-