-
प्रस्थान २३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “तिमीहरूले वर्षमा तीन पल्ट मेरो निम्ति चाड मनाउनू।+
-
-
प्रस्थान ३४:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ “वर्षको तीन पल्ट सबै पुरुष इस्राएलका साँचो परमेश्वर यहोवासामु हाजिर हुनू।+
-
-
व्यवस्था १२:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+
-
-
न्यायकर्ता २१:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ त्यसपछि तिनीहरूले भने: “हेर! यहोवा परमेश्वरको निम्ति वर्षैपिच्छे सिलोमा+ चाड मनाइन्छ, जुन ठाउँ बेथेलको उत्तरमा अनि बेथेलदेखि सकेमसम्म जाने मूलबाटोको पूर्वमा र लबोनाहको दक्षिणमा पर्छ।”
-
-
लुका २:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ येसुका आमाबुबा हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जाने गर्थे।+
-