२ सुलेमानले इस्राएलका नाइकेहरू अर्थात् सबै कुलका नाइकेहरूलाई र बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गराए। दाउदनगर+ अर्थात् सियोनबाट+ यहोवा परमेश्वरको करारको सन्दुक ल्याउन तिनीहरू सबै यरुसलेम आए। ३ सातौँ महिनामा+ मनाइने चाडको समयमा इस्राएलका सबै मानिस राजासामु भेला भए।