-
२ राजा २०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।
-
-
२ इतिहास ३१:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हिजकियाहले पूरै यहुदामा यस्तो प्रबन्ध गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरिरहे। तिनी उहाँप्रति विश्वासयोग्य भइरहे। २१ तिनले आफ्ना परमेश्वरको खोजी गर्न जे-जे काम गरे—चाहे त्यो काम साँचो परमेश्वरको भवनमा चढाइने सेवासित सम्बन्धित होस्+ वा उहाँको व्यवस्था र आज्ञासित—ती सबै काम तिनले आफ्नो सारा हृदयले गरे र तिनी सफल भए।
-