-
नहेम्याह ९:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+
-
-
दानिएल ९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन् किनकि तिनीहरूले तपाईँलाई विश्वासघात गरेका छन्।+
-