प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ कनानीहरू र त्यहाँका अरू मानिसले हामी हाऱ्‍यौँ भनेर सुनेपछि चारैतिरबाट घेर्नेछन्‌ अनि यस धर्तीबाट हाम्रो नामोनिसान मेटाइदिनेछन्‌। त्यस्तो भयो भने तपाईँको महान्‌ नाममा कति ठूलो कलङ्‌क लाग्ला!”+

  • १ समुएल १२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ आफ्नो महान्‌ नामको खातिर+ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन+ किनभने यहोवा परमेश्‍वर आफैले तिमीहरूलाई उहाँको जन हुन छान्‍नुभएको हो।+

  • २ इतिहास १४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि आसाले आफ्ना परमेश्‍वर यहोवालाई पुकार्दै यसो भने:+ “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्‍य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्‌ख्यामा धेरै होऊन्‌ वा चाहे तिनीहरूसित कुनै शक्‍ति नहोस्‌।+ हे हाम्रा परमेश्‍वर यहोवा, हामीलाई मदत गर्नुहोस्‌ किनकि हामी तपाईँमै भर परेका छौँ।+ अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्‌न आएका छौँ।+ हे यहोवा, तपाईँ हाम्रा परमेश्‍वर हुनुहुन्छ। मरणशील मानिसलाई तपाईँमाथि विजयी हुन नदिनुहोस्‌।”+

  • भजन ११५:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११५ हाम्रो होइन, हे यहोवा, हाम्रो होइन*

      तर तपाईँको अटल प्रेम र वफादारीको कारण+

      आफ्नो नामको महिमा गर्नुहोस्‌।+

       २ राष्ट्रहरूले यसो भन्‍ने मौका नपाऊन्‌:

      “खोइ तिनीहरूका परमेश्‍वर?”+

  • यसैया ४८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तर मेरो आफ्नै नामको खातिर म आफ्नो रिस थाम्नेछु।+

      मेरो महिमा होस्‌ भनेर म आफूलाई रोक्नेछु

      र तिमीहरूको अस्तित्व मेट्‌नेछैनँ।+

  • यर्मिया १४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ हाम्रो कुकर्मले हामीविरुद्ध गवाही दिन्छ,

      तैपनि हे यहोवा, आफ्नो नामको खातिर केही गर्नुहोस्‌।+

      हाम्रा अपराधहरू अनगिन्ती छन्‌,+

      हामीले तपाईँकै विरुद्धमा पाप गरेका छौँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने