-
यर्मिया ३३:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “यहोवा यसो भन्नुहुन्छ, ‘दिन र रातसित मैले गरेको करारलाई के तिमीहरू तोड्न सक्छौ? अनि दिन र रातलाई त्यसको आफ्नो समयमा देखा पर्नदेखि रोक्न सक्छौ?+ २१ सक्छौ भने मात्र मेरो दास दाउदसित मैले गरेको करार तोडिनेछ+ र तिनको सिंहासनमा बसेर राजाको रूपमा शासन गर्ने उत्तराधिकारीको कमी हुनेछ।+ अनि मेरा सेवकहरू अर्थात् लेवी पुजारीहरूसित मैले गरेको करार तोडिनेछ।+
-
-
मत्ति ९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ येसु त्यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा+ यसो भनेर पुकार्दै उहाँको पछिपछि लागे: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्।”
-
-
प्रेषित १३:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिनलाई पदच्युत गरेपछि उहाँले दाउदलाई तिनीहरूको राजा बनाउनुभयो,+ जसको विषयमा उहाँ आफैले यस्तो साक्षी दिनुभयो: ‘मैले यिसैको छोरा+ दाउदलाई भेट्टाएको छु। ऊ मलाई मन पर्ने मानिस+ हो र मैले इच्छा गरेको सबै कुरा उसले पूरा गर्नेछ।’ २३ यिनै मानिसको सन्तानबाट परमेश्वरले आफ्नो प्रतिज्ञाबमोजिम इस्राएलीहरूलाई एक जना उद्धारक अर्थात् येसु दिनुभयो।+
-