प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ आपत्‌मा पर्दा मैले यहोवालाई गुहारेँ,

      मदतको लागि मैले मेरा परमेश्‍वरलाई पुकारिरहेँ।

      उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्‍नुभयो,+

      मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+

  • योना २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ मेरो सास बन्द हुनै लाग्दा मैले यहोवालाई सम्झिएँ।+

      तब मेरो प्रार्थना तपाईँकहाँ, तपाईँको पवित्र मन्दिरमा पुग्यो।+

  • मत्ति २६:३८, ३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीँ बस र मसँगै जागा रहो।”+ ३९ अनि अलि पर गएर उहाँ घोप्टो पर्नुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो:+ “हे मेरो बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्‌।+ तर मेरो इच्छाअनुसार त होइन, तपाईँकै इच्छाअनुसार होस्‌।”+

  • मर्कुस १५:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ अनि नवौँ घडीमा येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+

  • हिब्रू ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ पृथ्वीमा हुनुहुँदा ख्रिष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो+ र उहाँको सुनुवाइ भयो किनकि उहाँ परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने