-
प्रेषित ४:२५-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि तपाईँले पवित्र शक्तिमार्फत हाम्रा पुर्खा, तपाईँका सेवक दाउदको मुखबाट यसो भन्नुभयो:+ ‘जातिजातिका मानिसहरूले किन खैलाबैला मच्चाए अनि मानिसहरूले किन खोक्रा कुराहरूमा मनन गरे? २६ यहोवा* अनि उहाँका अभिषिक्त जनको*+ विरुद्धमा पृथ्वीका राजाहरू खडा भए अनि शासकहरू एकजुट भए।’ २७ साँच्चै, तपाईँका पवित्र सेवक, जसलाई तपाईँले अभिषेक गर्नुभयो+ अर्थात् येसुको विरुद्धमा यस सहरमा हेरोद, पन्तियस पिलातस,+ अन्यजातिका मानिसहरू अनि इस्राएलका मानिसहरू एकसाथ भेला भएका थिए। २८ तपाईँले आफ्नो तागत अनि इच्छाद्वारा पहिल्यै निश्चित गरिसक्नुभएको कुरा+ पूरा गर्न तिनीहरू त्यसरी एकसाथ भेला भएका थिए।
-