प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ छाडा* आइमाईको बोली महजस्तै मीठो हुन्छ,+

      त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ।+

  • हितोपदेश ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ त्यसको खुट्टा मृत्युको बाटोतिर लाग्छ,

      त्यसका पाइलाहरूले सोझै चिहानमा* पुऱ्‍याउँछ।

  • हितोपदेश ५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० हे मेरो छोरा, तिमी किन छाडा* आइमाईको मायाजालमा फस्छौ?

      चरित्रहीन* आइमाईको अङ्‌गालोमा किन बाँधिन्छौ?+

  • हितोपदेश ५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ आफ्नो घोर मूर्खताले गर्दा ऊ बरालिनेछ;

      अर्ती नसुनेकोले ऊ मर्नेछ।

  • हितोपदेश ९:१६-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “जो-जो अनुभवहीन छन्‌, तिनीहरू यहाँ आऊन्‌।”

      मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+

      १७ “चोरेको पानी मीठो हुन्छ;

      लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+

      १८ तर आफू मृत्युको मुखमा धकेलिँदै छु

      र उसका पाहुनाहरू चिहानको* गहिराइमा पुगिसकेका छन्‌ भनेर तिनीहरूलाई थाहै हुँदैन।+

  • एफिसी ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ किनकि तिमीहरूलाई थाह छ अनि तिमीहरूले राम्ररी बुझेका पनि छौ कि अवैध यौनसम्बन्ध*+ राख्ने वा अशुद्ध काम गर्ने वा लोभी,+ जसको अर्थ मूर्तिपूजक हुनु हो, यिनीहरूमध्ये कोही पनि ख्रिष्ट अनि परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने