प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ११:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,

      त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+

  • मत्ति ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्‍नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+

  • मत्ति ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ वास्तवमा युहन्‍ना तिनै व्यक्‍ति हुन्‌, जसबारे भविष्यवक्‍ता यसैयाले यसो भनेका थिए:+ “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।’”+

  • मर्कुस १:२-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ भविष्यवक्‍ता यसैयाले यस्तो लेखेका थिए: “(हेर! म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌।)+ ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार; उहाँको मार्ग सोझो बनाओ।’”+ ४ यसैअनुसार बप्तिस्मा गराउने युहन्‍ना निर्जनभूमिमा देखा परे अनि तिनले मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे।+

  • लुका ३:३-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले तिनी यर्दनवरिपरिका सबै ठाउँमा गए र मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे,+ ४ जस्तो भविष्यवक्‍ता यसैयाको पुस्तकमा लेखिएको छ: “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।+ ५ हरेक बेँसी पुरियोस्‌, हरेक पहाड र हरेक डाँडा समतल बनाइयोस्‌, घुम्तीहरू सोझा पारिऊन्‌ अनि खाल्टाखुल्टी परेका बाटाहरू सम्म बनाइऊन्‌। ६ तब परमेश्‍वरले गर्नुहुने उद्धार सबै मानिसले देख्नेछन्‌।’”+

  • युहन्‍ना १:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तिनले जवाफ दिए: “भविष्यवक्‍ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने