-
२ इतिहास ३३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनले यहोवा परमेश्वरको भवनको दुवै चोकमा आकाशका सारा सेनाको निम्ति वेदीहरू बनाए।+
-
-
२ इतिहास ३६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ पुजारीहरूका सबै नाइके अनि मानिसहरू पनि परमेश्वरप्रति साह्रै विश्वासघाती भए। तिनीहरूले अरू जातिहरूले गर्ने सबै घिनलाग्दा काम गरे अनि यहोवा परमेश्वरको भवनलाई अशुद्ध पारिदिए,+ जुन भवनलाई उहाँले यरुसलेममा पवित्र पार्नुभएको थियो।
-
-
यर्मिया ७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ के तिमीहरूले मेरो नामले चिनिएको यस भवनलाई डाँकुहरूको ओडार सम्झेका छौ?+ हेर, मैले तिमीहरूका सबै कर्तुत आफ्नै आँखाले देखेको छु,” यहोवा घोषणा गर्नुहुन्छ।
-
-
इजकिएल ८:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए। ११ अनि ती सबैको अगाडि इस्राएलको घरानाका ७० जना नाइके उभिरहेका थिए। तिनीहरूसँगै सापानका छोरा याजन्याह+ पनि थिए। तिनीहरू सबैको हातमा धुपौरो थियो र धुपौरोबाट सुगन्धित धूपको धुवाँ बादलसरह उठिरहेको थियो।+
-