-
व्यवस्था ४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० पछि जब तिमीहरूमाथि ठूलो विपत्ति आइपर्नेछ र यी सबै कुरा भोग्नेछौ, तब तिमीहरू यहोवा तिमीहरूका परमेश्वरकहाँ फर्कनेछौ र उहाँको कुरा सुन्नेछौ।+
-
-
यर्मिया ३१:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “एप्रैमले यसो भन्दै सुस्केरा हालेको मैले सुनेको छु,
‘म त हलो जोत्ने तालिम नपाएको बाछोजस्तै थिएँ।
तपाईँले मलाई सुधार्नुभयो र म सुध्रिएँ।
मलाई फर्काउनुहोस् र म खुसी-खुसी फर्कनेछु
किनकि तपाईँ मेरा परमेश्वर यहोवा हुनुहुन्छ।
-