प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:१३-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “यदि तपाईँले यसो गर्नुभयो भने यो कुरा मिश्रीहरूको कानमा पुग्नेछ, जसको माझबाट तपाईँले यी मानिसहरूलाई आफ्नो शक्‍तिद्वारा छुटाएर ल्याउनुभएको थियो।+ १४ अनि यो कुरा तिनीहरूले कनान देशका बासिन्दाहरूलाई सुनाउनेछन्‌। हे यहोवा, तपाईँ यी मानिसहरूको साथमा हुनुहुन्छ+ र तपाईँ यिनीहरूसित आमनेसामने प्रकट हुनुभएको छ+ भनेर तिनीहरूले सुनेका छन्‌। तपाईँ यहोवा परमेश्‍वर हुनुहुन्छ र यिनीहरूमाथि तपाईँको बादल खडा हुन्छ अनि तपाईँ दिउँसो बादलको खामोमा र राती आगोको खामोमा यिनीहरूको अघिअघि जानुहुन्छ भनेर पनि तिनीहरूले सुनेका छन्‌।+ १५ तपाईँले यिनीहरूलाई एकै प्रहारमा* नाश गर्नुभयो भने तपाईँको ख्यातिबारे सुनेका राष्ट्रहरूले यसो भन्‍नेछन्‌: १६ ‘यहोवाले यी मानिसहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। त्यसैले उहाँले यिनीहरूलाई यस निर्जनभूमिमा मार्नुभयो।’+

  • व्यवस्था ९:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ आफ्ना सेवक अब्राहाम, इसहाक र याकुबलाई सम्झनुहोस्‌।+ यी मानिसहरूको अटेरीपन, दुष्टता र पापलाई ध्यान नदिनुहोस्‌।+ २८ नत्र त तपाईँले हामीलाई जुन देशबाट निकालेर ल्याउनुभयो, त्यहाँका मानिसहरूले यसो भन्‍नेछन्‌: “यहोवाले ती मानिसहरूलाई जुन देश दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। उहाँले तिनीहरूलाई घृणा गर्नुहुँदो रहेछ। त्यसैले उहाँले तिनीहरूलाई मार्न निर्जनभूमिमा ल्याउनुभयो।”+

  • १ समुएल १२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ आफ्नो महान्‌ नामको खातिर+ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन+ किनभने यहोवा परमेश्‍वर आफैले तिमीहरूलाई उहाँको जन हुन छान्‍नुभएको हो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने