-
मत्ति २६:६९, ७०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६९ पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईँ पनि त गालिली येसुसँगै हुनुहुन्थ्यो नि!”+ ७० तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दै छ्यौ, मलाई थाह छैन।”
-
-
मर्कुस १४:६६-६८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए।
-
-
लुका २२:५५-५७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५५ मानिसहरू चोकको बीचमा आगो बालेर एकसाथ बसिरहेको बेला पत्रुस पनि तिनीहरूसितै थिए।+ ५६ तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि एउटी नोकर्नीले तिनलाई राम्ररी हेरिन् र यसो भनिन्: “यो मानिस पनि उहाँसँगै थियो।” ५७ तर तिनले नकार्दै यसो भने: “ए नारी, म उहाँलाई चिन्दिनँ।”
-
-
युहन्ना १८:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ सिमोन पत्रुस उभिएर आगो तापिरहेका थिए। तब उनीहरूले तिनलाई सोधे: “तिमी पनि त्यस मानिसकै चेला हौ कि क्या हो?” तिनले यसो भन्दै नकारे: “अहँ, होइनँ।”+
-