-
युहन्ना १९:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले पिलातसले उहाँलाई भने: “के तिमी मसित बोल्दैनौ? तिमीलाई मुक्त गर्ने अख्तियार अनि तिमीलाई मार्ने* अख्तियार पनि मसित छ भनेर के तिमीलाई थाह छैन?” ११ येसुले तिनलाई जवाफ दिनुभयो: “यदि परमेश्वरले तपाईँलाई नदिनुभएको भए ममाथि तपाईँको कुनै अख्तियार हुने थिएन। त्यसैले जसले मलाई तपाईँकहाँ सुम्प्यो, त्यसले झन् ठूलो पाप गरेको छ।”
-
-
प्रेषित ४:२७, २८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ साँच्चै, तपाईँका पवित्र सेवक, जसलाई तपाईँले अभिषेक गर्नुभयो+ अर्थात् येसुको विरुद्धमा यस सहरमा हेरोद, पन्तियस पिलातस,+ अन्यजातिका मानिसहरू अनि इस्राएलका मानिसहरू एकसाथ भेला भएका थिए। २८ तपाईँले आफ्नो तागत अनि इच्छाद्वारा पहिल्यै निश्चित गरिसक्नुभएको कुरा+ पूरा गर्न तिनीहरू त्यसरी एकसाथ भेला भएका थिए।
-