-
लुका १४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० बरु तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।+
-
-
लुका २२:२४-२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्ने भनेर तिनीहरूबीच चर्को बहस पनि चल्यो।+ २५ तर उहाँले तिनीहरूलाई भन्नुभयो: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन् र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ।+ २६ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन।+ तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ सबैभन्दा सानोजस्तो बनोस्+ अनि अगुवाको काम गर्नेचाहिँ सेवा गर्नेजस्तो होस्।
-