-
यर्मिया ५१:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ बेबिलोन यहोवाको हातमा सुनको कचौराबराबर थियो।
त्यसले पूरै पृथ्वीलाई मात्तिनेगरि पिउन लगायो।
राष्ट्रहरूले त्यसको रक्सी पिएका छन्।+
त्यसैले तिनीहरू बौलाएका छन्।+
८ बेबिलोनको अचानक पतन भएको छ र त्यो टुक्राटुक्रा भएको छ।+
त्यसको निम्ति विलाप गर!+
त्यसको पीडा कम गर्न सुगन्धित लेप* ल्याओ; कतै त्यो निको हुन्छ कि?”
-
-
प्रकाश १८:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि तिनले जोडदार आवाजमा यसो भने: “त्यसको पतन भएको छ! महान् बेबिलोनको पतन भएको छ;+ त्यो प्रेतहरू* बास गर्ने ठाउँ भएकी छे र यस्तो ठाउँ भएकी छे, जहाँ सबै प्रेत* अनि हरप्रकारका अशुद्ध र घृणित चराहरू लुकेर बस्छन्!+ ३ किनकि त्यसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पियाएकी छे र तिनीहरू त्यसको सिकार भएका छन्।+ पृथ्वीका राजाहरूले त्यससित अवैध यौनसम्बन्ध राखे+ अनि पृथ्वीका व्यापारीहरू* त्यसको निर्लज्ज विलासिताले गर्दा धनी भए।”
-