भजनसङ्ग्रह
भाग १
(भजनसङ्ग्रह १-४१)
१ आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,
जो पापीहरूको मार्गमा उभिँदैन+
अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+
३ ऊ खोलाको छेउमा रोपिएको रूखजस्तै हुनेछ,
जसले आफ्नो ऋतुमा फल दिन्छ,
जसको पात कहिल्यै ओइलाउँदैन।
उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।+
४ तर दुष्टहरू त्यस्ता हुँदैनन्;
तिनीहरू बतासले उडाएर लैजाने भुसजस्तै हुन्छन्।