प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ पत्रुस ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ पत्रुस विषयवस्तु

      • परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरविचार गर (१-४)

      • नम्र होओ र जागा बस (५-११)

        • आफ्नो सारा फिक्री परमेश्‍वरमाथि बिसाओ (७)

        • दियाबल गर्जने सिंहजस्तै छ (८)

      • समापनका शब्दहरू (१२-१४)

१ पत्रुस ५:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “अर्ती दिन्छु।”

मार्जिनल रेफरेन्स

  • +रोमी ८:१८

१ पत्रुस ५:२

फुटनोट

  • *

    वा “बगालको राम्ररी हेरचाह गर।”

मार्जिनल रेफरेन्स

  • +यसै ४०:११; युह २१:१६; प्रे २०:२८
  • +युह १०:११
  • +१ति ३:२, ३

१ पत्रुस ५:३

मार्जिनल रेफरेन्स

  • +२को १:२४
  • +फिलि ३:१७

१ पत्रुस ५:४

मार्जिनल रेफरेन्स

  • +हिब्रू १३:२०
  • +१को ९:२५; २ति ४:८; १प १:३, ४

१ पत्रुस ५:५

फुटनोट

  • *

    वा “एल्डरहरूको।”

  • *

    वा “नम्रताको पोसाक लगाओ।”

मार्जिनल रेफरेन्स

  • +एफि ५:२१; या ३:१७
  • +हित ३:३४; यसै ५७:१५; या ४:६

१ पत्रुस ५:६

मार्जिनल रेफरेन्स

  • +मत्ति २३:१२; लुका १४:११

१ पत्रुस ५:७

फुटनोट

  • *

    वा “चिन्ता।”

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२५
  • +भज ५५:२२

१ पत्रुस ५:८

मार्जिनल रेफरेन्स

  • +१थि ५:६
  • +लुका २२:३१

१ पत्रुस ५:९

मार्जिनल रेफरेन्स

  • +एफि ६:११; या ४:७
  • +प्रे १४:२२; २ति ३:१२

१ पत्रुस ५:१०

मार्जिनल रेफरेन्स

  • +२को ४:१७; १थि २:१२
  • +२थि २:१६, १७
  • +एफि ६:१०

१ पत्रुस ५:१२

फुटनोट

  • *

    तिनलाई सिलास पनि भनिन्छ।

मार्जिनल रेफरेन्स

  • +प्रे १५:२७

१ पत्रुस ५:१३

मार्जिनल रेफरेन्स

  • +प्रे १२:१२

अरू

१ पत्रु. ५:१रोमी ८:१८
१ पत्रु. ५:२यसै ४०:११; युह २१:१६; प्रे २०:२८
१ पत्रु. ५:२युह १०:११
१ पत्रु. ५:२१ति ३:२, ३
१ पत्रु. ५:३२को १:२४
१ पत्रु. ५:३फिलि ३:१७
१ पत्रु. ५:४हिब्रू १३:२०
१ पत्रु. ५:४१को ९:२५; २ति ४:८; १प १:३, ४
१ पत्रु. ५:५एफि ५:२१; या ३:१७
१ पत्रु. ५:५हित ३:३४; यसै ५७:१५; या ४:६
१ पत्रु. ५:६मत्ति २३:१२; लुका १४:११
१ पत्रु. ५:७मत्ति ६:२५
१ पत्रु. ५:७भज ५५:२२
१ पत्रु. ५:८१थि ५:६
१ पत्रु. ५:८लुका २२:३१
१ पत्रु. ५:९एफि ६:११; या ४:७
१ पत्रु. ५:९प्रे १४:२२; २ति ३:१२
१ पत्रु. ५:१०२को ४:१७; १थि २:१२
१ पत्रु. ५:१०२थि २:१६, १७
१ पत्रु. ५:१०एफि ६:१०
१ पत्रु. ५:१२प्रे १५:२७
१ पत्रु. ५:१३प्रे १२:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ पत्रुस ५:१-१४

पहिलो पत्रुस

५ त्यसकारण ख्रिष्टले भोग्नुभएका दुःखहरूको साक्षी, प्रकट हुन बाँकी रहेको महिमाको साझेदार+ र एक सङ्‌गी एल्डरको रूपमा म तिमीहरूमाझ भएका एल्डरहरूलाई* यो आग्रह गर्छु:* २ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्‍वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ; ३ परमेश्‍वरको सम्पत्तिमाथि हैकम जमाएर होइन+ तर बगालको निम्ति उदाहरण भएर।+ ४ तब मुख्य गोठालो+ प्रकट हुनुभएपछि तिमीहरूले कहिल्यै नष्ट नहुने महिमित मुकुट पाउनेछौ।+

५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्‍वरले अहङ्‌कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+

६ त्यसकारण परमेश्‍वरको बलवान्‌ बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्‌।+ ७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+ ८ सचेत रहो, जागा बस!+ तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैँ घुमेर हिँड्‌छ।+ ९ तर विश्‍वासमा दह्रो भएर त्यसविरुद्ध खडा होओ+ किनकि संसारभरिका तिमीहरूका सबै भाइले तिमीहरूले जस्तै दुःखकष्ट भोगिरहेका छन्‌ भनेर तिमीहरूलाई थाह छ।+ १० तर तिमीहरूले केही समय दुःख भोगिसकेपछि सबै असीम अनुग्रहका परमेश्‍वर, जसले तिमीहरू ख्रिष्टसित एकतामा भएको हुनाले तिमीहरूलाई आफ्नो अनन्त महिमाको लागि बोलाउनुभयो,+ उहाँ आफैले तिमीहरूको तालिम पूरा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ,+ तिमीहरूलाई बलियो पार्नुहुनेछ+ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ। ११ पराक्रम सदासर्वदा उहाँकै होस्‌। आमिन।

१२ तिमीहरूलाई प्रोत्साहन दिन अनि परमेश्‍वरको साँचो असीम अनुग्रह यही हो भनेर तिमीहरूलाई विश्‍वस्त पार्न भाइ सिल्भानस,*+ जसलाई म विश्‍वासयोग्य ठान्छु, तिनीमार्फत मैले तिमीहरूलाई केही शब्द लेखेको छु। तिमीहरू त्यस असीम अनुग्रहलाई बलियो गरी पक्रिराख। १३ तिमीहरूजस्तै चुनिएकी स्त्री, जो बेबिलोनमा छिन्‌, तिनले तिमीहरूलाई अभिवादन पठाएकी छिन्‌ अनि त्यसैगरि मेरो छोरा मर्कुसले+ पनि। १४ मायालु चुम्बनले एकअर्कालाई अभिवादन गर।

तिमीहरू सबै, जो ख्रिष्टसित एकतामा छौ, तिमीहरूलाई शान्ति होस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने