प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

शुक्रबार, सेप्टेम्बर १२

यस संसारको दृश्‍य परिवर्तन हुँदै छ।​—१ कोरि. ७:३१.

हामी आफ्नो आचरणबाट व्यावहारिक भएको देखाउन सक्छौँ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के मलाई मानिसहरूले व्यावहारिक, लचिलो र सहनशील व्यक्‍ति भनेर चिन्छन्‌? अथवा कठोर, रुखो वा जिद्दीवाल भनेर चिन्छन्‌? के म आफूले भनेजस्तै हुनुपर्छ भनेर ढिपी गर्छु? अथवा के म अरूको कुरा ध्यान दिएर सुन्छु र सम्भव छ भने तिनीहरूले भनेको कुरा मान्छु?’ हामी जत्ति धेरै व्यावहारिक हुन्छौँ, त्यत्ति नै यहोवा र येसुको अनुकरण गरिरहेका हुन्छौँ। परिस्थिति परिवर्तन हुँदा हामी व्यावहारिक हुनुपर्छ। जीवनमा परिवर्तनहरू आउँदा सोच्दै नसोचेका कठिनाइहरू भोग्नुपर्ने हुन सक्छ। जस्तै: हामीलाई अचानक गम्भीर रोग लाग्न सक्छ। अथवा देशको अर्थतन्त्र र राजनैतिक अवस्था डामाडोल हुन सक्छ र त्यसले हाम्रो पूरै जीवन अस्तव्यस्त पार्न सक्छ। (उप. ९:११) आफ्नो असाइनमेन्ट परिवर्तन हुँदा पनि हामीलाई गाह्रो हुन सक्छ। निम्न चार वटा कदम चाल्यौँ भने हामीले नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्न सक्नेछौँ: (१) वास्तविकता स्विकार्ने, (२) विगतमा होइन, भविष्यमा ध्यान दिने, (३) सकारात्मक कुरा सोच्ने र (४) अरूलाई मदत गर्ने। w२३.०७ पृ. २२ अनु. ७-८

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शनिबार, सेप्टेम्बर १३

तिमी अतिप्रिय छौ।​—दानि. ९:२३.

भविष्यवक्‍ता दानिएललाई बेबिलोनीहरूले कैदी बनाएर आफ्नो जन्मस्थल यरुसलेमबाट टाढा लैजाँदा तिनी जवानै थिए। तैपनि बेबिलोनीहरू तिनलाई देखेर प्रभावित भएका थिए। तिनीहरूले दानिएलको ‘बाहिरी रूप हेरे’ र तिनी “कुनै खोट नभएका, हेर्नमा राम्रा” अनि कुलीन घरानाबाट आएको याद गरे। (१ समु. १६:७) यी कारणहरूले गर्दा बेबिलोनीहरूले दानिएललाई राजाको दरबारमा काम गर्न विशेष तालिम दिए। (दानि. १:३, ४, ६) यहोवाले दानिएलको भित्री व्यक्‍तित्व हेर्नुभयो र तिनलाई माया गर्नुभयो। यहोवाले दानिएलको नाम दशकौँसम्म वफादार रहेका नुह र अय्युबसितै उल्लेख गर्नुहुँदा तिनी १८/१९ वा २२/२३ वर्ष मात्र पुगेका हुन सक्छन्‌। तैपनि यहोवाले तिनलाई नुह र अय्युबजत्तिकै धर्मी ठान्‍नुभयो। (उत्प. ५:३२; ६:९, १०; अय्यु. ४२:१६, १७; इज. १४:१४) अनि यहोवाले लामो समयसम्म वफादार रहेकोमा दानिएललाई बुढेसकालसम्मै माया गर्नुभयो।—दानि. १०:११, १९. w२३.०८ पृ. २ अनु. १-२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

आइतबार, सेप्टेम्बर १४

सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ।​—एफि. ३:१८.

तपाईँ घर किन्‍ने विचार गर्दै हुनुहुन्छ भने त्यस घरको एक-एक कुरा थाह पाउन चाहनुहुन्छ। हामी बाइबल पढ्‌दा र अध्ययन गर्दा पनि त्यस्तै गर्न सक्छौँ। यदि तपाईँले सरसरती मात्र पढ्‌नुभयो भने “परमेश्‍वरको पवित्र सन्देशका आधारभूत कुराहरू” मात्रै सिक्नुहुनेछ। (हिब्रू ५:१२) तर बाइबलको कुरा पूर्ण रूपमा बुझ्न चाहनुहुन्छ भने घरभित्र छिरेर एक-एक कुरा हेर्नुभएजस्तै बाइबल पनि गहिरिएर अध्ययन गर्नुपर्छ। यसरी अध्ययन गर्ने एउटा राम्रो तरिका बाइबलमा लेखिएका कुराहरू आपसमा कसरी सम्बन्धित छन्‌ भनेर बुझ्ने कोसिस गर्नु हो। तपाईँ बाइबलका के-कस्ता सत्यहरूमा विश्‍वास गर्नुहुन्छ र किन विश्‍वास गर्नुहुन्छ भनेर पनि बुझ्ने कोसिस गर्नुहोस्‌। परमेश्‍वरको वचन पूर्ण रूपमा बुझ्न हामीले यसका गहिरा सत्यहरू अध्ययन गर्नुपर्छ। प्रेषित पावलले भाइबहिनीलाई ‘सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ्नको’ लागि परमेश्‍वरको वचन लगनशील भएर अध्ययन गर्न आग्रह गरे। त्यसो गरेमा तिनीहरू “विश्‍वासको जगमा [अझै] जरा हालिएका र दृढ” हुने थिए। (एफि. ३:१४-१९) हामीले पनि त्यसै गर्नुपर्छ। w२३.१० पृ. १८ अनु. १-३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने