प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

शनिबार, सेप्टेम्बर १३

तिमी अतिप्रिय छौ।​—दानि. ९:२३.

भविष्यवक्‍ता दानिएललाई बेबिलोनीहरूले कैदी बनाएर आफ्नो जन्मस्थल यरुसलेमबाट टाढा लैजाँदा तिनी जवानै थिए। तैपनि बेबिलोनीहरू तिनलाई देखेर प्रभावित भएका थिए। तिनीहरूले दानिएलको ‘बाहिरी रूप हेरे’ र तिनी “कुनै खोट नभएका, हेर्नमा राम्रा” अनि कुलीन घरानाबाट आएको याद गरे। (१ समु. १६:७) यी कारणहरूले गर्दा बेबिलोनीहरूले दानिएललाई राजाको दरबारमा काम गर्न विशेष तालिम दिए। (दानि. १:३, ४, ६) यहोवाले दानिएलको भित्री व्यक्‍तित्व हेर्नुभयो र तिनलाई माया गर्नुभयो। यहोवाले दानिएलको नाम दशकौँसम्म वफादार रहेका नुह र अय्युबसितै उल्लेख गर्नुहुँदा तिनी १८/१९ वा २२/२३ वर्ष मात्र पुगेका हुन सक्छन्‌। तैपनि यहोवाले तिनलाई नुह र अय्युबजत्तिकै धर्मी ठान्‍नुभयो। (उत्प. ५:३२; ६:९, १०; अय्यु. ४२:१६, १७; इज. १४:१४) अनि यहोवाले लामो समयसम्म वफादार रहेकोमा दानिएललाई बुढेसकालसम्मै माया गर्नुभयो।—दानि. १०:११, १९. w२३.०८ पृ. २ अनु. १-२

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

आइतबार, सेप्टेम्बर १४

सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ।​—एफि. ३:१८.

तपाईँ घर किन्‍ने विचार गर्दै हुनुहुन्छ भने त्यस घरको एक-एक कुरा थाह पाउन चाहनुहुन्छ। हामी बाइबल पढ्‌दा र अध्ययन गर्दा पनि त्यस्तै गर्न सक्छौँ। यदि तपाईँले सरसरती मात्र पढ्‌नुभयो भने “परमेश्‍वरको पवित्र सन्देशका आधारभूत कुराहरू” मात्रै सिक्नुहुनेछ। (हिब्रू ५:१२) तर बाइबलको कुरा पूर्ण रूपमा बुझ्न चाहनुहुन्छ भने घरभित्र छिरेर एक-एक कुरा हेर्नुभएजस्तै बाइबल पनि गहिरिएर अध्ययन गर्नुपर्छ। यसरी अध्ययन गर्ने एउटा राम्रो तरिका बाइबलमा लेखिएका कुराहरू आपसमा कसरी सम्बन्धित छन्‌ भनेर बुझ्ने कोसिस गर्नु हो। तपाईँ बाइबलका के-कस्ता सत्यहरूमा विश्‍वास गर्नुहुन्छ र किन विश्‍वास गर्नुहुन्छ भनेर पनि बुझ्ने कोसिस गर्नुहोस्‌। परमेश्‍वरको वचन पूर्ण रूपमा बुझ्न हामीले यसका गहिरा सत्यहरू अध्ययन गर्नुपर्छ। प्रेषित पावलले भाइबहिनीलाई ‘सत्यको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ पूर्ण रूपमा बुझ्नको’ लागि परमेश्‍वरको वचन लगनशील भएर अध्ययन गर्न आग्रह गरे। त्यसो गरेमा तिनीहरू “विश्‍वासको जगमा [अझै] जरा हालिएका र दृढ” हुने थिए। (एफि. ३:१४-१९) हामीले पनि त्यसै गर्नुपर्छ। w२३.१० पृ. १८ अनु. १-३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, सेप्टेम्बर १५

भाइहरू हो, यहोवा परमेश्‍वरको नाममा बोल्ने भविष्यवक्‍ताहरूले भोगेको कष्ट र उनीहरूले देखाएको धैर्यलाई नमुनाको रूपमा लेओ।​—याकु. ५:१०.

बाइबलमा धीरज देखाएका अरू थुप्रै उदाहरण पाउँछौँ। तिनीहरूबारे अनुसन्धान गर्नुभए कसो होला? जस्तै: दाउदलाई सानै उमेरमा इस्राएलको भावी राजा अभिषेक गरिएको थियो। तर तिनले राज्याधिकार पाउन धेरै वर्ष पर्खनुपरेको थियो। सिमियोन र हन्‍नाले प्रतिज्ञा गरिएको मसीहलाई पर्खे अनि वफादार भई यहोवाको उपासना गरे। (लुका २:२५, ३६-३८) यस्ता विवरणहरू अध्ययन गर्दा यी प्रश्‍नहरूको जवाफ खोज्नुहोस्‌: ‘यी व्यक्‍तिलाई धीरज देखाउन केले मदत गरेको हुन सक्छ? धीरजी हुँदा तिनले कस्तो आशिष्‌ पाए? म कसरी तिनको अनुकरण गर्न सक्छु?’ तपाईँ धीरज नदेखाएका व्यक्‍तिहरूबारे पढेर पनि लाभ उठाउन सक्नुहुन्छ। (१ समु. १३:८-१४) तिनीहरूबारे पढ्‌दा आफैलाई सोध्नुहोस्‌: ‘तिनीहरूले किन धीरज देखाउन सकेनन्‌? अधीर भएकोले तिनीहरूले कस्ता नतिजाहरू भोग्नुपऱ्‍यो?’ w२३.०८ पृ. २५ अनु. १५

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने